×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

संविधान घोषणाको एक वर्ष : बाध्यकारी केही काम भए पनि चुनाव अन्योलमै

  •  
  • सोमबार, असोज ०३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रकाश ढकाल/उज्यालो ।

    काठमाडौं, असोज ३ – पोहोर असोज ३ गते संविधान जारी हुँदा अधिकांश नागरिक खुसीमा थिए । संविधान जारी भएको एक वर्ष पुग्दा खुसी त छ तर आशंका त्यो भन्दा बढी ।

    संविधान र देशको स्थायित्वका लागि संविधान घोषणासँग यसको सफल कार्यान्वयन पनि नभइ नहुने भएपनि गएको एक वर्षमा संविधान कार्यान्वयका लागि भएका काम भने सन्तोषजनक हुन सकेन । आठ वर्षसम्म संविधानसभामा चलेको रस्साकस्सीपछि १६ बुँदे सहमति गर्दे ठूला राजनीतिक दल संविधान निर्माणका लागि एक ठाउँमा उभिएका थिए । तर संविधान कार्यान्वयनका विषयमा दलहरुबिच एकमत देखिएको छैन । संविधान कार्यान्वयनको विषय सत्ता राजनीतिको सेपमा परेको जस्तो देखिएको छ । यद्यपी संविधान कार्यान्वयनका लागि एक वर्षमा केही काम भने भएका छन् ।

    के के भए एक वर्षमा ?

    संविधान कार्यान्वायनका लागि एक सय ३८ वटा कानुन बनाउनुपर्ने भएपनि अहिलेसम्म तीनवटा कानुन मात्र संसदले पारित गरेको छ । झण्डै तीन दर्जन कानुनको मस्यौदा तयार भएको कानुन मन्त्रालयले जनाएको छ ।

    एक वर्षभित्र पुनरावेदन अदालत खारेज गरेर उच्चअदालत गठन गर्ने व्यवस्थालाई सरकारले भर्खरै कार्यान्वयन गर्‍यो । संविधानले असोज ३ गतेभित्र पुनरावेदन अदालत खारेज गरेर उच्चअदालत गठन गर्नुपर्ने व्यवस्था गरेको छ । एक वर्षभित्रै प्रदेशहरूको प्रतिनिधित्व हुने गरी भाषा आयोग गठन गर्ने भनिए पनि सरकारले आवश्यक कानुनविनै आयोग गठनको औपचारिकता मात्र दिएको छ ।

    हेलचेत्र्र्‍याइका कारण भाषा आयोगका लागि चाहिने सैद्धान्तिक स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मै अड्किएको छ । त्यस्तै, स्थानीय तहको पुनर्संरचनाका लागि आयोग गठन गरेर काम भइरहे पनि काम आयोगले सहज रुपमा काम गर्न सेकेको छैन । फागुन मसान्तसम्मको समय पाएको पुनर्संरचना आयोगले चुनावलाई लक्षित गरी असोजभित्र प्रतिवेदन बुझाउने भनेपनि दलहरुको असहयोगका कारण नहुने संभावना बढेको छ ।

    त्यस्तै, प्रधानमन्त्रीको संयोजत्वमा संघीयता कार्यान्वय तथा अनुगमन समिति बनेपनि प्रभावकारी हुन सकेको छैन । संविधान नयाँ थपिएको थारु आयोग, मुस्लिम आयोग, राष्ट्रिय समावेश आयोग, मधेसी आयोग, आदीवासी जनजाती आयोग, दलित आयोग गठनका लागि आवश्यक पर्ने कानुनको मस्यौदा केही दिन अघि मात्र सरकारले संसदमा पुर्‍याएको छ ।

    असन्तुष्टको माग जस्ताको त्यस्तै

    संविधान जारी भएको एक वर्षसम्म पनि असन्तुष्ट पक्षको माग सम्बोधन हुन सकेको छैन । सरकार र ठूला दलले संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाइ रहे पनि मधेस केन्द्रितले कालो दिनका रुपमा मनाउने घोषणा गरेका छन् । संविधानको कार्यान्वयका लागि असन्तुष्ट पक्षलाई मूल प्रवाहमा ल्याउनु अपरिहार्य छ । एक वर्षको अवधिमा असन्तुष्ट पक्ष मूल प्रवाहमा नआउनु सकारात्मक संकेत होइन ।

    आफूले माग पूरा नभएसम्म सडक नछाड्ने बताउँनुहुन्छ सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेसँगै आन्दोलनकारीका माग सम्बोधन गर्ने प्रयास भएपनि त्यसले पूर्णता पाउन सकेको छैन । संविधान घोषणा नहुँदैदेखि विरोध गरिरहेका मधेश केन्द्रित दलले संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने भएका छन् ।

    चुनावको वातावरण बनेन

    संविधान कार्यान्वयका लागि सर्वाधिक महत्वपूर्ण काम स्थानीय, प्रदेश र संसदको चुनावका लागि ठोस वातावरण तयार नहुँदा अझै पनि संविधानको भविष्यमाथि गरिएको आशंका मेटिएको छैन । ७४ साल माघ ७ गतेभित्रै अर्थात अबको १८ महिनाभित्र तीनवटै चुनाव कुनै पनि हालत गरिनुपर्छ ।

    माघ ७ गतेभित्र चुनाव भएन भने संविधान कार्यान्वयन हुन सक्दैन । त्यसका लागि दलहरु सत्ता स्वार्थमा फस्दा चुनावको जटिलता विषय बनेको छ । सरकारले चैतमा चुनाव गर्ने बताएपनि स्थानीय तहको चुनाव गर्नेकि पुरानै संरचना अनुसार चुनाव गर्ने भन्ने विवाद टुंगिएको छैन । संविधान निर्माणमा एक भएका दल अब कार्यान्वयनमा पनि एक ठाउँमा उभिनुपर्ने देखिएको छ ।

    दलहरुको साझा कार्ययोजनाबिना चुनाव हुन र चुनावविना संविधान कार्यान्वयन हुन नसक्ने नेम्बाङको बुझाइ छ ।  कुनै पनि बहानामा संविधान कार्यान्वयन नभए देशले लिन खोजेको नयाँ बाटो र पुग्न खोजेको नयाँ गन्तव्य अनिश्चित बन्ने छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.