×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

डा. गोबिन्द केसी एक्लै रोल्पामा देखिंदा

  •  
  • बिहिबार, भदौ ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माधवकुमार ओली/उज्यालो

    रोल्पा, भदौ ३० – चिकित्सा क्षेत्र सुधारका निम्ति निरन्तर लडिरहेका बरिष्ठ चिकित्सक डा. गोविन्द केसी बुधवार बिहानै रोल्पाको सदरमुकाम लिबाङको टुँडिखेलमा देखिनुभयो । मंगलवार बेलुकी लिबाङ आएका डा. केसीको साथमा अरु कोही थएनन् ।दुईवटा झोला बोकेका उहाँलाई धेरैले चिनेनन्, कतिपयले भने चिने । मंगलबार लिबाङको एक होटलमा खाना खाएर उहाँ अर्काे होटलमा बास बस्न जानुभयो । त्यतिबेलासम्म उहाँ डा. गोबिन्द केसी हो भन्ने कसैलाई थाहा भएको थिएन ।

    होटलमा केहीले डा. गोविन्द केसी जस्तै ठानेर सोध्दा उहाँले डा. गोविन्द केसीलाई आफूले नचिन्ने र आफू पनि त्यो व्यक्ति नभएको प्रतिक्रिया दिनुभयो । मंगलवार काठमाडौंबाट सार्वजनिक गाडी चढेर रोल्पाको दुर्गम गाउँमा स्वास्थ्य शिविर चलाउन हिँडेका डा. केसीले जिल्लाका कुनैपनि व्यक्ति तथा स्वास्थ्य सस्थासँग सम्पर्क गर्नुभएन ।

    एक्कासी जिल्ला आउनु भएका उहाँले बुधवार विहान लिबाङस्थित केहि स्वास्थ्यकर्मीहरुसँग सल्लाह गरी सुलिचौरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निधो गर्नुभयो । दुईवटा झोला र २/३ कार्टुन औषधि साथमा लिएर उहाँ विहानै सुलिचौरका लागि गाडी चढ्नुभयो ।

    सुलिचौर पुगेपछि उहाँ सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर डा. मिलन बज्राचार्यसँग भेट गर्नुभयो । डा. बज्राचार्यसँग भेटेर आफ्नो परिचयसहित आफ्नो कामका बारेमा बताउनुभयो । डा. बज्राचार्यले पनि सहयोग गर्ने बताएपछि उहाँ खाना खान निस्कनुभयो ।

    डा. बज्राचार्य आफूसँगै खान अनुरोध गरेपनि डा. केसीले नमानेर बाहिर होटलमा खानुभएको थियो । सुलिचौरमा स्वास्थ्य शिविर सुरु गर्ने भनेपछि सुलिचौरका रेडक्रस तथा सरोकारवालाहरुले पूर्वजानकारी नभएको भन्दै सुरुमा बेवास्ता गरेपनि पछि भने सहयोग गरेका थिए । शिविर बिहिवार बेलुकीसम्म चल्ने बताइएको छ । पूर्वजानकारी नभएकाले शिविरको पहिलो दिन धेरै बिरामी नआएपनि बिहीबार भने भिड लाग्ने अनुमान गरिएको छ ।

    सरकारले आफ्नो माग सम्बोधनको लागि चासो नदेखाएको भन्दै उहाँले सरकारको विश्वास नभएको बताउनुभयो । अहिले देशको स्वास्थ्य माफिया र दलालहरुले चलाएको उहाँको भनाई छ ।

    चिकित्सा शिक्षा नीति अलपत्र पारेको र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै सरकारलाई नवौं सत्याग्रहको अल्टिमेटम दिएका डा. केसीले आफ्नो माग पूरा नभए रोल्पाबाट फर्के लगत्तै पुनः अनसन सुरु गर्ने बताउनुभएको छ ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.