×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

एक दशकदेखि थन्किए भ्रष्टाचारका मुद्दा

  •  
  • आइतबार, भदौ २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    काठमाडौं: कमसल धितोमा ऋण प्रवाह गरी झन्डै एक अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा चलाइएका नेपाल बैंक लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशकसहितका पदाधिकारीको मुद्दा १० वर्षदेखि सर्वोच्च अदालतमा थन्किएको छ । विशेष अदालतबाट भ्रष्टाचार ठहर भएपछि २०६३ साल असोज ११ मा मुद्दाका प्रतिवादीले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण प्रवाहमा भ्रष्टाचार भएको भन्दै बैंक पदाधिकारी र ऋणीसहित ८५ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो । यो मुद्दामा २०६३ यता पटकपटक सुनुवाइ भए पनि अझै टुंगो लागेको छैन । योसहित ७६ थान भ्रष्टाचारका मुद्दा एक दशकदेखि सर्वोच्चमा थन्किएका छन् ।
    दस वर्षयता दर्ता भएका भ्रष्टाचारका मुद्दामात्र दुई हजारभन्दा बढी छन् । यस्तै निजी गुठीलाई राजगुठी बनाएको आरोपसहित गुठी संस्थानका प्रशासकविरुद्ध दर्ता भएको पुनरावेदनमा पनि २०६३ साल जेठ १२ देखि सुनुवाइको टुंगो लागेको छैन ।
    जग्गासम्बन्धी एक विवादमा मालपोत कार्यालयको गैरकानुनी निर्णय उल्ट्याउन मागसहित सर्लाहीका राजनारायण यादवले दिएको उत्प्रेषणसम्बन्धी रिटमा समेत निर्णय हुन सकेको छ ।
    २०६२ असार २२ मा यादव सर्वोच्च पुगेका थिए । अर्का सेवाग्राही मीनबहादुर विश्वकर्माले टिम्बर कर्पोरेसनको एक निर्णयलाई कानुनी चुनौती दिँदै दायर गरेको अर्को रिटले पनि १० वर्ष नाघेको छ । सेवाग्राही मुद्दाको पालो कुर्दै सर्वोच्च आउँदै फर्किंदै गरिरहेका छन् । सर्वोच्चमा १० वर्ष पुराना यस्ता ९० थान मुद्दाको अझै टुंगो लाग्न सकेको छैन ।
    यस्तै पाँच वर्ष काटेका मुद्दा दुई हजार एक सयको संख्यामा छन् भने दुई वर्ष काटेका मुद्दाको संख्या नौ हजार पुगेको छ ।
    प्रधानन्यायाधीशमा सुशीला कार्कीको बहालीपछि पुराना मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ गर्ने प्रतिबद्धता आएको थियो । क्यालेन्डर प्रणाली लागू गरेर मुद्दालाई ‘फास्ट ट्रयाक’ मा लैजाने उनको प्रतिबद्धतासमेत थियो ।
    न्यायलाई छिटोछरितो गर्ने नाममा हरेक प्रधानन्यायाधीशको कार्यकालमा विभिन्न अध्ययन समिति बनेर प्रतिवेदन पनि बनेका छन् । पहिलो एजेन्डा नै छिटो र पहुँचयोग्य न्याय हुने गरेको छ । तर, सर्वोच्चकै मुद्दा प्रक्रियामा चाँडो न्यायको अनुभूति हुन नसकेको सेवाग्राहीको गुनासो छ ।
    सर्वोच्चका अधिकारी भने कानुनी प्रक्रिया र प्राविधिक कारणले ढिलाइ भएको भन्दै प्रतिरक्षा गर्छन् । ‘अदालतले मागेका प्रमाण कागज समयमा नआएर, लामो समय थोरै न्यायाधीश भएर र बेन्चमा हेर्न नमिल्ने भएर पनि ढिलाइ हुन सक्छ’, सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले अन्नपूर्णसँग भने, ‘अर्को मुद्दा थपिएर पनि ढिलाइ भएको हो । मुद्दाको अंग नपुगी परिपक्व हुँदैन । सबै प्रक्रिया पूरा गर्दा समय लाग्छ ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.