×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

मेडिकल कलेजहरूको अर्को बेइमानी– प्रवेश परीक्षा नहुँदै धमाधम भर्ना

  •  
  • मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आश्विन ४, २०७३- सिनामंगलको काठमाडौं मेडिकल कलेजले एक भारतीय विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुन १० लाख भारु (१६ लाख रुपैयाँ) जम्मा गर्न विद्यार्थीका अभिभावकलाई दिएको पत्र हो यो । नेपाल मेडिकल काउन्सिलले सन् २०१६ का लागि अहिलेसम्म मेडिकल कलेजहरूको सिट निर्धारण गर्न सकेको छैन । काठमाडौं विश्वविद्यालयले पनि नेपाली विद्यार्थीसँग भर्ना आवेदन लिने र प्रवेश परीक्षाको मिति तोक्ने काम सुरु गरेको छैन । मेडिकल कलेजले भने विदेशी विद्यार्थीलाई धमाधम खातामा रकम बुझाउन ताकेता गर्दै पत्र काटिरहेका छन् ।

    काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल चन्दा कार्कीले भने प्रवेश परीक्षाअघि विद्यार्थीलाई डिपोजिट गर्न पत्र नकाटिएको दाबी गरिन् । ‘भर्ना हुन चाहेका विदेशी विद्यार्थीहरूलाई हामीले फर्म भराएका छौं, प्रवेश परीक्षाका बारेमा कोचिङ क्लास पनि दिएका छौं,’ कार्कीले भनिन्, ‘प्रवेश परीक्षाअघि शुल्क माग्ने कुरै हुँदैन, उनीहरूसँग एक पैसा पनि मागेको र लिएको पनि छैनौं ।’

    सिट बुकिङ गर्न १६ लाख
    काठमाडौं विश्वविद्यालयअन्तर्गतका अधिकांश मेडिकल कलेजहरूले सिट निर्धारण र प्रवेश परीक्षा नहुँदै विदेशी विद्यार्थी ‘बुकिङ’ गरिरहेका छन् । स्रोतका अनुसार नेपाल मेडिकल कलेजमा २८ जना भारतीय विद्यार्थीले नाम बुकिङ गरिसकेका छन् ।

    काठमाडौं मेडिकल कलेजले दुई सातादेखि ती विद्यार्थीलाई प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्न थालिसकेको छ । बुकिङका लागि १० लाख (भारतीय रुपैयाँ) बुझाएका उनीहरूले पास भएपछि थप १५ लाख भारु (२४ लाख रुपैयाँ) बुझाउनुपर्नेछ । एमबीबीएसका लागि केएमसीले कुल ४४ लाख रुपैयाँ लिइरहेको छ ।

    चितवनको कलेज अफ मेडिकल साइन्सेजले ४६ लाख रुपैयाँ भारु (करिब ७४ लाख रुपैयाँ) रुपैयाँ शुल्क तोकेर धमाधम भारतीय विद्यार्थी बुकिङ गराइरहेको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पनि श्रीलंका र भारतका विद्यार्थीले ‘बुकिङ’ गराइरहेका छन् ।

    नेपालगन्ज मेडिकल कलेजमा करिब ५० जना भारतीय विद्यार्थीले बुकिङ गरिरहेका छन् । विराटनगरको विराट मेडिकल कलेजमा २५ भन्दा बढी विदेशी विद्यार्थीले नाम रजिस्ट्रेसन गराएका छन् । शुक्रबारदेखि प्रवेश परीक्षाको तयारी कक्षा सुरु गर्न लागेको नोबेल मेडिकल कलेजमा ६० जनाभन्दा बढी विदेशी विद्यार्थी आएका छन्, जसमध्ये ३० जनाभन्दा बढी माल्दिभ्सका छन् ।

    नेपाल मेडिकल काउन्सिलको नियमअनुसार मेडिकल कलेजहरूले मनोमानी ढंगले विदेशी विद्यार्थी भर्ना गर्न पाउँदैनन् । नेपाली विद्यार्थी उपलब्ध नभएमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न पाउने नियम छ । तर, विश्वविद्यालयले आँखा चिम्लिँदा कलेजहरूले धमाधम विदेशी विद्यार्थीसँग प्रवेश परीक्षाअघि नै मोटो रकम लिइरहेका छन् ।

    ‘नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजहरूका लागि सिट नतोकी विद्यार्थी भर्ना गर्न र शुल्क उठाउन कुनै हालतमा मिल्दैन,’ काउन्सिलका रजिस्ट्रार दिलीप शर्मा भन्छन्, ‘यदि कुनै मेडिकल कलेजले त्यसो गरेका छन् भने गैरकानुनी हुन्छ ।’

    मेडिकल कलेजका सञ्चालकहरूले प्रवेश परीक्षाअगावै विद्यार्थीलाई पास गराइदिने आश्वासन उनीहरूका अभिभावकहरूलाई दिएका छन् । उनीहरूले ‘प्रवेश परीक्षा पास नभए’ विद्यार्थीबाट उठाएको शुल्क फिर्ता हुने बताएका छन् ।

    प्रवेश परीक्षाको तयारी गरिरहेका एक जना विद्यार्थीका अभिभावकले नाम नबताउने सर्तमा भने, ‘बैंकमा पैसा राखेर रसिद बुझाउन लगाएका छन् । पक्कै ठग्दैनन् होला ।’ त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले भने एकीकृत प्रवेश परीक्षा लिने भएकाले सम्बन्धन लिएका कलेजहरूले यसरी जथाभावी भर्ना गर्न पाएका छैनन् ।

    केयूको रहस्यमय मौनता
    सन् २०१५ मा अधिकतम १ सय ३५ सिट निर्धारण गरेको नेपाल मेडिकल काउन्सिलले यस पटक त्यो संख्या १ सय १५ बनाउँदै छ । त्यही अनुपातमा थोरै सिट पाउने मेडिकल कलेजहरूको कोटा पनि घटदै छ । आम्दानीमा लागेको धक्काको शोधभर्नास्वरूप काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरूले धमाधम विदेशी विद्यार्थी भर्ना गर्ने रणनीतिअनुसार काम थालेका हुन् ।

    यो मामिलाका जानकार एक उच्च स्रोतका भनाइमा ‘उनीहरूले पास हुनेहरूलाई औपाचारिक रूपमा ३५ लाख रुपैयाँ एउटा खातामा जम्मा गर्न लगाएर बाँकी रकम अर्को खातामा राख्न र त्यसको रसिद प्रशासनमा पेस गर्न लगाउने गरेका छन् ।’

    मेडिकल कलेजहरूले नै प्रवेश परीक्षा लिने र धेरै शुल्क दिने अभिभावकका विद्यार्थीलाई डाक्टर पढाउने अभियान खुलेआम भइरहँदा पनि काठमाडौं विश्वविद्यालय भने मौन छ । उसले आफूले सम्बन्धन दिएका मेडिकल कलेजहरूलाई नियमन गर्न सकेको छैन । हाल विभिन्न स्तरबाट विश्वविद्यालयमै एकीकृत प्रवेश परीक्षा लिन र ‘मेरिट’ का आधारमा भर्ना गर्न दबाब परिरहेको छ ।

    काठमाडौं विश्वद्यालयको औपचारिक भनाइ चाहिँ ‘नियमविपरीत भएको पाइए विश्वविद्यालयले एक्सन लिने’ भन्ने छ । ‘विश्वविद्यालयमा प्रवेश परीक्षा दिएर उत्तीर्ण भएपछि मात्रै विद्यार्थी एमबीबीएसमा भर्ना हुन योग्य हुन्छ,’ काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनका सहायक डिन राजेन्द्र कोजूले भने, ‘कसैले पनि प्रवेश परीक्षा नहँुदै भर्ना लिन र शुल्क उठाउन मिल्दैन ।’

    तर नमिल्ने भनिएको यो काम भइरहँदा पनि काठमाडौं विश्वविद्यालय मौन छ ।

    (खोज पत्रकारिता केन्द्रको सहयोगमा)

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.