×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

ख्तियारले थाल्यो लडाकु छानबिन

  •  
  • शनिबार, असोज ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारको छानबिन तीव्र पारेको छ । अख्तियारले उक्त भ्रष्टाचारमा मुछिएका माओवादी केन्द्रका नेताहरूलाई ३० दिनभित्र बयानका लागि बोलाइएको जानकारी दिएको छ ।
    अख्तियार प्रमुख लोकमानसिंह कार्की नियुक्तिबारे पुरानो फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णय आएको केही घन्टामै शुक्रबार साँझ आयोगले पत्रकार सम्मेलन गरी माओवादी सेनाका शिविरको छानबिन तीव्र पारिएको जानकारी दिएको हो । ‘माओवादी शिविरमा भरणपोषण र अन्य नाममा गएको रकमबारेको छानबिन तदारुकतासाथ अघि बढाएका छौं,’ आयोग प्रवक्ता गणेशराज कार्कीले भने, ‘यस विषयमा अब हामी छिटो निष्कर्षमा पुग्दैछौं।’
    शिविर छानबिनमा मुछिएका माओवादी नेताहरूलाई ३० दिनभित्र आयोगमा आई बयान दिन भनिएको कार्कीले बताए । ‘महत्वपूर्ण पदाधिकारीलाई अनुसन्धानका लागि ३० दिनभित्र आइदिन आमन्त्रण गरेका छौं,’ कार्कीले भने, ‘राज्यका जो जुन पदमा बसे पनि दोषी छ भने उन्मुक्ति पाइँदैन ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरालगायत माओवादीका उच्च नेताहरू शिविर भ्रष्टाचार प्रकरणमा जोडिए पनि अख्तियारले भने कुनकुन नेतालाई बयानका लागि बोलाइएको हो भन्ने विषयमा बताएन ।
    माओवादी शान्ति प्रक्रियामा आएपछि उसका लडाकुलाई सात मुख्य र अन्य शिविरमा राखिएको थियो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल त्यतिखेर लडाकुको सुप्रिम कमान्डर थिए भने नन्दकिशोर पुन, वर्षमान पुन, जनार्दन शर्मा र बलदेव शर्मा डिभिजन कमान्डर थिए ।
    उपप्रधान तथा अर्थमन्त्री एवं एमाओवादी नेता महराले त्यतिखेर सरकारबाट बुझेको रकम फस्र्योट हुन सकेको थिएन । ‘यो मुद्दा गम्भीर प्रकृतिको छ भन्ने त प्रारम्भिक अनुसन्धानमा देखिइसकियो,’ अख्तियारका एक उच्च अधिकारीले भने, ‘लडाकुको संख्या र निकासा रकममा तालमेल मिलेको छैन ।’
    शिविर व्यवस्थापन र लडाकुको भरणपोषणमा चार अर्बभन्दा बढी भ्रष्टाचार भएको भन्दै २०६९ सालमा एमाले निकट युवा संघलगायतले अख्तियारमा उजुरी दिएका थिए । एमाओवादीबाट अलग भएको वैद्य माओवादी र बहिर्गमनमा परेका लडाकुले पनि करोडौं भ्रष्टाचार भएको भन्दै छानबिन हुनुपर्ने माग गर्दै आएका छन् ।
    अकुतबारे पनि छानबिन
    अख्तियारले अकुत सम्पत्ति छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै त्यसको पनि नतिजा आउन लागेको जनाएको छ । ‘आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा दुरगामी असर पर्ने गरी आयोगले छानबिन अघि बढाएको छ,’ प्रवक्ता कार्कीले भने, ‘केही दिनमै यसको पनि नतिजा आउँछ ।’ अख्तियारले राजनीतिक दलका नेतालगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सम्पत्तिको छानबिन गरिरहेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.