×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

सेना बढुवामा लोकसेवाको कदम ‘संविधान विपरीत’

  •  
  • मङ्गलबार, भदौ २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    गोविन्द परियार/शम्भु कट्टेल
    काठमाडौः नेपाली सेनाका विभिन्न पदको बढुवा समितिमा भौतिक उपस्थितिको प्रावधानसहित लोकसेवा आयोगको ऐन संशोधनका लागि तयार भएको मस्यौदा विधेयक संविधानविपरीत भएको रक्षा मन्त्रालयले ठहर गरेको छ ।
    ‘चेन अफ कमान्ड’ पालना गर्ने र गराउने निकायको आन्तरिक बढुवा समितिमा समेत लोकसेवा आयोगको प्रतिनिधिको उपस्थिति खोज्नु वर्तमान संविधानमा भएको प्रावधानविपरीत रहेको भन्दै त्यसलाई अघि बढाउन नहुने मन्त्रालयको धारणा छ ।
    यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सेनाका सिपाहीदेखि प्रधानसेनापतिसम्मका पदमा आन्तरिक बढुवा गर्दा लोकसेवाको प्रतिनिधि अनिवार्य भएको समिति गठन गर्नुपर्ने प्रावधानसहित ऐन संशोधन प्रस्ताव संसद्मा पेस गरेको थियो ।
    रक्षामन्त्री बालकृष्ण खाँडले संविधानमा स्पष्ट व्यवस्था भएको सेना र सुरक्षा निकायका बढुवा समितिमा लोकसेवा आयोगसँग सामान्य सिद्धान्तको मात्रै परामर्श गर्न सक्ने विषयलाई बेवास्ता गर्दै बढुवा समितिमै उपस्थिति खोज्नु संवैधानिक र व्यवहारिक दुवै रूपमा गलत भएको बताए ।
    ‘सेनाको भर्ना गर्दा लिइने लिखित परीक्षामा लोकसेवा आयोगको सहभागिता हुने प्रावधान छ, त्यो कार्यान्वयन पनि भइरहेको छ’, खाँडले अन्नपूर्णसँग भने, ‘संविधानमा स्पष्ट रूपमा भएको प्रावधानविपरीत सेनाको हरेक तहको बढुवामा लोकसेवा आयोगको प्रतिनिधि सहभागि गराउने भन्ने ऐन संशोधनको प्रस्तावले संविधानको भावनाको उल्लंघन गर्छ र सेनाको चेन अफ कमान्ड पनि खलबल्याउँछ ।’
    लोकसेवा आयोगले व्यवस्थापिका संसद्मा पेस गरेको लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको विधेयक मस्यौदामा सेना लगायत सुरक्षानिकायको हरेक तहको बढुवामा लोकसेवा आयोगको प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ । सेनाले उक्त प्रावधान संवैधानिक, व्यवहारिक र सुरक्षानिकायको चेन अफ कमान्ड विपरीत भएको बताउँदै आएको छ ।
    संविधानको धारा २४३(३)मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य संघीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तको विषयमा लोकसेवा आयोगको परामर्श लिनुपर्ने उल्लेख छ । आयोगले भने उक्त प्रावधानविपरीत बढुवा समितिमै आफ्नो उपस्थिति खोजेर ऐन संशोधनको प्रस्ताव अघि बढाएको हो ।

    सेनाको आन्तरिक बढुवामा लोकसेवा आयोगको प्रतिनिधि सहभागी गराउने प्रावधानसहित ऐन संशोधनका लागि आएको प्रस्ताव संवैधानिक, व्यवहारिक र चेन अफ कमान्ड कुनै पनि हिसाबले उपयुक्त छैन
    बालकृष्ण खाँड, रक्षामन्त्री
    सेनाका विभिन्न पदमा बढुवाका लागि जंगी अड्डामा रथीको संयोजकत्वमा बढुवा समिति गठन हुने र वरिष्ठता र कार्यसम्पादनको आधारमा प्रधानसेनापतिलाई बढुवा सिफारिस गर्ने उल्लेख छ । यसरी बढुवा सिफारिस भएको प्रमुख सेनानीभन्दा माथिका पदमा प्रधानसेनापतिले रक्षामन्त्रालय हुँदै मनित्रपरिषद्बाट निर्णय गर्ने सैनिक ऐनमा व्यवस्था छ ।
    रक्षामन्त्री खाँडले कतिपय सेना र सुरक्षानिकायको फिल्डमै बढुवा गर्नुपर्ने जस्ता कारणले गर्दा पनि लोकसेवा आयोगको भौतिक उपस्थिति व्यवहारिक रूपमा पनि उपयुक्त नहुने बताए । ‘कतिपय अवस्थामा सुरक्षानिकायको कार्यक्षेत्रमै बढुवा गर्नुपर्ने हुन्छ’, खाँडले भने, ‘त्यस्तो बेला लोकसेवा आयोगलाई गण गणमा खटाउने ? ‘
    आयोगले विधेयकमा बढुवाका लागि लिइने लिखित परीक्षाको तरिका, परीक्षा दस्तुर, दरखास्त फारमको ढाँचा र परीक्षासम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गरेबमोजिम हुने उल्लेख गरे पनि नेपाली सेनाले ती प्रावधान नेपाली सेनाको हकमा सान्दर्भिक नभएको स्पष्ट पारेको छ ।
    नेपाली सेनाको बढुवा प्रणाली सैनिक सेवा नियमावली २०६९ ले व्यवस्था गरेबमोजिम हुने समेत नेपाली सेनाले स्पष्ट पारी आफ्नो सुझाव आयोगमा बुझाएको स्रोतले बताएको छ ।
    निश्चित समयभित्र नेपाली सेनाको पदपूर्तिका लागि लिइने लिखित परीक्षा र त्यसको परीक्षाफल प्रकाशन नभएमा नेपाली सेनाको नियमित भर्ना प्रक्रिया समेत प्रभावित हुने र त्यसले अप्रेसनल क्षमतामा नकारात्मक असर पर्न सक्ने भएकाले सेनाले आफ्नो भर्ना क्यालेन्डर बमोजिमको समयभित्र लिखित परीक्षाको परीक्षाफल प्रकाशित गर्नुपर्ने स्पष्ट पारेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.