×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

दसैँको टिकट बुकिङ शुक्रबारबाट

  •  
  • मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    देवबहादुर कुँवर

    काठमाडौँ, असोज ४ गते ।  दसैँ, तिहार र छठलाई लक्षित गरी राजधानीबाट सञ्चालन हुने लामो दूरीका सवारीसाधन बसको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुला गरिने भएको छ ।
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वारले नारायणघाट–मुग्लिन सडकखण्ड विस्तारका क्रममा जामको समस्या बढेपछि यस वर्ष अग्रिम टिकट बुकिङ सेवा ढिलो गरी सञ्चालन गरेको बताउनुभयो ।
    सडक विस्तारका क्रममा मुग्लिनदेखि नारायणघाटसम्म करिब पाँचदेखि आठ घण्टासम्म जाम हुने गरेको छ ।  उहाँले भन्नुभयो, “यसपटक चाडबाडमा घर फर्किनेको सुविधाका लागि महिना दिनअगाडि नै बुकिङ खुला राख्ने योजना थियो तर सडकका कारण सम्भव भएन । ”
    राजधानीबाट उपत्यका बाहिरिनेको सुविधा र सुरक्षित यात्राका लागि बसको सङ्ख्या दोब्बरभन्दा बढी बनाउने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो ।  बालाजु गोँगबुस्थित नयाँ बसपार्कबाट नियमित
    रूपमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सार्वजनिक सवारी छुट्ने गर्छन् ।
    चाडबाडमा नयाँ बसपार्कबाट छुट्ने सवारीसाधनको सङ्ख्या तीन हजार पाँच सयदेखि चार हजारसम्म पुग्ने उहाँले बताउनुभयो ।  महासङ्घले यात्रुको सुविधाका लागि एसी, सुपर डिलक्स र साधारण गरी तीन किसिमको सुविधा रहेका बसको व्यवस्था गरिएको जनाएको छ ।  tiket-booking
    बसको सुविधा अनुसार नै टिकट शुल्क पनि निर्धारण गरिएको छ ।  वरिष्ठ उपाध्यक्ष स्वारले भन्नुभयो, “यातायात सेवाको अभावमा टिकट नपाएर चाडबाड मान्न घर जान पइएन भन्नुपर्ने अवस्था आउन दिन्नौँ ।  समस्या सडकको दयनीय अवस्था र जामको छ ।  यसप्रति सरकार गम्भीर हुनुपर्छ । ”
    त्यस्तै चाडबाडका नाममा दलाली र सर्वसाधारण ठगिने भएकाले टिकट बुकिङ गर्दा सम्बन्धित काउन्टर र परिचयपत्र लगाएको कर्मचारीसँग सम्पर्क राख्न महासङ्घले आग्रह गरेको छ ।  लामो दूरीका सबै बस नयाँ बसपार्कबाट नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
    यसअघि राजधानीका चाबहिल, गौशाला, कोटेश्वर, तीनकुने, बल्खु, सातदोबाटो लगायतका क्षेत्रमा आफूखुसी बस पार्किङ गरी सोही स्थानबाट टिकट काट्न लगाई यात्रुलाई ठगी गर्ने र कलङ्कीमा कुर्न लगाउने जस्ता समस्या हटाइएको छ ।  विद्यार्थी परिचयपत्रका आधारमा एउटा बसमा दुईजनाले छुट पाउनेछन् तर टिकट बुकिङमा छुटको व्यवस्था भने गरिएको छैन ।  छुट पाउन सम्बन्धित विद्यार्थी परिचयपत्रसहित घर फर्किने दिनमा नै टिकट काट्नुपर्नेछ ।
    गत वर्ष नाकाबन्दीका कारण इन्धन अभाव हुँदा धेरैजसो चाडबाडअगाडि नै गाउँ फर्किएकाले भीडभाड निकै कम थियो ।  तर, यस वर्ष काठमाडौँबाट करिब २० लाख घर फर्किने अनुमान व्यवसायीको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.