×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कालको छाँया (कथा)

  •  
  • शनिबार, असोज ०१, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • विनोद शर्मा ‘सानुभाइ’

    झल्याँस्स बिउँझिएँ । आफ्नो वरिपरी हेरें । आफूलाई खाटमा भएको महशुस त भयो । कोठा र बाहिर अन्धकार शिवाय केही देखिएन । मध्यरात भएकोले कुकुर पनि निदाइरहेका थिए । हावा चलेको संकेत पनि थिएन । बाहिरको कुनै आवाज सुनिएन । यो बेला सियो खसाल्यो भने पनि कोठाभरी सुनिन्थ्यो ।

    चकमन्न रात, सुनसान वातावरण । तर, मेरो मनमा भने खैलाबैला मच्चिएको थियो । एउटा कुरा तरङ्गीत ध्वनी सरह कानमा गुञ्जिरहेको थियो । कसैले भनेको थियो ‘घर बनाउनु तर काल ननिम्त्याउनु ।’

    बुबाको आवाज ठम्याउन धेरै समय लागेन । स्वर्गेबास बुबा मेरो सपनामा आउनु भएको थियो । मलिन अनुहारमा उहाँ भन्दै हुनुहुन्थ्यो ‘म त उमेरले पक्का थिएँ, मैंले बनाएको घर कच्चा ठहरियो, तँ कच्चा उमेरकै छस् तर घर पक्का बनाउनु ।’
    मेरा ओठ चल्न खोजे तर आवाज निस्किएन । जिब्रो बर्बरायो, सास रोकियो । लाग्यो म कुनै विपदमा परेको छु र कसैसँग गुहार माग्न पनि सकिरहेको छैन । या मैंले गरेको ठूलै गल्ती कसैले पत्ता लगाएर सार्वजनिक गर्दैछ । मैंले सबैको अगाडी स्पष्टिकरण दिनु पर्नेछ ।

    तर, अवस्था त्यो थिएन । भूकम्पमा घरले थिचिएर स्वर्गेबास हुनुभएका बुबाले सपनामैं मलाई मार्गदर्शन गर्दै हुनुहुन्थ्यो । उहाँसँग दोहोरो सम्बाद गर्ने हिम्मत ममा थिएन । उहाँ एकोहोरो बोलिरहनुभयो, म नतमष्तक भएर सुनिरहें । उहाँले जे जति कुरा गर्नुभयो, सुरक्षित निर्माणको कुरा गर्नुभयो । उहाँको हरेक शब्दमा हामी भूकम्पबाट बाँचेकाहरु प्रतिको गम्भीर चासो मिसिएको थियो ।
    २०७२ बैशाख १२ गतेको मध्यान्ह मेरो मानसपटकमा चलचित्रका दृश्य झैं नाच्न थाले । त्यो कम्पनपछिको विनाश, उजाडिएको गाउँ बस्ती, उजाडिएका परिवार र सहारा, उजाडिएको भविष्य । बुढापाकाले भनेको कलि सायद त्यहि दिनमा आएको हो की ? धर्मकर्मका कुरामा खासै विश्वास नलागे पनि भूकम्पपछि घरले थिचिएर बुबा, भाउजु र सानी छोरीको ईहलिला समाप्त हुँदा त कलिको झल्को आएको पनि हो ।
    भूकम्पको एक वर्षपछि बुबा सपनामा आउनु भएपछि मन गह्रुङ्गो भयो । कतिखेर उज्यालो होला र सपनामा बुबाले भनेका कुरा परिवारका सबै सदस्यलाई सुनाउ झैं भयो । मन हलुङ्गो बनाउने सोचाईसहित विहानीको प्रतिक्षा गरें ।

    The Wrong Man‘एक वर्ष बितिसक्दा पनि छाप्रोमैं बस्नु परेको र अझै घर बनाउन ढिला गरेको’ भनेर विहान उठ्ने बित्तिकै आमाले हकार्नुभयो । मैंले सपनामा बुबालाई देखेको कुरा सुनाउन त के सोच्न पनि भ्याइन । घाँटीसम्म आइपुगेका शब्दहरुलाई रोक्नु पर्यो । हिमाल झैं शान्त भएर उहाँको कुरा सुनिरहनु बाहेक मसँग बिकल्प छैन । किनकी घर बनाउने सुरसार नैं भएको थिएन ।
    ‘गाउँमा केहिले घर बनाइसके । छाप्रोमैं प्राण जाने हो की ? सरकारले पनि केहि गरेन, छोरो पनि उस्तै । दुईवटा वर्षा र एउटा जाडो रुझ्दै, भिज्दै र चिसो मैं बित्यो । अझै कति समय यसरी बिताउनु पर्ने हो ?’ आमाको हरेक बोलीमा आक्रोस मिसिन्थ्यो ।

    मसँग आमालाई दिने धेरै जवाफ थिएन । भूकम्पपछिको पुनर्निर्माणका लागि भैरहेका कामको सूची बेलिबिस्तार लगाउन सकिन्थ्यो । ‘भूकम्पको पराकम्पन अझै रोकिएको छैन । हतार गरेर पहिलेको जस्तै घर बनाउदा बुबा, भाउजु र सानी छोरी झैं अरु सदस्य पनि गुमाउनु पर्ने हुनसक्छ आमा ।’ यसै गरी सम्झाउन पनि सक्दिन । बुबाको नाम लिने बित्तिकै उहाँ डाँको छोडेर रुनुहुन्छ । वार्षिकीमा कुस समातेर तर्पण दिनका लागि बाहुन बाजेले बुबाको नाम लिँदा पनि उहाँ ढल्नुभएको सम्झें ।
    बुबाले त भन्नुभएको थियो ‘आमालाई केहि नभनेस् बाबु उसको मन कमलो छ, रोएर चौपट गर्छे ।’ एक पटक हर्टट्याक भएर उपचार भईसकेको छ, उहाँको । डाक्टरले पनि मनमा चोट पर्ने बित्तिकै दोहोरिन सक्छ भनेका कारण उहाँको भनाईमा सायदै जवाफ फर्काउने गरेको छु ।

    बुबाले पनि सुनाउनु भएको थियो ‘सरकारले २ लाख रुपैंयाँ अनुदान दिँदै छ’ । ‘२ लाख रुपैंयाँले घर बन्छ र ?’ बुबाको कुरा सुन्ने बित्तिकै मैंले सोधें । उहाँले मुस्कुराउँदै भन्नु भयो, ‘तँ त पढेको मान्छे रेडियो सुन्छन्, पत्रिका पढ्छस् । थप १५ प्रतिशत लगानीले सुरक्षित घर बन्छ भनेको सुनेनस् ? सरकारको अनुदान घर बनाउन होइन, सुरक्षित बनाउन हो ।’
    ‘सरकारले पैसा कहिले दिने हो ? कति कुर्नु त हामी ?’ म पनि झोक्किएँ उहाँसँग मानौं हामी एउटै खाटमा बसेर बातचित गर्दैछौं । मेरो निराशामा उहाँको कुनै प्रतिक्रिया थिएन । बरु उल्टै सम्झाउनुभयो ‘मैंले त जीवनभर तिमीहरुको सबै कुरा पुरा गर्न सकिन । सरकारले हाम्रो परिवारलाई मात्रै हेर्ने हो र ? संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुनर्निर्माण, गरीबि निवारण सरकारको प्राथमिकतामा धेरै कुरा छन् ।’
    उहाँको बोली सुन्दा लाग्थ्यो प्रधानमन्त्रीले संसदमा सम्बोधन गरे झैं । प्रतिपक्षको पश्नको जवाफ दिए झैं । उहाँसँग डकर्मी काम गरेको १५ वर्षको अनुभव थियो र त मेरो हरेक प्रश्नको जवाफ विज्ञले झैं दिँदै हुनुहुन्थ्यो ।

    ‘तपाई आफैंले सुरक्षित घर किन नबनाएको त ?’ फेरी प्रश्न तेरस्याएँ, यक्षले युधिष्ठिरलाई सोधे झैं । उहाँ एकछिन मौन बस्नुभयो । उहाँलाई पनि सुरक्षित घर बनाउन नसकेकोमा पछुतो रहेछ । भन्नुभयो, ‘मसँग घर बनाउने सीप थियो, सुरक्षित बनाउने सीप थिएन । अहिले सरकार र विभिन्न संघ संस्थाले भूकम्प प्रतिरोधी घर बनाउने तरिका सिकाउँदै छन् । अहिले हो भने म पनि त्यहि सीप सिकेर घर बनाउँथें ।’ उहाँको उत्तरले मलाई नाजवाफ बनाइदियो । अनुहारमा क्वारक्वार्ति हेर्न बाहेक अरु प्रतिक्रिया जनाइन ।

    ‘सुरक्षित घरका लागि सरकारले १७ वटा डिजाइन दिएको छ । त्यसमध्ये एउटा रोजेर बनाउनु’ उहाँले भन्दै गर्दा म सानो बालक झैं सुनिरहें । उहाँले सुरक्षित ठाउँमा सलाईको बट्टा जस्तै आयातकार घर बनाउन, जगदेखि छानोसम्म विभिन्न ठाउँमा बन्धन राख्न, प्राविधिकको सल्लाह सुझाव लिन, दक्ष कालिगढ र गुणस्तरीय सामाग्री प्रयोग गर्न सुझाउनुभयो ।
    शंका पनि लाग्यो कतै उहाँले पनि डकर्मी तालिम त लिनुभएन ? स्वर्गबास भैसकेको व्यक्तिका बारेमा बेकारको शंका गर्नु थिएन । तर, उहाँको हामी प्रतिको चासो जायज थिए । उहाँ हाम्रो सुरक्षाको बारेमा संवेदनशील हुनुहुन्थ्यो । म पनि परिवारको सुरक्षाका बारेमा सचेत छु । बाँकी छ त आमालाई सम्झाउन । ‘पैसा नभएर होइन आमा सुरक्षित नहोला भन्ने पिरले ढिला भएको हो ।’ यही अर्थमा सम्झाउने पो कसरी ? यस्तै सोच्दै थिएँ । ‘सानुभाइ’ आमाको आवाज कानमा गुञ्जियो ।

    मेरो जेठो दाई बाहेक धेरै पटक आमाले नैं यो शब्दबाट मलाई बोलाउनुहुन्थ्यो । धेरै बेर सोचमग्न अवस्थामा बसेको देखेर होला आमा पनि नजिकै आएर बस्नु भएको रहेछ । सायद उहाँ आफ्नो प्रश्नको जवाफ खोज्दै हुनुहुन्थ्यो । अबको यति महिनाभित्र नयाँ घरमा बस्न पाउनुहुन्छ भनेको सुन्न चाहनुहुन्थ्यो ।
    मलाई बुबाका शब्दहरुले फेरी झकझकाए । खोजिरहेको उपयुक्त मौका पाएजस्तो भयो । मन बलियो पारेर भनें, ‘आमा, बुबा बित्नुको कारण भूकम्प थिएन हामीले बनाएको घर थियो । फेरी त्यस्तै घर बनाउन हुन्न ।’
    भूकम्पका बेला संसार हल्लिएझैं मेरो शरिर पनि हल्लिँदै थियो । त्यहि भएर होला सबै एकै सासमा भनि सिध्याएछु । आमाले पनि के सोच्नु भयो कुन्नी प्रतिप्रश्न गर्नु भएन ।

    यही मौकामा सपनामा बुबासँग भएको बातचित आमालाई जस्ताको त्यस्तै सुनाएँ । त्यसपछि उहाँ मलाई अंगालो हालेर रुनुभयो । केहि बेर म पनि रोएँ उहाँसँगै । पछि सम्हालें आफुलाई । ‘अबको हिउँदमा निर्माण सुरु गर्छु । बुबाको सुझाव अनुसारकै सुरक्षित घर बनाउँछु । जहाँ तपाई, म र हाम्रा सन्ततीलाई कुनै जोखिम हुने छैन’ । यति सुनेपछि आमा विश्वस्त हुनुभयो क्यारे, अरु कुरा सोध्नु भएन । उहाँको अनुहारमा विहानको भन्दा अलि बढी चमक देखियो । खाना खान जाने संकेत गर्नुभयो ।

    मैंले फेरी बुबालाई सम्झिएँ र मन मनै प्रण गरें ‘सुरक्षित घर बनाउँछु कालको छायाँसम्म पर्न दिन्नँ’ ।

    onsnews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.