×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

संघीयताको कार्यान्वयन सुरु, सातवटै उच्च अदालतको मुकाम तोकिए

  •  
  • बिहिबार, भदौ ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र २९, २०७३- सरकारले सातवटै प्रदेशमा उच्च अदालत गठन गरी त्यसको मुकाम तोकेको छ । उच्च अदालत गठनसँगै मुलुकमा औपचारिक रूपमा संघीयताको कार्यान्वयन सुरु भएको छ ।

    मन्त्रिपरिषदको बुधबार बसेको बैठकले हालै संशोधित एवं एकीकृत न्याय प्रशासन, न्याय परिषद, न्याय सेवा र सर्वोच्च अदालत ऐनबमोजिम सातवटा उच्च अदालत गठन गरी तिनका कार्यालय रहने मुकाम तोकेको हो ।
    राजपत्रमा मन्त्रिपरिषदको निर्णय प्रकाशन भएपछि न्याय परिषदले बैठक बसेर उच्च अदालतमा मुख्य न्यायाधीश र न्यायाधीश तोक्नेछ ।

    मुकाम तोकिएका ७ वटै ठाउँमा असोज २ देखि उच्च अदालतको बोर्ड राखी काम सुरु हुनेछ ।

    सरकारले १ नं. प्रदेशको विराटनगर, २ नं. प्रदेशको जनकपुर, ३ नं. प्रदेशको पाटन, ४ नं. प्रदेशको पोखरा, ५ नं. प्रदेशको तुलसीपुर, ६ नं. प्रदेशको सुर्खेत र ७ नं. प्रदेशको दिपायलमा उच्च अदालत राख्ने निर्णय गरेको जानकारी रक्षामन्त्री बालकृष्ण खाँडले जानकारी दिए । यी सातै ठाउँमा यसअघि पुनरावदेन अदालत थिए ।

    मन्त्रिपरिषदले यसअघि पुनरावेदन अदालतका रहेका बाँकी ९ ठाउँलाई भने प्रदेश उच्च अदालत मातहतको इजलास तोकेको छ । तिनले उच्च अदालतको इजलासका रूपमा कार्य गर्नेछन् ।  थप दुई ठाउँ ओखलढुंगा र वीरगन्जमा समेत सरकारले उच्च अदालतको इजलास तोकेको छ । उच्च अदालतको इजलासलाई समेत प्रदेशअनुरूप विस्तार गरिएको हो । त्यसअनुसार प्रदेश १ मा विराटनगर, इलाम, धनकुटा र ओखलढुंगा, प्रदेश नं २ मा राजविराज, जनकपुर र वीरगन्ज, प्रदेश नं ३ मा हेटौंडा र पाटन, प्रदेश नं ४ मा पोखरा र बाग्लुङ, प्रदेश नं ५ मा बुटवल तुलसीपुर र नेपालगन्ज, प्रदेश नं ६ मा जुम्ला र सुर्खेत तथा प्रदेश नं ७ मा महेन्द्रनगर र दिपायलमा उच्च अदालतका इजलास रहनेछन् ।

    मन्त्री खाँडका अनुसार मन्त्रिपरिषदले सातवटै प्रदेशसभाको चुनाव भई त्यसले प्रान्तीय संसदले तोक्ने राजधानीमा उच्च अदालत रहने गरी हाललाई अस्थायी मुकाममात्र तोकिएको हो ।

    १ नं. को विराटनगरले मोरङ, उदयपुर, सुनसरी र झापाका मुद्दा हेर्नेछ भने त्यसका इलाम इजलासले इलाम, पाँचथर, ताप्लेजुङ हर्नेछ भने धनकुटा इजलासले धनुकुटा, भोजपुर, तेह्रथुम, र संखुवासभा मुद्दा हेर्नेछ । ओखलढुंगा इजलासले ओखलढुंगा, खोटाङ र सोलुखुम्बु हेर्नेछ ।

    २ नं. को जनकपुर उच्च अदालतले धनुषा, महोत्तरी र सर्लाहीका मुद्दा हेर्नेछ । जनकपुर उच्च अदालत मातहतको राजविराजमा रहने इजलासले सप्तरी र सिराहा तथा वीरगन्ज इजलासले पर्सा, बारा र रौतहटका मुद्दा हेर्नेछ ।

    ३ नं. को पाटन उच्च अदालतले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, दोलखा र रामेछापका मुद्दा हेर्नेछ । त्यसको इजलासका रूपमा रहने हेटौंडाले मकवानपुर, चितवन र सिन्धुलीका मुद्दा हेर्नेछ ।
    ४ नं. को पोखरा उच्च अदालतले कास्की, तनहुँ, लमजुङ, मनाङ, गोरखा, स्याङ्जा तथा त्यसका इजलासका रूपमा रहने बाग्लुङ इजलासले मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका मुद्दा हेर्नेछ ।

    ५ नं. को तुलसीपुरले दाङ, रुकुम, रोल्पा, प्युठान, त्योअन्तर्गत रहने बुटवल इजलासले रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका मुद्दा हेर्नेछ । तुलसीपुर उच्च अदालतको अर्को नेपालगन्ज इजलासले बाँके र बर्दिया हेर्नेछ ।

    ६ नं. प्रदेशको सुर्खेत उच्च अदालतले सुर्खेत, सल्यान, जाजरकोट, दैलेख तथा त्यसको जुम्ला इजलासले जुम्ला, कालीकोट, डोल्पा, मुगु, हुम्लाका मुद्दा हेर्नेछ ।
    ७ नं. प्रदेशको दिपायल इजलासले बाजुरा, बझाङ, डोटी अछाम, दार्चुला, बैतडी, डँडेल्धुरा र त्यस मातहतको महेन्द्रनगर इजलासले कञ्चनपुर र कैलाली हेर्नेछ ।

    हाल विद्यमान १६ वटा पुनरावेदनमध्ये ९ वटामा उच्च अदालतको मुकाम तोकिएको छ भने बाँकीलाई उच्च अदालतको इजलास तोकिएको हो भने थप दुई ठाउँमा उच्च अदालतको इजलास खोलिएको हो ।

    न्याय परिषदका प्रवक्ता देवेन्द्रराज ढकालका अनुसार, प्रदेश उच्च अदालत मातहत अर्को इजलाश र अस्थायी इजलाश रहनेछन् । प्रदेशमा रहेका अरु पुनरावेदन अदालतलाई इजलास तोकिएको हो ।

    उच्च अदालत घोषणापछि अब बस्ने न्यायपरिषद बैठकले उच्च अदालतका मुख्य न्यायाधिश र न्यायाधिशहरुको नियुक्ती गर्नेछ । दुईवटा प्रदेशमा परेका रुकुमका मुद्दा तुलसीपुर उच्च अदालत र नवलपरासीका मुद्दा बुटबल उच्च अदालतले नवलपरासी जिल्ला अदालत हेर्नेछ ।

    कतिपय जिल्ला एउटा अदालतको कार्यक्षेत्रबाट अर्को अदालतमा परेकाले तिनको कागजात र मिसिल सार्ने निर्णयसमेत मन्त्रिपरिषदले गरेको छ । आधाभन्दा बढी उच्च अदालतमा मिसिल आदानप्रदान गर्नुपर्ने हुन्छ । सरकारले तत्काल मीसिल व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

    उच्च अदालतहरुमा मुद्दाको चाप, कामको बोझका आधारमा कर्मचारीहरुको दरबन्दी पुनरावलोकन हुने भएको छ । साथै पुनरावेदन अदालतमा कार्यरत न्यायाधिहरुलाई प्रदेश उच्च अदालतमा समायोजन गरिने प्रवक्ता ढकालले बताए । हालका पुनरावेदन अदालतकै सरहको क्षेत्राधिकार बाहेक प्रदेश उच्च अदालतहरुलाई विभिन्न प्रकारका रिट जारी गर्ने अधिकार पनि हुनेछ ।

    उच्च अदालतले मौलिक हकको कार्यान्वयन, कानुनी हकको प्रचलन, सार्वजनिक सारोकारको विषय र विवाद निरुपणका लागि आदेश जारी गर्ने अधिकार हुनेछ । बन्दीप्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकापृच्छा लगायतका आदेश जारी गर्ने असाधारण अधिकारक्षेत्र पनि प्रदेश अदालतको कार्यक्षेत्रमा परेको छ ।

    उच्च अदालतले प्रदेश कानून सम्बन्धी प्रश्न समावेश मुद्दा जिल्ला अदालतबाट झिकाएर निर्णय गर्न पनि पाउनेछ । हरेक प्रदेशको उच्च अदालतमा पनि विशिष्ट श्रेणीकै रजिष्ट्रारको पद सिर्जना हुनेछन् । प्रदेश उच्च अदालत गठनसागै १६ क्षेत्रमा रहेका पुनरावेदन सरकारी वकिलका कार्यालयको औचित्य समेत समाप्त हुनेछ ।

    सर्वोच्चले ऐनले तोकेको क्षेत्राधिकार, मुद्दाको चाप, कार्यबोझ लगायतका आधारमा जनशक्तिको समायोजन र व्यवस्थापनको गृहकार्य थालेको छ । जिल्ला अदालतले स्थानीय तहका न्यायिक निकाय, अर्धन्यायिक निकाय वा सरकारी अधिकारीहरुको शुरु निर्णय वा अन्तिम आदेशको पुनरावलोकन गर्नेछ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.