×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

होस गर्नुहोस् है, सांसद पद नै गुम्ला !

  •  
  • सोमबार, भदौ २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र २७, २०७३- सभामुख ओनसरी घर्तीले संसद बैठकमा लामो समय अनुपस्थित रहँदै आएका सांसदहरूलाई पदमुक्त गर्ने चेतावनी दिएकी छन् । विधि निर्माणमा जिम्मेवार बन्नुपर्ने सांसदहरू नै सदनमा गयल र अनुपस्थित हुँदा महत्त्वपूर्ण निर्णय रोकिएको पर्सिपल्ट आइतबारको बैठकमा सभामुख घर्तीले त्यस्तो चेतावनी दिएकी हुन् । सांसदहरू हाजिर गरी गोष्ठीमा गएका कारण संसदको शुक्रबारको बैठकमा कोरम नपुगेर उच्च अदालत गठनसम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्न सकेको थिएन ।

    उनको चेतावनीले सदनमा हाजिरमात्रै गरेर गैरसरकारी संस्थाको कार्यक्रममा हूल बाँधेर जाने संसदलाई भने छेक्ने छैन । सांसदको न्यून उपस्थितिका कारण सदनको कामकारबाही नै प्रभावित भएको उल्लेख गर्दै सभामुख घर्तीले आइतबार संविधानको धारा ८९ तर्फ सांसद र संसदीय दलहरूको ध्यानाकर्षण गराएकी छन् । संविधानको धारा ८९ (घ) मा सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा सांसदको पद रिक्त हुने प्रावधान छ ।

    सदनमा लगातार अनुपस्थित हुनेको विवरण भने भने संसद सचिवालयले नै अद्यावधिक गरेको छैन । ‘सांसदहरूले बैठक अघि गरेको हाजिर सुरक्षित छ,’ सचिवालयका एक अधिकारीले भने, ‘यसअघि आवश्यक नपरेको कारण को कति दिन गयल छन् भन्ने हेरिएको छैन ।’ सदनमा रुलिङ गरेपछि त्यस्तो विवरण अद्यावधि गर्न सचिवालयका वरिष्ठ अधिकारीहरूले सम्बन्धित शाखालाई निर्देशन भने दिएका छैनन् । ‘निर्देशन प्राप्त छैन,’ सांसद सुविधा शाखासम्बद्ध एक अधिकारीले भने, ‘लगातार अनुपस्थित हुने सांसदलाई साँच्चै कारबाही गर्न खोजेको भए विवरणको अभाव हुँदैन ।’ संवैधानिक व्यवस्थाअनुसार लगातार दस बैठकमा अनुपस्थित सांसदको सूची तयार गरी सभामुखले त्यस्ता सांसदको पद रिक्त भएको घोषणा गर्न सक्छिन् ।

    सचिवालयले हिसाब नगरे पनि केही सांसदको पहिचान नै संसदमा नआउनेमा छ । एमालेबाट मनोनीत सांसद राज्यलक्ष्मी गोल्छाले प्रधानमन्त्री निर्वाचनमा समेत अनुपस्थित रहेर चर्चा कमाएकी छन् । प्रदिप गिरि, शिला खड्कालगायत कांग्रेस सांसदहरू पनि विरलै मात्रै सदनमा देखा पर्छन् ।

    सांसदहरूको एक समूह नै गैरसरकारी संस्थाको कार्यक्रममा हिँडेका कारण सदनमा गणपूरक संख्या नै अपुग भएपछि सभामुख घर्तीले सदनमा उपस्थितिका लागि ध्यानाकर्षण गराएकी हुन् । सभामुखले सदनमा ‘कोट’गरेको संविधानको धारा ८९ ले हाजिर मात्रै गरेर बाहिरिने सांसदलाई भने कानुनी कारबाहीको दायरामा ल्याउन सक्दैन । ‘संविधानले सम्बन्धित सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा पदमुक्त हुने प्रावधान छ,’ संसद सचिवालयका एक अधिकारीले भने, ‘यसले हाजिर मात्रै गरेर टाप कस्ने सांसदलाई छुटदैन । नियमावलीमा छुट्टै व्यवस्था नभए पनि हाजिर गरेपछि पूरा समय बस्नु सांसदको नैतिक विषय हो ।’ संसदको नियमावलीको परिच्छेद ८ मा बैठकमा सुव्यवस्थासम्बन्धी व्यवस्था भए पनि संविधानको धारा ८९ (घ) को कार्यान्वयनसम्बन्धी विस्तृत व्यवस्था छैन ।

    संसदीय अभ्यासमा विधि निर्माणको जिम्मेवारी पाएका सांसदले सदन र समितिका सबै बैठकमा पुरै समय दिनुपर्छ भन्ने छैन । तर सम्बन्धित दलले जारी गरेको हवीपको पालना गर्नु, महत्त्वपूर्ण र निर्णायक बैठकमा उपस्थित हुन उनीहरूको नैतिक विषय मात्र नभई दलीय अनुशासनको पनि विषय हो । उच्च अदालत गठनका लागि अत्यावश्यक तीन विधेयक पारित गर्ने कार्यसूचीमा बसेको बैठकमा सत्तापक्षका सांसदहरूले दलको हवीपसमेत उल्लंघन गरेका थिए ।

    उक्त दिन हाजिर गरेका ३ सय ६६ सांसदमध्ये २ सय ४० सांसद न्यायपालिकासम्बन्धी विधेयक निर्णायार्थ पेस गर्ने बेला अनुपस्थित थिए । प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले संसद र संसदीय समितिका बैठकहरूमा हुने उपस्थिति र सक्रियतालाई आन्तरिक मूल्यांकनको अभ्यास थालेको बताए । ‘संसदीय दलको बैठममा उपस्थिति र सक्रियताको उत्कृष्ट र अन्तिममा रहनेको विवरण दिने गरेका छौं,’ उनले भने, ‘यसले भविष्यमा उसलाई संसदीय क्षेत्रको जिम्मेवारी दिने/नदिने भन्ने मूल्यांकनको आधार बनाउँछ ।’

    सदन छाडेर नेसनल डेमोक्र्याटिक इन्स्टिच्युट (एनडीआई) को आवासीय गोष्ठीका लागि पार्क भिलेज रिसोर्ट पुग्ने तीस सांसदमध्ये बीसभन्दा बढी सत्तापक्षका थिए । त्यसै दिन बिहान प्रमुख सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठकमा सदनमा सांसदहरूको प्रभावकारी भूमिकाबारे छलफल भएको थियो भने कांग्रेस संसदीय दलले आफ्नो सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि हवीप जारी गरेको थियो । तर कुनै पनि दलले सदनमा अनुपस्थित हुने र हाजिर मात्रै गरेर हिँड्ने सांसदलाई अनुशासनको कारबाही गरेका छैनन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.