×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

विद्युत प्राधिकरण र बुढीगण्डकीमा नियुक्तिकालागि दौडधुप सुरु

  •  
  • बुधबार, भदौ २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहनराज पन्त (बायाँ) र डिल्लीराम भट्ट

    २९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक र बुढीगण्डकी जलविद्युत आयोजनाको प्रमुख बनाइदिन भन्दै आकांक्षीहरु शक्ति केन्द्र धाउन थालेका छन् ।

    यसरी शक्ति केन्द्र धाउनेहरुमा माओवादी केन्द्र निकटका इञ्जिनियरहरु रहेका छन् । उल्लेखित लाभका पदमा आफू पुग्नसके पुरापुर सहयोग गर्ने आश्वासनसहित उनीहरुले सत्तारुढ दलका नेता, मन्त्री हुँदै प्रधानमन्त्रीलाई समेत भेटिरहेका छन् ।

    शक्तिकेन्द्र धाउनेहरुमध्ये इञ्जिनियर डिल्लीराम भट्ट पनि एक हुन् । गोरखा जिल्लाका भट्ट अहिले बुढीगण्डकी हाइड्रोको इन्जिनियर छन् । आफू बुढीगण्डकी आयोजनाको प्रभावित र स्थानीय पनि भएकाले आयोजना प्रमुखमा उनको दावी छ ।

    यसअघि उनले स्थानीय विकास मन्त्रालय अन्तर्गतको प्रोजेक्ट डोलिडारमा करार इन्जिनियरका रुपमा काम गरेका थिए । बुढीगण्डकीको प्रमुख बनाइदिन भन्दै भट्टले माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल मार्फत लविङ गरिरहेको स्रोतको दावी छ ।

    अनलाइनखबरसँग कुरा गर्दै भट्टले भने, ‘प्रधानमन्त्रीज्यूसँग भेटिसकेको त छैन तर उहाँहरुसँग राम्रो सम्वन्ध भएकाले भेट्न बोलाइरहनु भएको छ ।’

    उनले अघि भने, ‘मेरो सम्भावना पनि छ ।’

    भट्टसँगै बुढीगण्डकी आयोजना प्रमुख बन्ने दौडमा धादिङका रामलाल तुलाधर पनि छन् । उनी अहिले विद्युत प्राधिकरणको बोर्ड सदस्य छन् ।

    यस्तै गोरखा नाम्जुङका रामेश्वर लामिछाने पनि बुढीगण्डकी आयोजनाको प्रमुख बन्ने दौडमा छन् ।

    विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा को ?

    यस्तै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मुकेशराज काफ्लेले राजीनामा दिएपछि उक्त पदमा पुग्न पनि माओवादी केन्द्र निकटका इञ्जिनियरबीच प्रतिस्पर्धा चलेको छ ।

    विद्युत प्राधिकरणका प्रमुख मुकेशराज काफ्लेले हालै पदबाट राजीनामा दिएका छन् र सो पद अहिले रिक्त छ ।

    जसरी पनि मलाई त्यो पदमा नियुक्त गरिदिनु पर्‍यो भन्दै पिपुल्स हाइड्रोमा प्लानर (योजनाकार) पदमा कार्यरत मोहनराज पन्त लागिपरेका छन् । बाग्लुङका पन्तले प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई छुट्टा-छुट्टै भेटेर लविङ गरिरहेको स्रोतको दावी छ ।

    पन्तसँगै रामलाल तुलाधर र रामेश्वर लामिछाने पनि उक्त पदका लागि आकांक्षीका रुपमा देखिएका छन् । तुलाधर र लामिछाने सकेसम्म विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्ने दाउँमा छन् । त्यो नपाए बुढीगण्डकी आयोजनाको प्रमुख बनाउनुपर्ने भन्दै शक्ति केन्द्र धाइरहेका छन् ।

    ‘कोही-कोही त इच्छाएको पदमा पुग्न बि्रफकेस नै बोकेर नेताहरुको दैलो चहार्दै हिँडिरहेका छन्,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.