×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

बसका सहचालकले फिर्ता गरे भेटेको १० तोला सुन

  •  
  • मङ्गलबार, भदौ २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २८ भदौ, पोखरा। स्याङजा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका छन् ।

     भदौ २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कंदै गरेकी अधिकारीले गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुनसहितको झोला छाडेकी थिइन् ।

    तीजमा माइत जाँदा लगाएको सुन घर फर्किने क्रममा बाटोमा लगाउँदा असुरक्षित हुन्छ भन्ने सोचेर सुरक्षाका लागि झोलामा राखिएकोमा झोला बसमा छोडिएपछि उनकाे परिवार चिन्तामा परेको थियो ।

    अधिकारी परिवारले सुनको माया मारिसके पनि बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले बस सफा गर्ने क्रममा झोला फेला पारेपछि पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कार्यालयमा पुगेर आफूले फेला पारेको झोला बुझाएका थिए ।

    झोला हराएपछि अधिकारी परिवारको पहिलो सम्पर्क एउटा बसका चालक थलबहादुर बरुवालसँग भयो । बरुवालले अधिकारी परिवारको गुनासो समितिमा सुनाउँदा सहचालक क्षेत्रीले झोला समितिमा बुझाइसकेका थिए ।

    समितिका कर्मचारीले अधिकारी परिवारलाई झोला सुरक्षित रहेको जानकारी गराउँदै लिन आउन सूचना गरेपछि आएका अधिकारी परिवारलाई समितिले एक कार्यक्रमबीच सोमबार १० तोला सुनसहितको झोला हस्तान्तरण गरेको हो ।

    उक्त कार्यक्रममा सहचालक क्षेत्रीलाई नगदसहित सम्मान गरियो । “म श्रम गरेर खान्छु, बेइमानी कहिल्यै पनि गर्दिन,” सामान बुझाउने क्रममा भावुक हुँदै सहचालक क्षेत्रीले भने , “फेला परेको सामान बुझाउन पाउँदा म निकै खुसी छु ।”

    “बसका कर्मचारी इमान्दार हुन्छन् भन्ने प्रमाण चन्द्रले प्रमाणित गरेका,” पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख वसन्त बास्कोटाले भने , “उहाँबाट धेरैले पाठ सिक्नुपर्छ ।” हराएको सम्पत्ति पाउँदा निकै खुसी लागेको स्याङजाबाट सामान बुझ्न आएका केशरीका जेठाजु दयाराम पराजुलीले बताए ।

    “हामी निकै खुसी छौँ, बसमा हराएको सामान फेला पर्दैन होला भन्ने लागेको थियो तर फेला प¥यो,” पराजुलीले भन्नुभयो, “चन्द्र भाइ साह्रै इमान्दार कर्मचारी रहेछन् ।”

    सामान फेला पार्ने क्षेत्रीलाई पाँच हजार रुपैयाँ नगद र समितिसम्म सम्पर्क गराइदिने बरुवाललाई तीन हजार रुपैयाँ नगदसहित सामान बुझ्ने क्रममा सम्मान गरिएको थियो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.