×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गिरीलाई उपचार खर्च दिने प्रचण्डको प्रस्ताव गगनले रोके

  •  
  • शनिबार, भदौ २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चिरञ्जीवी ढुंगाना

    काठमाडौं: स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद् बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेका छन् ।
    भारतको बैंग्लोरमा उपचार गराएका पूर्वप्रधानमन्त्री डा. गिरीको उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रूपमा विरोध गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले डा. गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गरेका थिए । मन्त्री थापाले प्रश्न गरेका थिए, ‘यो मुलुकमा को विशिष्ट हो/होइन, चिन्ने कसरी ? यो देशको नेतृत्वले आमनेपालीलाई नै किन विशिष्टको दर्जा दिन सक्दैन ? डा. गिरी विशिष्ट हो, होइन थाहा पाउने कसरी ? ‘
    मन्त्रिपरिषद् बैठकमा थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीजी, तपाईं पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका प्रमुख नेताहरूको स्वास्थ्य उपचार आगामी दिनमा स्वदेशमै हुनुपर्छ । तपाईंहरू आफ्नो उपचार विदेशमा गराउनुहुन्छ भने जुन देशमा गराउने हो, सोही देशले खर्च बेहोर्ने गरी हुनु पर्‌यो ।’
    वर्तमान सरकार सत्तामा आएपछि पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई विशिष्ट नागरिक भन्दै स्वास्थ्य उपचार, घरभाडा लगायतबापत करोडौं रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । प्रारम्भिक चरणको प्रोस्टेट क्यान्सरको उपचार अमेरिकामा गराउन सरकारले डा. यादवका लागि करोडभन्दा बढी बेहोर्ने निर्णय गरिसकेको छ ।
    बैठकमा प्रधानमन्त्री दाहालले डा. गिरीको स्वास्थ्य उपचारका लागि आर्थिक सहायतासम्बन्धी प्रस्ताव पारित गराउन निकै कसरत गरे पनि अन्ततः उक्त प्रस्ताव स्वीकृत हुन सकेन ।
    स्वास्थ्यमन्त्री थापाले जसले पहुँच देखाउँदै स्वास्थ्यलगायतका आर्थिक सहायता माग्यो, उसैलाई दिने नीति सच्याउँदै छिट्टै विशेष कार्यविधि निर्माण गरी सोही आधारमा प्रक्रिया अगाडि बढाइने धारणा राखे । डा. गिरीको उपचारखर्च रोकेकोबारे स्वास्थ्यमन्त्री थापाले अन्नपूर्णसँग भने, ‘जसले पत्र पठायो, स्वतः स्वीकृत गर्दै रकम दिने कार्य कसैका लागि स्वीकार्य हुन सक्दैन र हुन पनि हुँदैन ।’
    उनले प्रमुख दलका शीर्ष नेताहरूले विदेशमा गर्ने उपचारबापत लाग्ने खर्चले वीर अस्पताल, शिक्षण अस्पताललगायतका सरकारी अस्पतालको भौतिक, प्राविधिकलगायतका सेवा अत्याधुनिक गर्दै आमनेपालीकै सर्वसुलुभ उपचार हुनसक्ने बताए । ‘त्यही भएर प्रमुख दलका सबै प्रमुखको उपचार नेपालकै अस्पतालमा गराउनुपर्छ’, उनले भने ।
    उनले हालैमात्र उपचार खर्च बेहोर्न नसकेको भन्दै एक व्यक्तिले अस्पतालको माथिल्लो तलाबाट हामफाल्दै मृत्युवरण गरेको घटनालाई कसरी लिने र उनलाई विशिष्ट भन्दै स्वास्थ्य खर्च दिनुपर्ने हो कि होइन भन्दै पुनः प्रश्न गरेका थिए ।
    सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार (राम) कार्कीले स्वास्थ्यमन्त्रीले मन्त्रिपरिष्दबाट अनुमोदन गराउँदै विभिन्न शीर्षकमा रकम बाँड्ने प्रक्रिया तत्काल बन्द गरी सरकारी अस्पताललाई आधुनिकीकरण गर्नुपर्ने भन्दै राखेको प्रस्ताव सकारात्मक रहेको बताए ।
    उनले प्रधानमन्त्री दाहाललाई स्वास्थ्यमन्त्रीको सकारात्मक प्रस्तावलाई सोहीअनुसार अघि बढाउन आग्रह गरेपछि डा. गिरीको लिखित मागअनुसारको उपचार खर्च मन्त्रिपरिषद्बाट स्वीकृत भएन ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.