×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

कष्टकर मुग्लिनको बाटो, सधैं घण्टौं जाम

  •  
  • मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आश्विन ४, २०७३- आसराम महतो माइक्रो चलाएर काठमाडौंतर्फ जाँदै थिए, पाँचकिलो भन्ने ठाउँमा जाममा परे । ठिक माथिबाट पहिरो खसिरहेको थियो । माइक्रो अघि बढाउन सकेनन् । पछि लैजान पनि मिलेन । ‘हतार–हतार बाहिर निस्किएँ । यात्रुलाई पनि निकालें र तुरुन्तै भगाएँ,’ बा४ख १११६ नम्बर माइक्रोका चालक आसरामले भने, ‘माइक्रो छोडेरै हिँडें । ढुंगाले गाडीमा लागेछ, केही क्षति पुगेको रहेछ । धन्न हामी जोगियौं ।’

    त्यसयता उनलाई नारायणगढ–मुग्लिन खण्डमा गाडी चलाउन जिउ काँप्छ । ‘यात्रु पनि पहिरो देख्नासाथ डराएर कराउन, चिच्याउन थाल्छन् । कुन बेला कहाँ पहिरो खस्छ थाहा हुँदैन । यस रुटमा माइक्रो चलाउन थालेको १० वर्ष भयो । यति बेला जस्तो डर पहिला थिएन,’ उनले भने ।

    देशलाई राजधानीसँग जोड्ने मुख्य राजमार्गको यस खण्डमा यात्रा गर्नु निकै जोखिमपूर्ण छ । दसैं मान्न घर जानेहरूका लागि यसको विकल्प पनि छैन । राजधानीका लागि विदेशबाट आउने सबै सामान आपूर्ति गर्ने सडक यही हो । तर, अवस्था यात्रा गर्न लायक छैन । तैपनि बाध्यताले चल्ने गाडीका कारण यहीँ घण्टौं जाम हुन्छ ।

    समस्या १ : जाम
    आसमती गुरुङले अचेल जाम नदेखेको क्षणै हुँदैन । सडक किनारमा उनको ‘झरना होटल’ छ । जलबिरे घुम्तीस्थित उनको खाना पसलमा ह्वारह्वार धुलो आउँछ । आँखा मिच्दै सडकतिर हेर्दा कहिलेकाहीं त गाडी त्रिशूलीतिर खसेको देखिन्छ । ‘एक घण्टाभन्दा बढ्ता जाम हुन्छ । खुल्न पाउँदैन, अर्को जाम सुरु हुन्छ,’ उनले सुनाइन्, ‘त्यसमाथि धुलोले मार्न लाग्यो, कसलाई भन्ने ?’

    यस खण्डको सिमलतालमा करिब ५ घण्टादेखि जाममा परेका मिलन लामाले भने, ‘कहिलेकाहीं त २४ घण्टासम्म पनि परेको छु । ना१प १३५ नम्बर ट्रकका चालक मिलन सामान पुर्‍याएर काठमाडौंबाट वीरगन्ज फर्किइरहेका थिए । वीरगन्जै पुग्न लाग्ने समय एकै ठाउँको जामले खाइदिएको थियो । नारायणगढ नपुगुन्जेल त्यस्ता जाम दर्जनौं थिए ।

    जामकै कारण राजधानीसम्म दसैंका सामान लैजान यसपालि गाह्रो परिरहेको छ । सामान लिएर राजधानीतिर जाने र यात्रु बोकेर बाहिरतिर लाग्ने सवारी साधनलाई दोहोरो पास हुन गाह्रो पर्दा धेरै किलोमिटरका जाम बन्ने गरेका छन् । दुवैतर्फ सवारी साधन थपिने क्रम बढदो छ । यसलाई व्यवस्थापन गर्न स्थानीय प्रशासन र ट्राफिक प्रहरीलाई हम्मे परिरहेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले चाडको समयमा सडकको असहजताले राजधानीका लागि अत्यावश्यक सरसामान ढुवानी गर्न समस्या परेको बताए । विदेशबाट स्थलमार्ग भई आउने सम्पूर्ण सामान यही रुट भएर राजधानी लगिन्छ ।

    ‘जति आवश्यक पर्ने सामान हुन्, सबै यही बाटो भएर भित्रिन्छन्,’ प्रधानले भने, ‘चाडबाड नजिकिँदै गएकाले झन् बढी सामान पुर्‍याउनुपर्ने हुन्छ । बाटाको अवस्था यस्तो छ । यस खण्डको स्तरउन्नति पहिल्यै गर्नुपर्ने हो, यति बेला भइरहेको छ ।’

    उनले लामो समय जाममा सवारी साधन अडकिँदा ढुवानी खर्च बढ्ने बताए । ‘त्यो सामान बजार पुग्दा महँगो पर्छ । त्यसलाई उपभोक्ताले बुझ्दैनन्,’ उनले भने, ‘मूल्य बढ्नुमा व्यापारीलाई मात्र दोष दिन्छन् । त्यसका लागि हाम्रो सडकको अवस्था कति जिम्मेवार छ भन्ने कसैले ध्यान दिँदैनन् ।’ प्रधानले समस्याको दीर्घकालीन समाधानका लागि वैकल्पिक मार्ग निर्माणलाई तीव्रता दिनुपर्ने सुझाव दिए ।

    चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले यातायातको सहज आवागमनका लागि के गर्न सकिन्छ भनेर मंगलबार सरोकारवाला निकायहरूको बैठक राखेको बताए । ‘ट्राफिक व्यवस्थापन कसरी गर्न सकिन्छ, सक्दो पहल हुनेछ,’ उनले भने, ‘सवारी साधन बढेका छन् । साना गाडीलाई कसरी पास गराउन सकिन्छ, सकेसम्म उपाय खोजिनेछ ।’

    जिल्ला ट्राफिक प्रहरीका प्रमुख राजन भेटवालका अनुसार यो रुटमा दैनिक सरदर ७ हजार सवारी आवतजावत गर्छन् । दसैंका बेला यसको करिब दोब्बर हुन्छन् । ठूला–ठूला मालवाहक साधनसमेत गुड्ने भएकाले जाम झन् धेरै बढ्ने स्थिति छ । ‘साँघुरो बाटोमा थोत्रा सवारी बिग्रिएर जाम हुने गरेको छ । साथमा पहिरो र सडक मर्मतले समेत यो समस्या बढाएको छ,’ उनले भने ।

    समस्या २ : पहिरो
    नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार यस खण्डमा ४८ ठाउँ पहिरो खस्ने गरेको छ । तीमध्ये ठूलाखाले ११ वटा छन् । ‘कुन बेला पहिरो खस्ने हो र ज्यान जाने हो, निश्चित छैन,’ चालकहरू भन्छन्, ‘ज्यानै जोखिममा राखेर हिँड्नुपर्ने अवस्था छ ।’

    ना५ख ४७८४ नम्बरको प्रतिभा ट्राभल्स रात्रिबसका चालक कमलप्रसाद बाँस्तोलाले पानी पर्नासाथ माथिबाट ठूलठूला ढुंगा खस्ने बताए । पानी पर्ने समयको टुंगो हुँदैन । रातिको समय भएकाले नदेखिने र जोगिने उपाय लाउनसमेत नसकिने उनले सुनाए । ‘सडकमा खाल्डैखाल्डा छन् । फुत्त अघि बढौं भन्दा मिल्दैन । कछुवाको गतिमा हिँड्नुपर्छ,’ उनले भने, ‘त्यसमाथि जामैजाम हुन्छ । पहिरो गयो वा ढुंगा लड्यो भने के गर्ने ? उपाय छैन ।’

    इन्जिनियर खनालका अनुसार यस खण्डअन्तर्गत १८ किलोस्थित गाईघाट, २२ किलोस्थित केराबारी, २६ किलोस्थित जलबिरे र ३३ किलोस्थित कालीखोला बढी पहिरो प्रभावित क्षेत्रमा पर्छन् । त्यसमा पनि सबैभन्दा बढी प्रभावित जलबिरे र कालीखोला क्षेत्र हुन् । बढ्ता दुर्घटना त्यहीं भइरहेका छन् ।

    प्रजिअ सिंहले निरन्तर खसिरहने पहिरो पानी नपरेको बेला तत्काल हटाउने व्यवस्था मिलाइएको बताए । पानी परिरहेको बेला भने हटाउन गाह्रो परिरहेको उनले जानकारी दिए ।

    समस्या ३ : धुलो
    पानी परेको बेला ठूला–ठूला आहाल बन्ने र घाम लाग्नासाथ आँखै नदेखिने गरी धुलो उड्ने समस्याले पनि दुर्घटनाको जोखिम बढाएको छ । सडक निर्माण गर्दा निस्किएको माटो व्यवस्थापन गर्न नसक्दा र पानी नहाल्दा यस्तो अवस्था आएको हो ।

    आयोजनाका इन्जिनियर खनाल स्वयं धुलो ठूलो समस्या बनेको बताउँछन् । ‘धुलोले सडकको भिजिबिलिटी कम गराउँछ,’ उनले भने, ‘जसले गर्दा दुर्घट्नाको खतरा बढेको छ ।’ उनका अनुसार निर्माणको ठेक्का लिएको कम्पनीले ट्यांकरमार्फत पानी हालेर धुलो कम गराउने गरेको छ । तर, केही मिनेटमै सुक्ने गर्छ । पाँच मिटरको दूरीसम्म केही नदेखिने गरी धुलो उड्ने गरेको छ । एउटा गाडीले अर्को गाडी आएको थाहा पाउन मुस्किल पर्छ । जसले गर्दा दुर्घटना हुन्छ ।

    समस्या ४ : कमजोर संरचना
    नारायणगढ–मुग्लिनदेखि पृथ्वी राजमार्गको मौवा खोला सडकको ३८ स्थानलाई दुर्घटनाको जोखिम क्षेत्र घोषणा गरिएको छ । त्यसमध्ये जुगेडीदेखि मुग्लिनसम्म २५ किलोमिटरमै ३२ वटा त्यस्ता ठाउँ रहेको मध्यक्षेत्र प्रहरी प्रमुख पशुपति उपाध्यायले जानकारी दिए ।

    यसको मुख्य कारण कमजोर एवं जोखिमपूर्ण सडक हो । यस खण्डमा १८ वटा पक्की पुल छन् । अधिकांश काम नलाग्ने छन् । छेउको रेलिङ छैन । पुलमाथि खाल्डाखुल्डी बनेर पानी जम्ने गरेको छ । ‘सबै पुल ०३६ सालमा बनाइएका हुन्,’ इन्जिनियर खनालले भने, ‘४ वटाको चाहिँ समानान्तर पुल बनाउने तयारी गरेका छौं ।’

    सडक छेउमा प्याराफिट (बार) अति कम ठाउँमा छ । उँधो त्रिशूली नदी, माथि ठूलो भीर, सडक छेउ खाली भएकाले पनि चालक आत्तिएर समेत कतिपय दुर्घटना हुने गरेका छन् । प्याराफिट भएका ठाउँमा समेत गाडी/ट्रक खसेर बिग्रिएको छ । हालैको ठूलो दुर्घटनापछि भने यसको निर्माणलाई केही तीव्रता दिइएको छ । ‘अहिले ६० प्रतिशत ठाउँमा प्याराफिट निर्माण गरिसकेका छौं, केही ठाउँमा बनाउँदै छौं,’ उनले भने ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार एक दशकयता यस खण्डमा ३ सय ३७ जनाको दुर्घटनामा मृत्यु भएको छ । सशस्त्र प्रहरीको तथ्यांकमा २०६८ यता २५ बस, २ माइक्रो, र ३८ वटा ट्रक नदीमा खसेका छन् । बढदो दुर्घटनाको मुख्य कारण कमजोर संरचना नै हो ।

    सरकारी अधिकारीहरू दुर्घटनाको दोष चालकलाई दिन्छन् । चालक भने सडकलाई । ‘मैले गाडी चलाएको २६ वर्ष भयो,’ चालक डोलराज पाठकले भने, ‘कुनै चालकको जानीजानी मर्ने रहर हुन्छ र ? सडक बनेदेखि बनाइएको छैन । सवारी चाप बढेको बढ्यै छ । सडकको अवस्था वर्षौंदेखि उस्तै छ । दोष चालकको मात्र होइन, सडकको पनि छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.