×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

‘विश्वासको वातावरण, रोकिएका परियोजना र विगतको सम्बन्धबारे समीक्षा हुनुपर्छ’

  •  
  • बुधबार, भदौ २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दाहालको भ्रमणबारे भारतीय नेता तथा विज्ञको सुझाव

    भाद्र २९, २०७३- भोलि (बिहीबार) बाट हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण दुई पक्षीय सम्बन्ध सुधार, आपसी विश्वासको वातावरण तयार, विगतको समीक्षा र रोकिएका विकासका परियोजनाहरुलाई अगाडि बढाउने विषयमा केन्द्रित हुनुपर्ने सुझाव भारतीय नेता, विज्ञ तथा कुटनीतिज्ञहरुले दिएका छन् ।

    नेपालले संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दीले दुई देशको सम्बन्ध असहज बनेको अवस्थामा दाहालको भ्रमणले दुईपक्षीय सम्बन्धलाई सामान्यीकरण गर्ने विश्वास समेत उनीहरुको छ ।

    नेपाल र भारतका सन्धि तथा सम्झौताहरुको पुनरावलोकनको लागि बनेको प्रबुद्ध समूहका भारतका सदस्य बिसी उप्रेतीले भ्रमणको क्रममा नेपाल र भारतका दुवै राजनीतिक नेतृत्वले विगतमा दुई देशबीच किन असमझदारी कायम भयो त्यसको समीक्षा गर्नुपर्ने बताए ।

    ‘अघिल्लो वर्ष मधेस तथा नाकामा देखापरेको समस्या के कारणले भयो, कहाँ गल्ती भयो त्यसलाई समीक्षा गर्नुपर्छ । अब आगामी दिनमा त्यस्तो असमझदारी उत्पन्न नहुनेगरी अगाडि बढ्ने वातारण तयार पार्नुपर्छ,’ उनले भने । उनले विगतमा देखापरेको गल्तीको समीक्षा गदै त्यसलाई दुवै पक्षले करेक्सन गरेर अगाडि बढाउने अवसर  भएको बताए ।

    उप्रतीले विकासका परियोजनालाई अगाडि बढाउने विषयमा ध्यान दिनुपर्ने बताए । ‘कतिपय विकासका परियोजनाहरुमा चाहेजति प्रगति भएको छैन । यसलाई भारत सरकारले गम्भीर रुपमा लिनुपर्छ, ‘ उनले भने । उनले नेपालको अर्थतन्त्र र विकासलाई माथि उठाउनको लागि भारत सरकारले अझ बढी सहयोग गर्नुपर्ने समेत बताए ।

    नेसनलस्टि कांग्रेसका महासचिव तथा राज्य सभा सांसद डिपी त्रिपाठीले भ्रमणको मुख्य उद्देश्य नै विश्वासको वातारण तयार गर्ने हुनुपर्ने बताए । उनले कुनै परियोजनाहरुमा हस्ताक्षर गर्ने भन्दा पनि विश्वासको वातारणमा नै केन्द्रित हुनुपर्ने बताए । ‘त्यसैगरी भारतले रोकिएका परियोजनाहरुलाई अगाडि बढाउनुपर्छ जसले दुई देशबीच विश्वासको वातावरण बनाउन सहयोग गर्छ,’ त्रिपाठीले भने । दाहाल बिहिबार आएपछि सबैभन्दा पहिला त्रिपाठीलाई नै भेट्दैछन् ।

    भ्रमणको समयमा उच्च राजनीतिक स्तरमा एउटा सहमति कायम गरेर दुईपक्षीय विषयहरुलाई विभिन्न संयन्त्रहरु मार्फत टुंगो लगाउने समझदारी दुई पक्षबीच बनेको छ । यस अगाडि नै परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतीय सुष्मा स्वराजबीच प्रधानमन्त्रीको भ्रमण लगत्तै संयुक्त कमिसनको बैठक आयोजना गरेर पेन्डिङमा रहेका परियोजना अगाडि बढाउने सहमति भएको छ । विशेषत पञ्चेश्वर परियोजना र हुलाकी राजमार्गको विषयलाई अगाडि बढाउने विषयलाई नेपाली पक्षले उठाउने छ ।

    ‘दुई देशबीचमा रहेका केही महत्वपूर्ण विषयमा भ्रमणको समयमा राजनीतिक तहमा कुराकानी भई त्यसलाई अगाडि बढाउन निर्देश हुने छ र विभिन्न संयन्त्रणका बैठकहरुले त्यलाई टुंगो लगाउने छन्,’ एक भारतीय अधिकारीले कान्तिपुरसँग भने ।

    समाजवादी नेता सुधिन्द्र भदौयिाले मुख्यत दाहालको भ्रमणले दुई देशको सम्बन्धलाई सुमधुर बनाउने धारणा व्यक्त गरे । उनले दाहालले आन्तरिक रुपमा रहेका असन्तुष्टिलाई सम्बोधन गर्दै संविधानलाई अझ समावेशी बनाउने अपेक्षा आफूहरुको रहेको बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.