×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

चिनियाँ राष्ट्रपति मेरै कार्यकालमा आउने सम्भावना छः प्रचण्ड

  •  
  • आइतबार, भदौ २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘भारतका राष्ट्रपति आउने समय तय भइसक्यो’

    २६ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्नै कार्यकालमा नेपाल भ्रमणमा आउन सक्ने सम्भावना रहेको बताएका छन् ।

    भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको समय मोटामोटी तय भइसकेको प्रधानमन्त्रीको स्पष्टोक्ति छ ।

    शनिबार राति नेपाल टेलिभिजनमा प्रसारित ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने-‘भारतका राष्ट्रपतिको नेपालमा आउने मोटामोटी समय तय भइ नै सकेको छ । चीनबाट पनि राष्ट्रपति आउने चर्चा चाहिँ हो, निर्णय भइसकेको थिएन । त्यो निर्णय प्रक्रियामा नै छ भन्ने जानकारी मलाई छ । र, त्यो पनि मेरो कार्यकालमा या छिट्टै निर्णय हुन्छ भन्ने मलाई विश्वास छ ।’

    चिनियाँ राष्ट्रपति नेपाल आउने चर्चामात्रै चलेको तर निर्णय नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने- ‘मिडियामा जसरी आयो, आउने निर्णय भइसकेको अनि स्थगित भएको भने जसरी त्यो आएको छ । त्यो निराधार छ, आधारहीन छ भन्ने कुरा दूतावासबाट पनि र हाम्रो विदेश मन्त्रालयबाट पनि स्पष्ट भइसकेको छ । प्रधानमन्त्रीका रुपमा मैले पनि के बुझेको छु भने यो निर्णय प्रक्रियामा छ ।’

    दिल्ली जानुअघि संविधान संशोधनको इच्छा कायमै

    प्रधानमन्त्री प्रचण्डले समयको दबाव बढे पनि दिल्ली जानुपूर्व नै संविधान संशोधन दर्ता गर्ने आफ्नो इच्छा अझै कायमै रहेको बताएका छन् ।

    प्रधानमन्त्रीले सरकारी टेलिभिजनबाट भने- ‘आम नेपालीलाई म यो कार्यक्रममार्फत भन्न चाहन्छु कि दिल्ली जानुभन्दा अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गरेर जाने मेरो इच्छा अझै पनि कायम छ । र, म अझै आशावादी छु, यद्यपि समय त एकदमै दबाव परि नै सक्यो, तर जति नेताहरुसँग मेरो कुराकानी भएको छ, यो सबै हेर्दा हामी धेरै नजिक आइपुगेका छौं । हामी समझदारीमा धेरै अगाडि बढिसकेका छौं ।’

    भारत भ्रमणमा जानुअघि आफू मधेसी जनताको विश्वास लिनका लागि सिराहाको भ्रमणमा जान लागेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

    दिल्ली जानेबेलामा मधेसी जनताको समेत विश्वास लिएर जाने सिराहा-५ सांसदसमेत रहेका प्रचण्डले बताए ।  ‘म सिराहा जाने कुरा पनि त्यो सिराहाको जनतालाई मात्रै सम्वोधन हैन, यो सम्पूर्ण मधेसी जनताको विश्वास पनि लिएर संविधान संशोधन गर्दै हामी अगाडि जाने, निर्वाचनको आधार तयार पार्ने उद्देश्यद्वारा प्रेरित छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेसी जनताको पनि र सिंगै नेपाली जनताको विश्वास लिएर दिल्ली जाने उद्देश्यद्वारा नै यो प्रेरित छ ।’

    गोविन्द केसीलाई केही समय पर्खन आग्रह

    फेरि अनसन बस्ने चेतावनी दिइरहेका डा. गोविन्द केसीलाई केही समय पर्खेर हेर्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएका छन् ।  ‘केही समय हेर्नुहोस्, केसीको मागबारे प्रधानमन्त्रीले भने- ‘यो नयाँ सरकारले कसरी काम गर्छ भनेर हेरेर जाँदा बढी उचित हुन्छ भन्ने मेरो सुझाव छ ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.