×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

भारत भ्रमणमा प्रधानमन्त्रीले आधा दर्जन समझदारीमा हस्ताक्षर गर्ने

  •  
  • बिहिबार, भदौ ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भारत भ्रमणबारे बुधबार संसद बैठकमा जानकारी गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ।
    सन्तोष घिमिरे
    नयाँदिल्ली: प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबार सुरु हुने भारत भ्रमणका क्रममा आधा दर्जन दुईदेशीय सहमति र समझदारीपत्रहरूमा हस्ताक्षर हुने भएको छ ।
    प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा हुने द्विपक्षीय भेटवार्तापछि नेपाल र भारतीक्ष उच्च अधिकारीले ती सहमति र समझदारीपत्रमा हस्ताक्षर गर्नेछन् ।
    कूटनीतिक स्रोतका अनुसार दाहालको भ्रमणमा नेपाल—भारत मुजफ्फरपुर ढल्केबर प्रसारण लाइनबाट आयात—निर्यात हुने विद्युत्का लागि भारतले हेटौंडामा विद्युत् प्रसारण सबस्टेसनमा ऋण सहयोग उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।
    नेपालको भूकम्पपछिको पुनर्निर्माणमा भारतले सात सय ५० मिलियन अमेरिकी डलर सहुलियत पूर्ण ऋण सहयोग उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा भ्रमणमा हस्ताक्षर हुने भएको छ । भारतले नेपालको हुलाकी राजमार्गको पहिलो चरण निर्माणका लागि परामर्शदाता उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा पनि भ्रमणमा हस्ताक्षर हुनेछ । त्यस्तै प्रधानमन्त्री दाहालको जन्मस्थल कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निक इन्स्टिच्युटको निर्माण सम्बन्धी बेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।
    रेडियो नेपाल र अल इन्डिया रेडियोबीच सहकार्यका लागि अर्को एक समझदारीपत्रमा हस्ताक्षर हुने भनिए पनि त्यसबारे सहमति हुन नसकेको स्रोतले जनाएको छ ।
    संयुक्त वक्तव्य यस्त
    प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा मोदी र उनको संयुक्त वक्तव्य आउने भएको छ । संयुक्त विषयमा यी विषय समेटिनेछन्ः
    १. पञ्चेश्वर परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लाई चाँडै अन्तिम रूप दिनेबारे दुई देशबीचको संयुक्त वक्तव्यमा उल्लेख हुने भएको छ । उक्त परियोजना कार्यान्वयनमा ल्याउन दुवै देशले द्रुत गतिमा काम अघि बढाउन सैद्धान्तिक सहमत भएको संयुक्त वक्तव्यमा लेखिनेछ । यसअघि पञ्चेश्वर परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन भारतले तयार गरेर नेपाललाई बुझाएको थियो । तर उक्त प्रतिवेदनमा नेपाल सहमत हुन सकेको छैन । अन्य विवादसहित मूलतः महाकाली नदीको पानी बाँडफाँटबारे नेपाल र भारतबीच विवाद छ । त्यसकारण डीपीआर टुंगिन सकेको छैन ।
    २. दाहालको भ्रमणका क्रममा जारी हुने दुईदेशीय संयुक्त वक्तव्यमा नेपालको नयाँ संविधानबारे केही पनि उल्लेख नहुने कूटनीतिक स्रोतले बतायो ।
    पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतले नेपालको संविधान स्वागत भएको वाक्यांश राख्न अस्वीकार गरेको थियो । उसले नेपालले समयबद्ध रूपमा मधेसीका माग सम्बोधन भएको वाक्यांश राख्न नेपाललाई दबाब दिएको थियो । जसका कारण ओलीको भ्रमणमा संयुक्त वक्तव्य नै जारी हुन सकेन । यसपटक संयुक्त वक्तव्य जारी गर्ने तर नेपालको नयाँ संविधानबारे केही उल्लेख नगर्नेमा दुवै पक्ष सहमत भएका छन् ।
    ३. हुलाकी राजमार्ग निर्माणको दोस्रो चरणलाई चाँडै अघि बढाउने विषयलाई पनि संयुक्त वक्तव्यमा उल्लेख गरिने भएको छ ।
    ४. नेपाल भारत प्रबुद्ध समूहले सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित अन्य सन्धिसम्झौताबारे अध्ययन गरिरहेको विषय पनि संयुक्त वक्तव्यमा समेटिने भएको छ ।
    ५. नेपाल र भारतबीचको विदेशमन्त्रीस्तरीय संयुक्त आयोग बैठक चाँडै बस्ने विषय पनि वक्तव्यमा उल्लेख हुनेछ । त्यस्तै कालापानी, सुस्तालगायतका विवादित सीमाक्षेत्रका विषयमा वक्तव्यमा केही उल्लेख नहुने भएको छ । तर वक्तव्यमा हाल दुईदेशीय सीमा कार्यदलले गरिरहेका कामबारे सन्तुष्टि व्यक्त गरिने भएको छ ।
    ६. नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण आदानप्रदान बढाउने विषयलाई पनि संयुक्त वक्तव्यमा राखिनेछ ।
    ७. नेपाल र भारतबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा हस्ताक्षर भएको ऊर्जा व्यापार सम्झौताको कार्यान्वयन अघि बढाउन दुवै देश सहमत रहेको धारणा संयुक्त वक्तव्यमा आउनेछ । त्यस्तै भारतीय लगानीमा बन्ने माथिल्लो कर्णाली जलविद्युत् परियोजना, अरुण तेस्रो परियोजनाबारे समेत वक्तव्यमा उल्लेख हुनेछ ।
    ८. नेपाल र भारतबीच सडक, अन्तरदेशीय रेल र हवाई सम्पर्क अझै बढाउने विषयलाई संयुक्त वक्तव्यले समेट्नेछ ।
    सुपुर्दगी सन्धि उल्लेख गर्न नेपाल मानेन
    भारतीय पक्षले सुपुर्दगी सन्धि र त्यससँगै जोडिएर आउने पारस्परिक सहायता सम्झौता (एमएलए) मा चाँडै हस्ताक्षर गर्न नेपाल तयार रहेको भन्ने वाक्यांश राख्न दबाब दिएको भए पनि नेपालले नमानेको कूटनीतिक स्रोतले बतायो ।
    प्रधानमन्त्री दाहालले सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्न तत्काल सम्भव नरहेको भन्दै त्यसलाई संयुक्त वक्तव्यमा नराख्न परराष्ट्रमन्त्रीलाई निर्देशन दिएका थिए ।
    ‘सुपुर्दगी सन्धि र एमएलएलाई चाँडै टुंग्याउन नेपाल तयार रहेको भन्ने भाषा संयुक्त वक्तव्यमा राख्न नसकिने जबाफ भारतीय विदेश मन्त्रालयलाई हामीले दिइसकेका छौं’, एक उच्च सरकारी अधिकारीले अन्नपूर्णसँग भने ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.