×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘चीनसँगको सम्बन्धमा असर नपर्ने’

  •  
  • सोमबार, असोज ०३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    प्रचण्डले आफ्नो भ्रमणसँगै नेपाल र भारतको सम्बन्ध थप सुदृढ भएको बताएका छन्।

    प्रधानमन्त्री प्रचण्डले कतिपय अन्तर्राष्ट्रिय मुद्दामा साझा धारणा बनाएर अघि बढ्ने नेपाल र भारतबीचको समझदारीले अर्को छिमेकी मुलुक चीनसँगको सम्बन्धमा असर नपर्ने बताएका छन्।

    पछिल्लो समझदारीसँगै नेपालको परराष्ट्र नीतिमाथि भविष्यमा भारतको प्रभाव पर्न सक्ने आशंका व्यक्त भइरहँदा भारतको राजकीय भ्रमणबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्यस्तो सम्भावनालाई ठाडै अस्वीकार गरे।प्रचण्ड र सीता

    उनले आफ्नो भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध थप सुदृढ भएको समेत जिकिर गरे।

    आफ्नो भ्रमणका क्रममा जारी गरिएको दुई देशको संयुक्त व्यक्तव्यमा उल्लेखित केही बुँदालाई लिएर विभिन्न खाले टीकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले भारतसँगको समझदारीको बचाउ गरे।

    आयाम

    पार्दैन। भारतसँगको सम्बन्धका नेपालका आफ्नै आयामहरु छन्, चीनसँगको सम्बन्धका आफ्नै आयामहरु छन्। ती आयामहरुको हाम्रो परिचालनले हाम्रो छिमेकीहरुसँगको सन्तुलित नीतिमा कुनैपनि असर पर्दैन

    प्रचण्ड, प्रधानमन्त्री

    चारदिने राजकीय भ्रमण पूरा गरी आइतबार दिउँसो काठमाण्डू ओर्लिएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई सम्बोधन गर्दै नेपाल-भारतबीच मिलेका विषयमा सहकार्य गर्दै जाने परम्परा पहिल्यैदेखि रहिआएको बताए।

    संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका लागि भारतलाई सन् २००४ देखिनै नेपालले समर्थन गर्दै आएको दृष्टान्त अघि सार्दै उनले त्यस्ता विषयमा दुई मुलुकले साझा धारणा बनाउँदा अर्को छिमेकी देश चीनलाई असर नपर्ने बताए।

    उनले भने, “पार्दैन। भारतसँगको सम्बन्धका नेपालका आफ्नै आयामहरु छन्, चीनसँगको सम्बन्धका आफ्नै आयामहरु छन्। ती आयामहरुको हाम्रो परिचालनले हाम्रो छिमेकीहरुसँगको सन्तुलित नीतिमा कुनैपनि असर पर्दैन।”

    प्रधानमन्त्री प्रचण्डले दुई देशबीच विश्वासको वातावरण निर्माण गर्न र यसअघि सहमति भएका परियोजनाहरुको प्रभावकारी र शीघ्र कार्यान्वयनमा जोड दिनमा आफ्नो भ्रमण केन्द्रित रहेको दोहोर्याए।

    भारतीय राष्ट्रपति तथा शीर्षस्थ नेताहरुसँगको द्विपक्षीय छलफलदेखि नेपालमा लगानी गर्नका निम्ति त्यहाँका व्यापारीहरुलाई आह्वान गरेको फेहरिस्त सुनाउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणबाट दुई देशबीच विश्वास बढाउन मद्दत पुगेको उल्लेख गरे।

    सुदृढ

    Image 

    उनले थपे, “समग्रमा यस भ्रमणबाट नेपाल र भारतका बीच सदियौँदेखि रहिआएको घनिष्ठ, मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्न मद्दत गरेको मेरो विश्वास छ।”

    प्रधानमन्त्री प्रचण्डले नेपाल-भारत सम्बन्धबारे समीक्षा र पुनरावलोकन गर्न तथा आगामी दिनमा चाल्नपर्ने कदमका बारे निर्णय लिन परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठक यसै वर्षभित्र गर्ने सहमति भएको बताए।

    यसअघिका प्रधानमन्त्रीहरुले झैं उनले पनि आफ्नो भ्रमण उपलब्धिमूलक भएको सन्देश दिन नछुटाएपनि कतिपयले भ्रमणका उपलब्धिबारे प्रश्न उठाएका छन्।

    नेपालका विभिन्न परियोजनामा लगानी गर्ने, सहुलियतपूर्ण ऋण उपलब्ध गराउने लगायतका प्रतिबद्धता जनाउँदै आएको भारतले प्रचण्डको भ्रमणमा कुनै नौलो आयाम नथपेको विश्लेषकहरु बताउँछन्।

    BBC/nepali

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.