×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

‘लोकमान नियुक्तिको सक्कली फाइल एक साताभित्र नपठाए कारबाही’

  •  
  • शनिबार, असोज ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    काठमाडौंः सर्वोच्च अदालतले आफ्नो पूर्वआदेश अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति गर्दाको सक्कली फाइल एक साताभित्र उपलब्ध नगराए कारबाही गर्ने चेतावनी दिएको छ।
    प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र सपना मल्ल प्रधानको संयुक्त इजलासले अख्तियार प्रमुखमा लोकमानसिंहलाई नियुक्ति गर्दाको सक्कली फाइल ‘भूकम्पमा हरायो’ भनेर सरकारले दिएको जवाफलाई गैरजिम्मेवारपूर्ण भन्दै कारबाही गर्ने फैसला सुनाएको हो।
    यसअघि सर्वोच्चले अख्तियार प्रमुखमा कार्कीलाई नियुक्ति गर्दाको सम्पूर्ण सक्कली फाइल अदालतमा उपलब्ध गराउन सरकारका नाममा आदेश दिएको थियो। तर, सर्वोच्चलाई सरकारले लोकमानको नियुक्ति गर्दाको सक्कली फाइल भूकम्पमा हराएको भनेर जवाफ दिएको थियो।
    संयुक्त इजलासपछि जारी गरिएको आदेशमा भनिएको छ,‘पूर्व आदेशा अनुसार लोकमान कार्कीको नियुक्ति गर्दाको सक्कली कागजात सात दिनभित्र नपठाए न्याय प्रशासन ऐन २०७३ को दफा ३४ (२) अनुसार कारबाही हुनेछ।’ यसअघि सर्वोच्च अदालतले मुख्य सचिव र सामान्य प्रशासन सचिवलाई लोकमानको नियुक्तिसम्बन्धि सक्कली फाइल पठाउन पत्र लेखेको थियो।
    अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमामाथि शुक्रवार सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसअघि गरेको आफ्नै निर्णय पुनरावलोकन पनि गर्ने भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलासले लोकमानसिंह कार्कीको नियुक्ति रोकि पाउँ भन्दै अधिवक्ता अर्यालले दर्ता गरेको निवेदनमा यसअघि गरिएको फैसलामा ‘निस्सा हुने’ आदेश दिएको हो।
    अर्यालले अर्यालले २०७० वैशाख २९ मा अख्तियार प्रमुखमा कार्कीको नियुक्ति रोकिपाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। अर्यालको रिटमाथि सुनुवाइ गर्दै यसअघि न्यायाधीशद्वय गोपालप्रसाद पराजुली र ओमप्रकाश मिश्रको संयुक्त इजलाशले कार्कीको नियुक्ति भइसकेको तथा त्यत्तिबेलाका कामु प्रधानन्यायाधीशले नै सपथ खुवाएकाले जायज भन्दै गत २०७१ असोज ८ गते खारेज गरेको थियो।
    सर्वोच्चको फैसलाको पूर्णपाठ:

    1_1

    2_1

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.