, इटहरी
आश्विन १, २०७३- सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर आउँदै गरेको नाउ (डुंगा) राजावासा- ५ सप्तकोशी नदीमा पल्टिएको छ । करिव ४५ जना यात्रु बोक्ने क्षमता रहेको उक्त नाउमा सवार ३७ जना यात्रुको सकुशल उद्दार गरिएको छ ।
शनिबारको दिन प्रकाशपुरमा हाट बजार लाग्ने भएकोले उक्त डुंगामा क्षमता भन्दाबढी यात्रु चढेका स्थानीयले बताएका छन् ।
श्रीलंका टापुबाट हाट भर्न आएका यात्रुहरु चढेको डुंगा राजावासा आइपुगेपछि ढ्याउ (भंगालो) मा पसेको थियो । यात्रुको संख्या धेरै भएकोले ढ्याउमा पसेपछि डुंगा असन्तुलन भई पल्टिएको हुनसक्ने नेपाल प्रहरीका एसपी पोषराज पोखरेलले बताए ।
डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन भइ सकेको छैन । उद्धार गरिएकाकाे अनुसार डुंगामा करिब ६० यात्रु सवार थिए । बेपत्ताहरुको खोजी कार्य जारी रहेको पोखरेलले बताए ।
अहिले ७ वटा नाउले खोजी गरिरहेका छन् । खाेजीका लागि नेपाल प्रहरी, नेपाली सेना, स्थानीय खटिएका छन् । मुसलधारे पानीका कारण खाेजी कार्य प्रभावित बनेकाे छ ।
ekantipur



