×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आईसीयूका ३० प्रतिशत बिरामीको मृत्यु ‘सेप्सिस’ले

  •  
  • मङ्गलबार, भदौ २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र २८, २०७३- मुलुकमा बर्सेनि आईसीयूमा भर्ना भएका ३० प्रतिशत बिरामीको मृत्यु रगतमा फैलिएको संक्रमण ‘सेप्सिस’का कारण हुने गरेको छ । आईसीयूमा आउने कुल बिरामीमध्ये ७० प्रतिशत सेप्सिसका कारण भर्ना हुने गरेका छन् । मुलुकभरका अस्पतालमा आईसीयूको संख्या करिब ७ सय छ ।

    विश्वभर बर्सेनि आईसीयूमा हुने मृत्युको सबैभन्दा ठूलो कारण सेप्सिस हो । मध्यम र कम आय भएका राष्ट्रमा यो समस्या सबैभन्दा बढी देखिएको छ । ‘सेप्सिसले गर्दा आईसीयू भर्ना हुन्छन् भने कतिलाई त यहाँ आएर सेप्सिस विकसित हुन्छ,’ त्रिवि शिक्षण अस्पताल, आईसीयूका क्लिनिकल कोअर्डिनेटर डा.सुवास आचार्य भन्छन् । अझ रगतको संक्रमण भएर यसले अंग विशेषलाई समेत प्रभावित गर्दा हुने स्थिति ‘सेप्टिक शक’ हुँदा मृत्युदर ६० प्रतिशतसम्म छ ।
    ग्लोबल सेप्सिस एलायन्स (जीएसए)का अनुसार बर्सेनि दुई करोड ७० लाख व्यक्तिमा सेप्सिस हुन्छ । यसमध्ये एक करोड ९० लाख बर्सेनि बाँचे पनि उनीहरू जीवनभर कुनै न कुनै किसिमको जटिलता अनुभव गर्दै रहन्छन् । यस्तै ८० लाख जति बर्सेनि मर्ने गर्छन् ।

    यस्तै बर्सेनि करिब ६० लाख पाँच वर्षमुनिका बच्चा वा नवजात शिशुको मृत्यु सेप्सिसले हुन्छ । सेप्सिस मातृमृत्युको एउटा प्रमुख कारण हो । सेप्सिस सामान्य तया ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ । तर भाइरस वा अन्य कारणले समेत हुन सक्ने औंल्याउँदै डा.आचार्य भन्छन्, ‘यसलाई रोक्ने सबैभन्दा राम्रो तरिका छिटो सेप्सिस हुने कारण पत्ता लगाएर एन्टिबायोटिक लगायतका उपचारको माध्यमले रोक्नु हो ।’

    बिरामीलाई सेप्सिस पहिचान भएको एक घण्टाभित्र एन्टिबायोटिक दिँदा मृत्युदरमा १५ देखि २० प्रतिशतसम्म कमी आउने गरेको स्थिति डा.आचार्य औंल्याउँछन् । सेप्सिस भएका बिरामीलाई आईसीयू वा शरीरको क्रियाकलाप अनुगमन गर्ने उपकरण भएको शय्यामा भर्ना गर्नुपर्छ । यसका बिरामीलाई अन्य बिरामीसँग राख्नु हुँदैन भने चिकित्सक वा स्वास्थ्यकर्मीले रोग प्रभावित बिरामीलाई छोएर अन्य विरामीलाई छुँदा हात धुने, पञ्जा फेर्ने लगायतका स्वच्छताको उपाय गर्नुपर्छ ।

    सेप्सिसमा छिट्टै रोग पहिचान एवं उपचार अत्यावश्यक मानिन्छ । कुन ब्याक्टेरिया वा के कारणले सेप्सिस भएको हो भन्ने पहिचानपछि बोर्ड स्प्रेक्टम एन्टिबायोटिकलगायत अन्य औषधि दिनुपर्छ ।

    के हो सेप्सिस ?
    कुनै पनि प्रकारको संक्रमण हुँदा हाम्रो शरीरभित्रको रोग प्रतिरोधक प्रणालीले रगतमा ‘इन्डोटक्सिन’ जस्ता केही रसायन छोड्न थाल्छ । कतिपय समय सानो बच्चा, रोगी, बूढापाकामा यो प्रणालीले आवश्यकताभन्दा बढी रसायन छोड्न थाल्छ र बिरामी सेप्सिसको सिकार हुन्छ ।

    सेप्सिस भएपछि सास छिटो–छिटो चल्नु, मुटुको धड्कन छिटो हुनु, शरीरको तापक्रम बढी वा कम हुने हुन्छ । यस्तो लक्षण देखिए तुरुन्त बिरामीलाई अस्पताल पुर्‍याउनुपर्छ । सेप्सिसको बिरामीमा मतिभ्रमको स्थितिसमेत देखिन सक्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.