कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र २५ गते । पृथ्वीराजमार्ग अन्तरर्गत धादिङको बेनिघाटमा सनिबास बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । 
काठमान्डौ बाट लम्जुङ जादैगरेको ना. ५ ख ४६६२ नम्बरको बस र सुर्खेतबाट काठमान्डौ आउदै गरेको ना. ४ ख ६४०१ नम्बरको बस एक आपसमा ठोक्किदा सुर्खेत घर भएका गगन सिहं थापा मगरको मृत्यु भएको हो ।
दुर्घटनामा परि अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागी काठमान्डौ लगिएको छ ।

चितवनमा ट्रक चालकको मृत्यु
त्यसै गरि चितवनमा भएको सवारी दुर्घटनापरि घाइते भएका ट्रक चालक बाराका हेमन्त खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।




















