×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

यी हुन् विद्यालयमा बम पड्काउने मीन देवकोटा

  •  
  • मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बस जलाउनेलाई उन्मुक्ति, बम हान्नेलाई के गर्ने ?

    विनोद घिमिरे/रमेश धमला
    ४ असोज, काठमाडौं । मंगलबार काठमाडौंका करीव एक दर्जन स्कूलमा बम राखेर आतंक मच्चाउने माओवादीका पूर्वलडाकुहरुको अर्धभूमिगत समूह रहेको पत्ता लागेको छ ।

    विद्यालयमा बम राख्न निर्देशन दिने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका नेता भनिने मीन देवकोटा मंगलबार अनलाइनखबरसँग टेलिफोन सम्पर्कमा आए र उनले घटनाको जिम्मेवारी लिए ।

    अनलाइनखबरकर्मीले टेलिफोन गर्नासाथ देवकोटाले भने, ‘आज स्कुलमा बम मैले राखेको हुँ । डिजाइन मेरो हो ।’

    घटनास्थलमा ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र’ तथा ‘योङ कम्युनिष्ट फोर्स नेपाल’को नामको पर्चा भेटिएको थियो । माओवादी शान्ति प्रक्रियामा आएलगत्तै हतियार नबुझाई क्रान्तिकारी कम्युनिस्ट केन्द्र खोलेका केही व्यक्तिले बम आतंक मच्चाएको पुष्टि भएको छ ।

    प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग मिल्दोजुल्दो नाम भएको यही समूहले गत साउन ६ गते काठमाडौंको स्वयम्भुस्थित डल्लुमा एक विद्यालयको बस जलाएको थियो भने राई स्कुलमा तोडफोड गरेको थियो ।

    ‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’सँग आवद्ध विद्यार्थी संगठनले मंगलवारको घटनाको जिम्मा लिएको छ । आफूलाई ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र’को अध्यक्ष बताउने मीन देवकोटाले अनलाइनखबरसँग कुरा गर्दै आफूहरुले जनयुद्धलाई निरन्तरता दिइरहेको बताए ।

    कसले गरेको छ नेतृत्व ?

    संविधान निर्माणका क्रममा संवैधानिक राजनीतिक सम्वाद समितिले बनाएको वार्ता समितिले यो समूहसँग ०७१ सालमा वार्ता गरेको थियो

    ‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’ कथित अर्धभूमिगत समूह हो । यसको नेतृत्व देवेन्द्र सिंह (डीएस) महतले गरिरहेका छन् । उनको भूमिगत नाम ‘निर्माण’ हो ।

    संविधान निर्माणका क्रममा संवैधानिक राजनीतिक सम्वाद समितिले बनाएको वार्ता समितिले यो समूहसँग ०७१ सालमा वार्ता गरेको थियो । त्यतिबेला डा. बाबुराम भट्टराई नेतृत्वको सरकार थियो र शान्तिमन्त्री टोपबहादुर रायमाझी थिए ।

    यो समूहले कांग्रेस सांसद आनन्द ढुंगाना नेतृत्वको वार्ता समितिको रोहबरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हतियार, गोली, बारुद, सकेट बम लगायतका हतियार सरकारलाई बुझाएको थियो ।

    एसएमजी एक थान, १४ थान पेस्तोलसहितका हतियार बुझाउन पार्टीका अध्यक्ष महत आफैं पुगेका थिए ।

    त्यसबेला मकवानपुरमा तत्कालीन प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे थिए । हाल पर्सामा रहेका घिमिरे भन्छन्, ‘हामीले अपनाएको युद्धको बाटो बेठीक रहेछ, शान्तिको बाटोमा आउँछौं भन्दै हतियार बुझाएका थिए ।’

    को हुन् महत ?

    महत १० वर्षे माओवादी जनयुद्ध लडेका थिए । बैतडी जिल्ला निवासी उनी तत्कालीन माओवादी लडाकूको बटालियन सहायक कमाण्डर थिए ।

    हतियार बिसाउने र शान्तिपूर्ण राजनीतिमा लाग्ने पार्टी निर्णयको विरोध गर्दै महत पार्टीबाट अलग भए । त्यसपछि केही व्यक्तिहरु भेला गरेर ‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’को नामबाट सशस्त्र गतिविधि गरे ।

    स्कूलमा बम राखेर जनयुद्ध ?

    देवकोटाका अनुसार घटनास्थलमा भेटिएको पर्चामा उल्लेखित ‘योङ कम्युनिष्ट फोर्स नेपाल’ पनि डीएस महत नेतृत्वको ‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’को भ्रातृ संगठन हो र त्यसको नेतृत्व जितेन्द्र श्रेष्ठ ‘सुमन’ले गरेका छन् ।

    शान्तिपूर्ण राजनीति गर्ने भनेर हतियार बुझाइसकेको समूहले अहिले राजधानीका स्कुलहरुमा बम आतंक मच्चाइरहेको छ र जनयुद्धलाई निरन्तरता दिइरहेको जनाएको छ ।

    स्कुलमा बम राखेर जनयुद्ध हुन्छ त भन्ने अनलाइनखबरको प्रश्नमा देवकोटा भन्छन्- अहिले पनि ८ प्रतिशत बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट बञ्चित छन् । अब हाम्रो संघर्ष उत्कर्षमा पुग्छ । अहिले शिक्षा क्षेत्रमा हात हाले पनि पछि स्वास्थ्य र यातायातको क्षेत्रमा पनि हात हाल्न सक्छौं ।’

    साधारण तारिखमा छुटेर बमको धन्दा

    उपत्यकाका विभिन्न स्कुलमा बम विष्फोट गराएको आरोपमा मंगलबार शंकर लाखे र चन्द्रबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरु गत साउन ६ गतेको घटनामा पनि पक्राउ परेर साधारण तारिखमा छुटेको खुलेको छ ।

    गत साउन ६ गते काठमाडौंको स्वयम्भुस्थित डल्लुमा विद्यालयको बस जलाइएको थियो । त्यसको भोलिपल्टै लाखे र तामाङ बौद्ध क्षेत्रबाट पक्राउ परेका थिए । साउन १६ गते कुमार लाखे ठकुरी, विष्णु पौडेल पनि पक्राउ परे । सोही आगजनीको आरोपमा होमबहादुर खत्री पनि पक्राउ परेका थिए ।

    उनीहरुका साथबाट कुनै हातहतियार बरामद नभएपछि स्वयम्भु वृत्तले ३२ लाख विगो र पाँच वर्ष कैद सजायँको मागदावी सहित पाँचैजना विरुद्ध जिल्ला अदालत काठमाडौंमा आगजनीको मुद्दा दायर गरेको थियो ।

    जिल्ला अदालतमा उनीहरुले आफूहरु माथि लगाइएको आरोप अस्वीकार गरेपछि साधारण तारिखमा छुटकारा दिइएको थियो ।

    स्वयम्भु वृत्तका एक अनुसन्धान अधिकृतका अनुसार लाखे र तामाङ दुबैले आफूहरु विप्लव माओवादीको कार्यकर्ता भएको बताएका थिए । तर अदालतमा उनीहरुले सोही पार्टीको भए पनि आगजनीको घटनामा आफूहरु संलग्न नभएको बताएपछि छुटकारा पाएका हुन् ।

    बसमा आगजनी आफ्नै पार्टीले गरेको भए पनि घटनामा अरु नै संलग्न भएको बयान दिएका उनीहरुले घटनामा संलग्न व्यक्तिहरुको बारेमा भने नखुलाएको प्रहरी स्रोतले बतायो ।

    अदालतमा पनि आफूले नभए पनि आफ्नै पार्टीले आगजनी गरेको स्वीकार गरेका अभियुक्तहरुलाई सामान्य तारिखमा छुटकारा दिँदा अहिले फेरि बम विष्फोट गराएर आतंक मच्चाएको ती अधिकृतले बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.