×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गंगामायाको स्वास्थ्यमा राष्ट्रपतिको चासो

  •  
  • आइतबार, भदौ २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    काठमाडौं: छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राख्दै अनशनरत गंगामाया अधिकारीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो चिन्ता र चासो व्यक्त गरेकी छन् ।
    प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति भण्डारीसँग शनिबार शीतलनिवासमा भेट गर्दा उनले आफ्नो चासो र चिन्ता व्यक्त गरेको स्रोतले उल्लेख गरेको छ । राष्ट्रपति भण्डारीसँग विभिन्न मानवअधिकारवादी नेताहरूले गंगामायालाई बचाउन आफ्नो सबै ‘नैतिक र संवैधानिक हैसियत’ प्रयोग गर्न लगातार दबाब दिइरहेको पृष्ठभूमिमा उनले यो विषय प्रधानमन्त्री दाहालसँग उठाएकी हुन् ।
    प्रधानमन्त्री दाहालले यसबारे ‘के गर्न सक्छु, हेर्छु’ भन्ने आश्वासन राष्ट्रपतिसँग दिएको स्रोतले बतायो ।झन्डै दुई वर्षदेखि अनशनरत गंगामायाको स्वास्थ्यस्थिति अत्यन्त नाजुक रहेको चिकित्सकहरूले बताएका छन् । उनले अन्नजल केही पनि लिन अस्वीकार गरेपछि जिउँदो राख्न नशाबाट तरल पौष्टिक तत्वहरू दिने गरिएको छ ।
    अनशनको ३ सय ३४ औं दिनमा प्राणत्याग गरेका उनका पति नन्दप्रसाद अधिकारीको शव अन्तिम संस्कारबिनै टिचिङ अस्पतालको मोच्र्युअरीमा राखिएको छ । नन्दप्रसाद र गंगामायाका छोरा कृष्णप्रसादलाई चितवनमा माओवादीले अपहरण गरी यातनापूर्ण हत्या गरिएपछि कथित हत्याराहरूबारे किटानी जाहेरी गरे पनि मुद्दा अगाडि नबढाइए पनि उनीहरूले अनशन थालेका थिए ।
    पति नन्दप्रसादको निधनपछि विभिन्न मानवअधिकारकर्मी र संस्थाहरूले अनशन तोड्न आग्रह गरे पनि अस्वीकार गरी हत्याराहरूलाई गिरफ्तारी र कारबाही सुरु नभएमा आफूले पनि प्राण त्याग गर्ने दृढ निर्णय गंगामायाले सुनाएकी छन् । नन्दप्रसादको निधन सुशील कोइरालाको प्रधानमन्त्रित्वकालमा वीर अस्पतालमा भएको थियो ।
    द्वन्द्वकालमा भएका यातना र मानवअधिकार उल्ल्घंनसम्बन्धी घटनाहरूको छानबिन गर्न तोकिएको सत्य निरुपण तथा मेलमिलाप आयोग निर्धारित समयभन्दा सात वर्षपछि गठन भए पनि त्यसको अधिकार क्षेत्रलाई लिएर अहिलेसम्म विवाद कायमै छ । द्वन्द्वको विद्रोही पक्ष माओवादी द्वन्द्वकालका सबै मामिलालाई विभिन्न अदालतबाट निकाली आयोगमै सुम्पनुपर्ने अडानमा भए पनि सर्वोच्च अदालतले पटकपटक लिएका फैसलामा त्यसो गर्न निषेध गरिएको छ ।
    अहिलेसम्म आयोगमा करिब ५८ हजार द्वन्द्वकालका मानवअधिकार उल्ल्घंनसम्बन्धी मामिला दर्ता भए पनि अनशनरत गंगामायाका तर्फबाट सरकारले नै उक्त छानबिन अगाडि बढाई न्यायालयमा मुद्दा चलाउन दबाब दिइरहेकी छन् ।
    कोइराला प्रधानमन्त्री छँदा उनकै नेतृत्वमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत अन्य चारजना पूर्वप्रधानमन्त्रीहरूले अस्पतालमा अधिकारी दम्पतीलाई वीर अस्पतालमा भेटी उनलाई न्याय दिलाउने आश्वासन दिए पनि त्यो कार्यान्वयन भएन । त्यसको दुई महिनापछि नै नन्दप्रसादको निधन भएको थियो । राष्ट्रप्रमुखले यो मामिलामा चासो लिएको यो पहिलोपटक हो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.