×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

हातखुट्टा बाँधिएर भारत जान्नँ : प्रधानमन्त्री

  •  
  • आइतबार, भदौ २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र २५, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि नेताले मुलुकको विकास र हितका लागि खतरा मोल्नुपर्ने बताएका छन् । उनले आफ्नो भारत भ्रमणले दुई देशको सम्बन्धमा नयाँ आयाम आउने दाबी गरेका छन् ।

    नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सले शनिबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण’ विषयक अन्तक्र्रियामा प्रधानमन्त्री दाहालले भ्रमण राष्ट्रिय हित र दुई देशीय सम्बन्धमा केन्द्रित हुने बताए । ‘मैले यसलाई पनि चुनौतीपूर्ण भए पनि अवसरका रूपमा लिएको छु । नेताले रिस्क लिएन हो भने मुलुक बन्दैन । त्यो छुट दिनुपर्छ । नेपाल–भारत सम्बन्धमा समस्या मात्र राख्ने होइन । समाधान पनि खोज्न जरुरी छ,’ प्रधानमन्त्री दाहालले भने, ‘प्रधानमन्त्रीलाई हातखुट्टा बाँधिदिएर भारत पठाउनुभन्दा नपठाएकै ठीक हुन्छ । बरु नजानु भन्नुहोस् म जादिनँ ।’

    उनले भ्रमणका क्रममा कुनै विवादास्पद सम्झौता नगर्ने बताए । ‘केही पनि नगर्ने भए भारत किन जानु र ! निगरानी गर्नुस् तर नरोक्नुस् । बरु बलियो बनाएर पठाउन आग्रह गर्छु,’ उनले भने, ‘पुराना अघि बढ्न नसकेका परियोजनाको टुंगो लगाउँछु ।’ नेपाल–भारत सम्बन्ध धेरै बहुआयमिक र गम्भीर रहेको उल्लेख गर्दै उनले भने, ‘यसबीचमा मैले धेरै विज्ञ र कूटनीतिज्ञको कुरा सुनेको छु ।’

    भूकम्प र संविधान जारीपछि नाकाबन्दीको पीडा खेपेका नेपालीलाई भारतले खुला हृदयले सम्बोधन गर्दै सम्बन्धलाई नयाँ आयाम दिने प्रधानमन्त्री दाहालको विश्वास थियो । नेपाली जनताको मुड आफूले बुझेको भन्दै दाहालले भ्रमणका क्रममा राष्ट्रिय हितविपरीत कुनै कार्य नगर्ने वाचासमेत गरे । उनले आफ्नो भ्रमण त्रिदेशीय रणनीतिक साझेदारी, पारस्परिक सम्बन्ध सुदृढीकरण र आर्थिक समृद्धिको विषयमा केन्द्रित हुने जानकारी दिए ।

    पहिलो पटक प्रधानमन्त्री हुँदा धेरै बोलेर आफूले गर्ने काम नै बिग्रिएको भन्दै अहिले त्यसमा सुधार गरेको बताए । ‘नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने सम्भावना पैदा भएको छ,’ माओवादी केन्द्रका अध्यक्षसमते रहेका प्रधानमन्त्री दाहालले भने, ‘मैले धेरै बोल्दा हुन लागेका कामहरू पनि बिग्रने गरेका छन् । त्यो कुरामा सधैं डराउने गरेको छु ।’ उनले भ्रमणका क्रममा विगतमा बेहोर्नुपरेको असहजतालाई समीक्षा गर्दै भोलिका दिनमा यस्तो नदोहोरिने सुनिश्चित आफूले गर्ने बताए ।

    प्रधानमन्त्रीले देशको राष्ट्रिय नीतिले विदेश नीति निर्धारित गर्ने जनाउँदै भने, ‘कुनै पनि देशको विदेश नीति राष्ट्रिय नीतिकै विकसित रूप हो । देशभित्रको भावनात्मक र आन्तरिक एकता बलियो बनाएर मात्र कूटनीतिमा प्रभाव विस्तार गर्न सकिन्छ ।’ राष्ट्रवादका नाममा पहाड र मधेसबीच विवाद बढाउने काम गर्ने प्रयास भइरहेको बताए । राष्ट्रिय एकता सुदृढ गर्न नलागे राष्ट्रवादको नारा लगाउँदा लगाउँदै देश विखण्डनमा जाने उनको भनाइ थियो । संविधान संशोधन गर्दै कार्यान्वयनका लागि सबैको सहयोग हुनुपर्ने पनि उनले बताए ।

    पूर्वपरराष्ट्रमन्त्री भेखबहादुर थापाले नेपाल–भारत सम्बन्धलाई सुधार गर्दै अघि बढ्न सरकारले प्रबुद्ध ब्यक्ति समूह (ईपीजी) बनाएर काम गरिरहेको जानकारी दिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ र काम हुने विश्वास मेरो छ,’ उनले भने ।

    अर्का पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको भ्रमणमा १९५० को सन्धिको पुरानो अडान, नि:सर्त संविधानको स्वागत, चीनसँग व्यापार र पारवहनमा भएको सम्झौताबारे समेत छलफल गर्दै भारतीयलाई विश्वस्त बनाउनुपर्ने बताए । पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले धेरै उत्साहित भएर मुलुकका लागि हित नहुने खालका सम्झौता नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएकी थिइन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.