×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नपुगिने गन्तव्यको बाटो

  •  
  • शुक्रबार, भदौ ३१, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    युवराज घिमिरे

    ‘नयाँ नेपालको घोषित गन्तव्य: शान्त, समृद्ध र ‘लोकतान्त्रिक’ नेपाल । यो मन्त्रलाई सम्भवतः ०६३ यताका नेताहरूले निकै वर्षसम्म हरेक दिन १०८ पटकभन्दा बढी दोहोर्‌याए होलान् । ती गन्तव्यतर्फ राज्य र समाजको यात्रालाई नियमन र निर्देशित गर्ने दस्तावेज या नेपालको संविधान २०७२ ले पहिलो वर्ष पूरा गर्दैछ, असोज ३ मा । त्यसमा एउटा संशोधन भइसकेको छ एकपटक र उक्त संविधानले परिकल्पना नगरेको या यथास्थितिमा उसले सम्बोधन गर्न नसक्ने संकट उत्पन्न हुँदा राष्ट्रपतिले ‘वाधा-अड्काउ फुकाउ’ को असाधारण अधिकार प्रयोगसमेत गरेकी छन् ।
    उक्त संविधानको ‘प्रसव पीडा’ र जन्मेलगत्तै राज्य र असन्तुष्ट नागरिक पक्षमा भएका भिडन्तमा १० सुरक्षाकर्मी र एक भारतीयसहित ६८ जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा साम्प्रदायिक दंगा तथा हिंसाको आह्वान गर्ने नेताहरू सरकारी कारबाहीको दायरामा पर्दै परेनन् । न त आन्दोलनमा ज्यान दिएबापत ५० लाख रुपैयाँ इनाम परिवारले पाउने घोषणा गर्ने महन्थ ठाकुरसँग कसैले ‘इनाम’ नै माग्ने साहस गरे ।
    बरु नेपालमा विगत १० वर्षमा फस्टाउँदो ‘सहिद’ उद्योगमा ६८ जनाको सूची थप्दै राज्य ढुकुटीमाथि थप ६ करोड ८० लाखको व्ययभार थपेका छन्, संविधानविरुद्ध आन्दोलन गर्ने संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले । इतिहासको प्रवाहमा मार्ने प्रगतिशील र अग्रगामी अनि मर्ने पनि क्रान्तिकारी र ‘अग्रगामी’ तथा सहिद, यस्ता उदाहरण विरलै फेला पर्लान् दुनियाँमा अन्यत्र ।
    सम्भवतः अर्को संशोधनको तयारी भइरहेको छ संविधानमा, मधेसकै माग सम्बोधनका नाममा । भारत भ्रमण समाप्त गरी संविधानको प्रथम ‘दिवस’ को पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहालको स्वदेश आगमन हुनेछ । त्यसलाई ‘पूर्णता’ दिन दोस्रो संशोधनको तयारी हुनेछ । तर के साँच्चै टालटुल या संशोधनबाट यो अर्थहीन र अपनत्वविनाको संविधानलाई ‘अर्थपूर्ण’ तथा व्यापक स्वीकार्यताको संविधान बनाउन सकिएला ?
    जुनसुकै रूपमा यो संविधान आउनु बाह्रबुँदेका हस्ताक्षरकर्ता, तिनका दल र अर्बौं खर्च गराउने दुइटा संविधानसभाका लागि प्रतिष्ठाका विषय थिए । संविधान लेखन तथा शान्ति प्रक्रियाका नाममा यहाँको आन्तरिक राजनीतिलगायत दुवै प्रक्रियामा निर्णायक भूमिका खेल्न थालेका भारत र उससँग सहकार्य गर्दै आएका राष्ट्रसंघ तथा पश्चिमी मुलुकहरू दुवैका ‘प्रतिष्ठा’ जोगिएको अनुभूति उनीहरूले पनि गरेका होलान् ।
    नयाँ संविधानको जन्मबाट, यद्यपि भारतले त्यसलाई स्वागत गर्न चाहेन, आफ्नै द्विविधाग्रस्त मानसिकताका कारण । तर भारतले उक्साएको र निकै हदसम्म नियन्त्रित गरेको २०६३ यताको आमूल परिवर्तनकारी राजनीतिको नियति अनि त्यसले मुलुकमा सिर्जना गर्ने अनिश्चितता र अराजकता यो संविधान जन्मिन्छ भन्ने नसोच्नु दिल्लीको अर्को असफलता हो । भारतको विरोध त्यो असफलताकै सूचक हो ।

    सत्ताको ‘मद’ र क्रान्तिको ‘जोस’ अनि ‘ह्याङओभर’ मा रहेकाहरूमा असहिष्णुता थियो, फरक मतप्रति ती महत्त्वपूर्ण दस वर्षमा । त्यसैले निषेधको राजनीति परिवर्तनको नाराको पर्याप्त बन्यो । तर अहिले केही आत्मग्लानीका स्वरहरू आउन थालेका छन् भने अर्कोतिर संशोधनबाट संविधानले पूर्णता पाउने ललीपप सत्ताधारीहरूले बाँड्न थालेका छन् ।
    विगत दुई संविधानसभामा महत्त्वपूर्ण पद ओगटेका र अनि अति केन्द्रीकृत प्रक्रियाको केन्द्रमा रहेका बाबुराम भट्टराईले मन नलागी-नलागी संविधानमा हस्ताक्षर गरेको बताएका छन्, यता आएर । त्यसबेलाका राष्ट्रपति रामवरण यादवको सार्वजनिक अभिव्यक्ति भट्टराईभन्दा फरक छैन ।
    संविधानसभाबाट निर्मित संविधानमा त्यसका मुख्य पात्रहरूकै अपनत्व छैन भने जनताको अपनत्व कति होला ? सार्वभौमसत्ताका स्रोत मानिएका जनताको हैसियत राज्यको आधिकारिकता या हैसियत, उसको आधिकारिकता र जवाफदेहीतासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । तर समग्र प्रक्रिया (संविधान निर्माण) मा जनतालाई बाहेक गरिएपछि त्यो संविधानले ‘भेन्टिलेटर’ मा राखिएको दस्तावेजभन्दा फरक हैसियत राख्दैन । अहिले त्यही भएको छ । राज्यको वैधानिक हैसियतलाई समेत प्रत्यक्ष रूपमा प्रभावित गरेको छ यसले । राज्य निरीह बनेको स्पष्ट देख्न सकिन्छ ।
    ‘यो हाम्रो मुलुक हैन,’ संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागको फिल्ड अफिसमा खटिएका एकजना जिम्मेवार अधिकृतले सामाजिक सञ्जालमा ‘पोस्ट’ गरेको टिप्पणी हो यो । अर्को फरक प्रसंगमा र एक वर्ष पहिले संविधान जारी भएको बेला उनको अर्को टिप्पणी पोस्ट भयो- ‘२५ हजार मधेसी, थारू र मुसलमानहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गरे । उनीहरू छुट्टिनै लागेको बेला केही गुन्डाहरूले मधेसीमाथि आक्रमण गरे ।
    प्रहरीले गोली चलायो र निजी घरहरूमा प्रवेश गरी मधेसी महिला र बालबालिकालाई पिट्यो । दर्जनभन्दा बढी घाइते भए । त्यसअघि सत्ताधारी दलहरूले आयोजना गरेको र्‌यालीमा प्रमुख जिल्ला अधिकारी सहभागी भएका थिए । काठमाडौंका ठालुहरू ‘संविधान’ जारी गर्नमा व्यस्त छन् । ‘धिक्कार ! धिक्कार !! धिक्कार !!! तिम्रो संविधानलाई । अनि अर्को टिप्पणीमा उनी भन्छन्, ‘भारतले संविधान जारी भएको जानकारी लिएको छ ।
    स्वागत गरेको छैन । काठमाडौंका ठालुहरू हो, मधेसी अब आन्तरिक विषय हैन । भूराजनीति बुझ । धन्यवाद भारत । एकजना नेपाली नागरिक आफूलाई अभिव्यक्त गर्ने स्वतन्त्रता राख्छन् । तर राष्ट्रसंघको उन्मुक्तिको आवरणमा राज्यलाई चुनौती दिने शैली पनि हो त्यो । दुर्भाग्य, नेपालको राजनीतिक परिवर्तन, त्यसका एजेन्डा र संविधान निर्माणमा विदेशी शक्ति छिरेपछि उनीहरूले राज्यको वैधानिकता र आधिकारिकतालाई यसरी नै खुलेआम चुनौती दिने गर्छन् ।
    त्यसमा स्थानीय ‘एक्टिभिस्ट’ प्रयोग हुन्छन् सुरुमा । यो केवल एउटा उदाहरण हैन, यो नेपालको आम भोगाइ हो, वर्तमान आमूल र उग्र राजनीतिले ल्याएको । राष्ट्रसंघको आवरणमा राजनीति गतिविधि र घृणा सञ्चार हुनुमा सरकार कम जिम्मेवार छैन । राष्ट्रसंघकै उन्मुक्तिको आवरणमा उसको ‘फिल्ड अफिस’ ले तराई विखण्डनको मागलाई जायज ठहर्‌याएको छ, सामाजिक सञ्जालमार्फत । यो संविधान उदार भएर हो या त्यसबाट निर्देशित राज्य निरीह भएर ?
    विदेशी चलखेलको अवश्यम्भाविता रोक्न पनि यो संविधानलाई निरन्तरता दिने प्रयास र त्यसको ‘कार्यान्वयन’ लाई प्राथमिक दायित्वका रूपमा प्रस्तुत गर्न छोड्नुपर्छ, प्रमुख दलहरूले । यसलाई खेर गएका १० वर्ष र महँगो पाठका रूपमा ग्रहण गर्दै जनताको प्रत्यक्ष संलग्नताका साथ ०४७ को संविधानमा आवश्यक परिमार्जन या सुधारमा जानु उत्तम र मान्य विकल्प हुनेछ ।
    यो संविधानको अपूर्णतासँगै त्यसका निर्माताहरूको नियतसमेत शंकाको घेरामा आउन थालेको छ, यो एक वर्षमा । न्यायपालिका दलीय आवरणमा या कार्यकारीकै एउटा हिस्सा बन्न पुग्यो । स्थानीय निकाय या ‘नगरपालिका’ र ‘ग्रामपालिका’ हिंसाको ज्वालामुखी बन्ने खतरा बढेको छ निर्वाचन पूर्व सीमांकनमै । ‘जिल्ला’ संरचना समाप्त हुँदा त्यसले ल्याउने प्रशासनिक अनि विकाससम्बन्धी अस्तव्यस्तता र सम्भावित हिंसाको कल्पना कसैले गरेको छैन ।
    उच्च न्यायालय र प्रान्तीय संसद् संविधानमा उल्लिखित छन्, तर व्यवहारमा उतार्ने सम्भावना देखिँदैन । २०७४ माघपूर्व र सम्भवतः यही असोज ३ देखि संविधानलाई संगठित रूपमा चुनौती दिने घटनामा पक्कै बढोत्तरी हुनेछ । नश्वर संविधान त जल्ला या मर्ला, तर नयाँ नेपालको नयाँ संविधानका कथित रचयिता र तिनका बाह्य अभिभावक शक्तिलाई कसरी कुन रूपमा जनतासमक्ष जवाफदेही बनाउने ? अन्यथा नेपाल अघोषित दासत्वको जन्जिरमा बाँधिनेछ ।
    संविधान निर्माणमा जनताको अपनत्व सुनिश्चित गर्न यो दस्तावेजको तत्काल निलम्बन र अवैध तरिकाले समाप्त गरिएको २०४७ को संविधानको पुनस्र्थापना एउटा विकल्प हुन सक्छ, त्यसमा आवश्यक परिमार्जन र संशोधनमा सबै राजनीतिक शक्तिलाई जिम्मा लगाउँदै । अन्यथा यो संविधानमा आन्तरिक र बाह्य कारणले संशोधनका अनियन्त्रित बाढी आउनेछन् र त्यसलाई दुई दलको सरकार या वर्तमान संसद्ले सम्बोधन गर्न सक्ने छैनन् ।
    विदेशी चलखेलको अवश्यम्भाविता रोक्न पनि यो संविधानलाई निरन्तरता दिने प्रयास र त्यसको ‘कार्यान्वयन’ लाई प्राथमिक दायित्वका रूपमा प्रस्तुत गर्न छोड्नुपर्छ, प्रमुख दलहरूले । यसलाई खेर गएका १० वर्ष र महँगो पाठका रूपमा ग्रहण गर्दै जनताको प्रत्यक्ष संलग्नताका साथ ०४७ को संविधानमा आवश्यक परिमार्जन या सुधारमा जानु उत्तम र मान्य विकल्प हुनेछ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ ३१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.