×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

जसले बचाए २९ को ज्यान

  •  
  • सोमबार, असोज ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सप्तकोसी डुंगा दुर्घटनामा आफ्नो ज्यान जोखिममा राखेर २९ जनाको सकुशल उद्धार गर्ने महेन्द्रनगरका पाँच युवा ।
    रत्नप्रसाद आचार्य
    धरान: सुनसरी महेन्द्रनगरका नेपाल केबिरथलाई छरछिमेकीले खासै मन पराउँदैनथे, दिउँसै रक्सी खाने उनको स्वभावका कारण । तिनै केबिरथ यतिबेला गाउँलेको प्रिय बनेका छन् ।
    केबिरथ मात्र होइन, महेन्द्रनगर गाविस ठाकुरबारीका अमृत खड्का, रामचन्द्र मोची, रोजन राई र बाबुराम चन्द्रवंशीले गाउँमा बहादुर युवाको परिचय बनाएका छन्, शनिबारदेखि ।
    सप्तकोसीमा शनिबार डुंगा दुर्घटनामा परेका २९ जनालाई एकैसाथ सकुशल उद्धार गरी यी पाँच युवाले सबैको वाहवाही बटुले । मृत्युको मुखमा पुगेका २९ जनालाई उद्धार गरी बचाएपछि केबिरथलाई गाउँलेले ‘नेपाल भाइ’ भनेर बोलाउन थालेका छन् ।
    ‘दिउसै रक्सी खाँदा गाली गथ्र्यौं,’ कांग्रेस महेन्द्रनगरका उपसभापति इन्द्र राईले भने, ‘शनिबार उनले साहसिक काम गरेर गाउँको इज्जत राखे ।’ राईले ‘युवाबिनाको गाउँ पानीबिनाको माछा’ हुने भन्दै यी पाँच युवाले देखाएको बहादुरीको प्रशंसा गरे ।
    ठाकुरबारीका यी पाँच युवा शनिबार सप्तकोसीमा बाढीले बगाएको दाउरा बटुल्दै थिए । दाउरा बटुलिरहेकै बेला कोसी टप्पुबाट प्रकाशपुर आउँदै गरेको डुंगा पल्टिएको देखेर उनीहरूले तत्काल २९ जनाको सकुशल उद्धार गरे ।
    ‘सप्तकोसीमा हामी दाउरा बटुलिरहेका थियौं, एक्कासि बचाऊ–बचाऊको आवाज सुनियो,’ स्थानीय रोजन राईले भने, ‘तत्कालै हामी डुंगामा भएका दाउरा फालेर डुबेकाको उद्धारमा लाग्यौं ।’ दुर्घटनाका प्रत्यक्षदर्शी र घटनास्थल पुग्ने पहिलो टोली थियो त्यो ।
    डुंगाचालक अमृत खड्काले उद्धार गर्दा झन्डै आफ्नो टोलीलाई नै कोसीले बगाएको स्मरण गरे । ‘कोसीमा डुबेकालाई बचाउन सुरुमा डुंगाको डोरीले बाँधेको बाँसको चरी पक्रन दिएका थियौं । तर सबैले चरी समातेपछि डोरी चुँडिएर हाम्रो डुंगा पनि कोसीमा पल्टिन खोज्यो,’ उनले भने, ‘कसो–कसो डुंगा नियन्त्रणमा लिएर डुबेकालाई हाम्रो डुंगामा हालेर किनारमा ल्यायौं । सबैको उद्धार गरिसकेपछि गन्दा एक नाबालकसहित २९ जना थिए ।’
    अर्का उद्धारक बाबुराम चन्द्रवंशीले ‘डुंगाको चरी चुँडिएपछि डुबेर मर्छु जस्तो लागेको’ बताए । ‘डुंगाको चरी चुँडिएपछि हेर्दाहेर्दै पाँच–छजना कोसीमा डुबेर बेपत्ता भए,’ रोजन राईले भने, ‘डुबेका सबैलाई बचाउन नसकेकोमा दुःख लागेको छ ।’
    कोसीमा डुबेर टाउको देखिएका जति सबैलाई उद्धार गरेर प्रकाशपुर ल्याएको राईले बताए ।
    ‘फेरि घटनास्थलमा जाँदा कसैलाई नभेटेपछि हामी घर फर्किएका हौं,’ उनले भने । आपत्मा परेकालाई सहयोग गर्नु मानवीय धर्म भएको उल्लेख गर्दै केबिरथले भने, ‘आपत्विपत्मा परेकालाई सहयोग गरिएन भने मानव भएर बाँच्नुको अर्थ हुँदैन ।’
    आफ्नो ज्यान जोखिममा राखेर २९ जनाको सकुशल उद्धार गर्ने पाँचैजनालाई सुनसरीका प्रजिअ मोहनबहादुर चापागार्इं, एसपी पोषराज पोखरेल, वटुकदल गणका गणपति प्रमुख सेनानी सुलभ खड्का, राष्ट्रिय अनुसन्धान प्रमुख नगेन्द्र दाहाल, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका एसपी रमेश सुवेदीले बहादुरीको उच्च प्रशंसा गर्दै धन्यवाद दिएका छन् । बेपत्ता भएका १२ जनाका बारेमा केही पत्ता नलागेको एसपी पोखरेलले बताए ।
    पाँचै युवाले सप्तकोसी नदीमा डुंगामा यात्रा गर्ने यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेट र मोटरबोटको व्यवस्था गर्न माग गरेका छन् । उनीहरूले कोसीमा डुबेकाको उद्धारका लागि आवश्यक तालिम दिलाउनसमेत माग गरेका छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.