×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

चन्दा उठाउन राजधानीका नौ स्कुलमा बम आतंक

  •  
  • मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुवास गोतामे
    राजधानीको बौद्ध क्षेत्रमा रहेको बालसंसार स्कुलको ढोकामा मंगलबार बिहान शङ्कास्पद वस्तु भेटिएपछि बमको हल्लाले भयभीत भएका स्थानीयवासी र विद्यार्थी ।

    काठमाडौं: शैक्षिक व्यवस्था सुधारका नाममा योङ कम्युनिष्ट फोर्स नेपाल तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रले मंगलबार विहान राजधानीका झण्डै एक दर्जन विद्यालयमा बम आतंक मच्चाएका छन् ।

    तात्कालीन नेकपा माओवादीले जनयुद्धताका चन्दा असुलीका लागि अपनाएको गुरिल्ला शैलीमा यी संगठनले दुई स्कुलमा बम बिष्फोट गराएपनि अन्य नौ स्थानमा राखिएका बिष्फोटकजन्य वस्तुलाई सेनाले निष्क्रिय पारेको छ ।

    राजधानीका दुई विद्यालयमा बम बिष्फोट गराईएपनि अन्य सात विद्यालयमा बम भनिएर राखिएका बस्तुलाई सेनाले डिष्पोज गरेको हो । जोरपाटीस्थित आकाशद्विप इंलिस स्कुल र मनकामना उच्च माविमा सानो ग्यास सिलिण्डरलाई ईम्प्रोभाईज गरि पड्काइएको छ ।

    यी सँगै फोर्स र केन्द्रले जोरपाटीकै माउन्ट युराल रिडर्स एकेडेमीमा सुतली बम, बौद्ध नारायणटारस्थित इष्टपोल एकेडेमीमा सुतली बम, एम्बेष्डर एकेडेमीमा सुतली बम, बौद्ध महांकलस्थित बाल संचार एकेडेमीमा सुतली बम, महाराजगंजस्थित कान्तिपुर इंलिस बोडिङ स्कुलमा सुतली बम, डल्लु स्थित कंचनजंघा स्कुलमा प्रेशरकुकर बम र बौद्धमा राई स्कुलमा शंकास्पद वस्तु राखेका थिए । सुतली र प्रेसर कुकरमा इम्प्रोभाईज गरेर बम बनाएको फेला परेपछि सेनाको डिष्पोजल टोलीले सबै डिष्पोज गरेको थियो ।

    बम बिष्फोटपछि आकाशदीपको गेट र मनकामनाको पर्खालमा सामान्य क्षति हुन पुगेको छ । त्यसैगरि यही समूहले पाटनस्थित रेडियन्ट स्कुलमा समेत प्रेसर कुकरलाई इम्प्रोभाईज गरि बम बनाएर राखेका थिए । यसलाई पनि सेनाले डिष्पोज गरेको छ ।
    प्रहरीले बम राखेको आशंकामा शंकर लाखे, चन्द्र बहादुर तामाङ र होम बहादुर खत्रीलाई पक्राउ गरेको छ । तिनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.