×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भ्रमणमा निस्कनुअघि प्रधानमन्त्रीले ढुक्क भएर भने – भारत उदार हुन्छ

  •  
  • बिहिबार, भदौ ३०, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं, भदौ ३० – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालसँग सम्बन्ध सुमधुर बनाउने विषयमा भारत गम्भीर रहेको बताउनुभएको छ । भारत भ्रमणमा जानु अघिल्लो साँझ केही रेडियो र टेलिभिजनका सम्पादकसँग बालुवाटारमा भएको छलफलमा उहाँले यसपटक भारत अलि उदार भएरै प्रस्तुत हुने संकेत पाएको बताउनुभयो । झण्डै आधाघण्टा भएको छलफलमा प्रधानमन्त्रीले ढुक्क भएर भन्नुभयो–‘भारतले विगतको वर्षको अनुभवबाट पाठ सिकेर नेपालसँग सम्बन्ध बढाउनुपर्छ भन्नेमा पुगेको मैले पाएको छु ।’ उच्च अदालत गठनसँगै संघीयता कार्यान्वयनको महत्वपूर्ण चरण सुरु भएको पनि उहाँले बताउनुभयो ।

    प्रधानमन्त्रीको भनाईका सम्पादित अंश :

    संविधान कार्यान्वयन हुन थाल्यो
    उच्च अदालत गठन प्रक्रियासँगै संघीयता कार्यान्वयनको प्रष्ट मार्ग चित्र देखायो । किनभने पहिले संविधानले एकवर्षभित्र गर्ने भन्ने कुरा थियो । ऐन नै नबन्ने हो कि भन्ने आशंका थियो । युद्धस्तरमा काम गरेर ऐन पनि पास गरियो र क्याबिनेटबाट डिसिजन पनि गरियो ।

    सात प्रदेशमा उच्च अदालत कहाँ कहाँ रहने भन्ने पनि निर्णय गरियो । यो निर्णय आफैंमा संविधान कार्यान्वयनको दृष्टिकोणले महत्वपूर्ण हो । यसमा खुशीको कुरा सबैको सहमति भयो । यसरी हेर्दा राष्ट्यि सहमतिका साथ संविधान कार्यान्वयनको प्रक्रिया सुरु भयो भन्दा हुन्छ ।

    सम्बन्धलाई विश्वासको धरातलमा ल्याउने प्रयास हुन्छ

    भ्रमणको सम्बन्धमा धेरै कुरा बाहिर आइसकेका छन् । मैले धेरैको सुझाव लिइसकेको छु । मुख्य कुरा के हो गएको वर्षदेखि दुई देशबीचको सम्बन्धमा तीतो पीरो या चिसो सम्बन्ध देखियो यसबाट विस्तारै सहज त हुँदै गएको छ, तर विश्वासको धरातल बनिनसकेको अवस्थामा मेरो भ्रमण हुँदैछ ।

    मेरो मुख्य उदेश्य चाहिँ विश्वासको नयाँ धरातल बनाउने नै हुनेछ । धेरै एजेण्डा लिएर भन्दा पनि दुई देशको सम्बन्धलाई कसरी विश्वासको धरातलमा ल्याउन सकिन्छ भन्ने कुरामा नै केन्द्रित हुनेछ ।

    साथै राष्ट्रिय हितमा पहिले भएका सहमति र समझदारीलाई कार्यान्वयनको दिशामा तीव्रता दिने अर्को एजेण्डा पनि हुनेछ । जस्तै हुलाकी मार्ग, पुनर्निर्माणको लागि भारतले दिने सहयोग सहज ढंगले नेपालले खर्च गर्ने कुरा लगायत विषयमा छलफल हुनेछ ।

    टर्निङ पोइन्ट हुन सक्छ

    समग्रमा भन्दा यो भ्रमणलाई गुडवील भिजिट नै भन्दा हुन्छ । मलाई जहाँसम्म लाग्छ, योपटक विगतको अनुभवमा शिक्षा लिने कुरामा भारतीय पक्ष पनि गम्भीर भएको आभास म पाउँछु । गत सालको जस्तो स्थिति नदोहोरियोस् भन्ने सुनिश्चितता गर्नेतिर पनि जान्छ भन्ने लाग्छ ।

    साथसाथै संविधान घोषणा गरेर यहाँसम्म आइपुग्दा भारतले सकारात्मक भनेको छ, तर स्वागत भनेको छैन । यस विषयमा पनि छलफल गरेर सकारात्मक वातावरण बनाउनेतिर जान्छ भन्ने लाग्छ ।

    मलाई के विश्वास छ भने पहिलेको अनुभवबाट सबैले शिक्षा लिएको हुनुपर्छ । यस्तो अवस्थामा हुन लागेको मेरो भ्रमण ठूलो टर्निंङ प्वाईन्ट पनि हुन सक्छ । म यो विश्वासको साथ भारत जाँदैछु ।

    भारतलाई खुला र उदार देखेको छु

    अहिले भारतले अलि खुला दिलले र उदार मनले नै नेपाललाई हेरेको जस्तो देखिन्छ । जसरी नरेन्द्र मोदी जी पहिलोपटक नेपाल आउँदा संसदमा गरेको स्पिरिटमा अभिव्यक्ति आएको थियो, त्यही स्पिरिटमा नेपाललाई सहयोग गर्ने ढंगले भारत आउँछ भन्ने मैले विश्वास लिएको छु । त्यही विश्वासका साथ म जाँदैछु । अब के हुन्छ भन्ने कुरा त देखिहाल्छ । तर संकेतहरु चाहिँ सकारात्मक देखेकु छु मैले ।

    स्वभाविक रुपमा नेपालका प्रधानमन्त्रीहरु भारत जाँदा नेपालीको मनमा तरंग, एकखालको सन्त्रास, अलि अलि भय, अलिअलि आशा यस्तो अलि बढि नै हुने गरेको छ । यसका पछाडि केही ऐतिहासिक कारणहरु छन् ।

    पहिले भएका सहमति सम्झौता तीव्र रुपमा कार्यान्वय गर्ने बित्तिकै विश्वासको वातावरण बन्छ । जति अहिले गृहकार्य भैरहेका छन्, मैले त्यो आभास पाइसकेको छु । विश्वासको वातावरण बनेको र दुवै पक्ष उत्साहित भएको मैले पाएको छु । र मैले के पाएको छु भने यसपटक भारत अलि उदारतापूर्वक नै आउनेमा म विश्वस्त छ ।

    संविधान संशोधनबारे कुरा हुँदैन

    संविधान संशोधनको कुरा नमिलेको होइन, नभ्याएर हो । हिजोका अडानबाट लचक हुँदै सहमति खोज्नेतर्फ सबै पार्टी अगाडि बढेको स्थिति छ । मोर्चाका नेताहरुले हतार गरेर दर्ता गर्नुभन्दा विस्तारै छलफल गरेर सहमति गर्नुपर्छ भन्नुभयो । त्यसो हुनाले विवाद नहुनेगरी हल गर्ने प्रयास हुनेछ ।

    संविधान संशोधनको विषय भारतसँग जोडिरहनुपर्ने विषय होइन, नेपालको आन्तरिक कुरा हो । भारत जानुभन्दा अघि गर्ने कुरा मात्र भएको हो । छिटो गर्नुपर्छ भनेको हो । तर साथीहरुले परिपक्व हुनेगरी गर्ने भएपछि समस्या समाधानमा सबै गम्भीर भएको पाएको छु ।

    यस विषयमा भारतसँग कुनै कुरा हुँदैन । तर सबैको सदिक्षा र सहयोग होस् भन्ने चाहना चाहिँ राख्छौं । भारतको पनि चीनको पनि ।

    मलाई डिटेलमा भन्न लगाउनुहोस् । विगतमा धेरै बोलेर बिग्रेको छ भनेको छु मैले । यति बुझ्दा हुन्छ, यसपटक नेपाल राष्ट्र र नेपालीको पक्षमा मात्र काम हुन्छ । पुराना कार्यान्वयनबाट नै विश्वासको वातावरण बन्छ । नयाँको पहिचान गर्नेसम्मको कुरा हुन सक्छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.