×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

सदरमुकाममै यस्तो अवस्था : दिसा बगेको देख्दा देख्दै पानी पिउनुपर्छ

  •  
  • बिहिबार, भदौ ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डिवि विष्ट/उज्यालो ।

    बझाङ, भदौ २९ – सदरमुकाम चैनपुर बजारमै रहेका बादी समुदायलाई खानेपानीको निकै समस्या छ । सदरमुकामकै बासिन्दा १५ बादी परिवार गएको डेढ वर्षदेखि सेती नदी र बाउली खोलाको धमिलो पानी पिउन बाध्य छन् ।  ‘सेती नदी र बाउली खोलाको किनारमा दिसा पिसाब गरिरहेका हुन्छन्, दिशा पिसाब खोलामा मिसिन्छ, हामीले त्यही पानी पिउने गरेका छौँ’ केउडी बादीले बताउनु भयो । ‘आफ्नै अगाडी दिशा पिसाब बगेको देख्दा देख्दै पनि सेती नदी र बाउली खोलाको पानी नपिएर साध्य नै छैन’ जानु बादीले भन्नुभयो, ‘यदि सेती नदी र बाउली खोलाको पानी नखाने हो भने पानी नै पाइँदैन ।’

    डेड वर्षअघि सम्म त खानेपानीको धारा थियो । डेढ वर्ष अघि सदरमुकाम चैनपुर बजारको सडक खन्ने क्रममा हाम्रा खानेपानीका पाइपलाइनहरु काटिए त्यसपछि धारामा पानी आउनै छोड्यो । ‘हुने खानेहरुले त खानेपानीका पाइप लाइनहरु फेरि जोडे हामीलाई त एक छाक टार्न त धौँ धौँ हुन्छ, पाइप किन्ने पैसा कहाँ बाट होस् ?’ केउडि बादीले भन्नुभयो, ‘सरोकरवाला निकायले कुनै चासो दिँदैनन् हामीहरु सेती नदी र बाउली खोलाको फोहोर पानी पिउन बाध्य छौँ ।’

    ‘सेती नदी र बाउली खोलाको किनार भरी दिसा नै दिसा देखिन्छ, तल माथि दिसा हुन्छ बिचमा आफूले नाक छोपेर पानी भर्नु पर्छ’ कक्षा ४ मा पढ्ने सुर्मा बादीले भनिन् । विद्यालयबाट आउने बित्तिकै खानेपानी लिन बादी समुदायका प्राय बालबालिका सधै सँगै जान्छन् । ‘एक्लै पानी लिन सेती नदीको किनारमा गए सेती नदी र बाउली खोलाले बगाउँछकी भन्ने डर लाग्छ’ सुर्माले भनिन् ।‘रुघा खोकी, आउँ परेर अस्पताल तथा मेडिकलमा गए खानेपानीको समस्या हो भन्दै सफा पानी खान डाक्टरले सुझाव दिनु हुन्छ तर आफ्नो टोलमा खानेपानीको यस्तो समस्या छ कसरी सफा पानी खानु ?’ जानु बादीले भन्नुभयो, ‘बिहान देखि बेलुकासम्म छाक टार्न कामको खोजी र बजारमा माग्दै हिँड्नु पर्छ, पानी ल्याउने काम केटाकेटीहरुले गर्छन् । आफू बजार, गाउँ घरमा हिँडे पनि चिन्ता घरतिर नै हुन्छ ।’

    ‘पटक पटक चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई खानेपानीको जोहो गरीदिन अनुरोध गरे पनि समितिका पदाधिकारीहरुले पाइपको जोहो गर्नुहोस् भन्नु हुन्छ, कहाँबाट पाइपको जोहो गर्ने र’ पदम बादीले भन्नु भयो। चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सहसचिव दिपक बहादुर ओलीले बादी समुदायका लागि झण्डै ४ सय ५० मिटर पाइप आवश्यक भएको र समितिमा पाइप नभएकाले समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि कसैले पाइपका लागि सहयोग गर्छ भने हामी निःशुल्क रुपम पानी उपलब्ध गराउन तयार छौँ ।’

    जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख शिव प्रसाद सापकोटाले भने अहिले जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलयमा पाइप नभएको र पाइप आएपछि उपलब्ध गराउने बताउनु भयो ।  

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.