×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

मृगौलापीडितका परिवारको व्यथा: अरुलाईअब यस्तो नहोस्

  •  
  • शनिबार, भदौ २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    दुवै मृगौला फेल भई उपचार गराइरहेको अवस्थामा शिक्षण अस्पतालको छतबाट हामफालेर आत्महत्या गरेका विजय खड्का (भित्ताको तस्बिरमा), उनका बुवा र आमा। तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

    भाद्र २५, २०७३- एउटा उसलाई, एउटा मलाई ! सन्तानका लागि सारा दिन सक्ने आमाले अठोट गरिन्, ‘मेरो छोरालाई मै मृगौला दिन्छु।’ अस्पताल गइन्। डाक्टरले भने, ‘तपाईंको मृगौला उसलाई मिल्छ/मिल्दैन जाँच्न मात्रै १ लाख २० हजार रुपैयाँ लाग्छ।’

    अब भने उनी खङ्ग्रङ्ग भइन्। किनकि, उनीसँग छोरालाई दिने मृगौला थियो, आफ्नो शरीरबाट उसकहाँ सार्ने पैसा थिएन।

    त्यसमाथि जाँच्नै त्यत्रो लाग्ने ! उनी निराश भएर फर्किइन्। पैसा खोज्नतिर लागिन्। बिरामी छोराको पेट विस्तारै सुन्निँदै गयो। ‘केही दिन कुर्नुहोस्,’ डाक्टरले सल्लाह दिए, ‘तपाईंको छोराको पेट पहिला निको पारौं। अनि तपाईंको मृगौला जाँचौंला।’

    तर, जाँच्नै परेन। आफ्नै मृगौलाबाट छोराको जिन्दगी चलाइदिने आमाको इच्छा पूरा हुन पाएन। त्यो दिन नआउँदै छोराले अस्पतालबाट हाम फालेर आफ्नै जिन्दगी अन्त्य गराइदिए।

                         …
    ‘मेरो प्यारी ममी मलाई माफ गरिदिनु ल। म तपाईंलाई दु:ख दिन चाहन्न। त्यसैले म यो झ्यालबाट हामफालेर आत्महत्या गर्दैछु,’ आमा श्याममाया तामाङ खड्काले आफैंले हातमा बोकेको कागज प्यारो छोराको ‘सुसाइड नोट’ हो भन्ने पत्तै पाइनन्। १८ वर्षे विजय खड्काले सोमबार राति आमालाई डाक्टरको पुर्जी भन्दै कागज थमाए। अक्षरै नचिन्ने आमाले त्यो के हो, कसरी थाहा पाऊन्? र, एकछिनमा आँखा छलेर त्रिवि शिक्षण अस्पतालको तेस्रो तल्लाको झ्यालबाट हामफाले।

    बाँच्ने आसले अस्पताल गएको कुनै गरिब मृत्यु रोज्न कसरी विवश हुन्छ भन्ने यो एउटा उदाहरण हो। दोलखा मालु–४ का विजयले त्यस साँझ आमालाई भनेका थिए, ‘मलाई सास लाइदेऊ न।’ विचरा आमाले कसरी सास लाइदिनु? तडपिई–तड्पिई फेरिरहेको महँगो सास अन्तत: उनैले फेर्न छाडिदिए।
                           …
    विजय नवदीप विद्याकुञ्ज सामाखुसीमा कक्षा ११ मा पढ्थे। परीक्षा आउन लागेको थियो। डेढ वर्षअघि मृगौला खराब भएको पत्ता लाग्यो। २०७२ वैशाख १ गते उनलाई अस्पतालले भर्ना गर्‍यो। ११ गते डिस्चार्ज गर्‍यो। बुवा शिवबहादुर खड्का गाविसको सिफारिस लिन १२ गते दोलखातिर लागे। पाखर भन्ने ठाउँमा पुग्दा भुइँचालो आयो। ‘आमा बाहिर बस्नुभएको रहेछ,’ उनले सुनाए, ‘भुइँचालोले घर लडाएर आमालाई किचेछ। उहाँ बित्नुभयो।’ उनको मर्म धेरै गहिरो छ। ‘छोराको उपचार गर्न कागज छिटो ल्याउनु थियो,’ उनले भने, ‘१३ दिनमा सक्नुपर्ने काजकिरिया १० दिनमा सकेर फर्किएँ। र, छोराको उपचारमा लागें।’

    नियमित डाइलासिस गर्नुपर्ने भयो। सरकारले साताको दुई पटकसम्म नि:शुल्क डाइलोसिस सेवा दिने गरेको छ। विजयलाई तीन पटक गर्नुपर्ने भयो। साताको एक पटक आफूले बेहोर्दा ३१ सय रुपैयाँ तिर्नुपथ्र्यो। ‘सरकारले नि:शुल्क दिने दुई पटकमा पनि अस्पतालभित्र नभएको भन्दै पाँच/छ सयको औषधि बाहिर किन्न पठाउँथे,’ विजयका दाइ विनितले भने, ‘हप्ताको तीन पटक ट्याक्सीमा अस्पताल धाउँदा थप खर्च हुन्थ्यो। जतिसुकै फारो गरेर खर्च गर्दा पनि महिनाको २० देखि २५ हजार लाग्थ्यो।’

    शिवबहादुरले बालबच्चाको उज्ज्वल भविष्य खोज्दै पहिल्यै पहाड छाडे। काठमाडौंमा डेरा लिएर कृषि सामग्री संस्थानमा चौकीदारी काम गर्दै उनीहरूलाई हुर्काए। पढाए। पढाइ पार लाग्दै थियो। कान्छा छोरा विजय जब बिरामी भए, उनले गाउँको जायजेथा बेच्दै, ऋण गर्दै उपचार गराइरहे। करिब १४ लाख खर्च भइसकेको थियो। सम्पत्ति सकिए पनि आफ्नो स्वास्थ्य नसुध्रिएपछि विजय आफ्नै जीवनसँग पराजित भए।

    उपचारकै क्रममा विजयको पेट सुन्निन थाल्यो। ‘डाक्टरले पेटको टीबी भएछ भनेर दबाई चलाइदिए,’ शिवबहादुरले भने, ‘अनि ऊ थला पर्‍यो। पेट झन् सुन्नियो। कान सुन्न छाड्यो। आँखा पनि झमझमाउन थाल्यो भन्न थालेको थियो। म अब बाँच्दिनँ किन खर्च गर्नुहुन्छ भन्थ्यो। अन्तिममा ज्यानै फाल्यो।’

    एक दिन आमा श्याममाया मात्र अस्पतालमा कुरुवा थिइन्। विजयलाई ज्वरो आइरहेको थियो। डाक्टरले सिटामोल लेखिदिए। संयोगवश उनीसँग सिटामोल किन्नेसम्म पैसा थिएन। ‘नर्सलाई भन्दा एउटा सिटामोल किनेर खुवाउन नसक्ने भन्दै झर्किइन्। दिइनन्। बरु उल्टै भनिन्, यस्तो बिरामी किन ल्याएको?’

    बिरामी छोरा नर्ससँग झोक्किए, ‘मेरो आमालाई किन पीडा दिएको?’

    ‘यसरी चर्काचर्की बोल्ने होइन, यो तेरो बोल्ने ठाउँ होइन भन्दै ती सिस्टर गइन्,’ उनले भनिन्, ‘पैसा नहुँदा सरकारी अस्पतालमा सिटामोल माग्ने अधिकारै छैन हामीलाई?’

    एक पटक नाइटो सुन्नियो। ‘मेरो यति अपरेसन गर्न पाए सजिलो हुने थियो भन्यो,’ बुवा शिवले भने, ‘टिचिङमा बुझेको ६५ देखि ८० हजार रुपैयाँ लाग्छ भने। पैसा छैन भन्न भएन। म छटपटिएर यता–उता भौंतारिएँ। चिरायु अस्पतालमा मेरो काकाको छोराको छोरो काम गर्थ्यो। उसलाई समस्या राखें। त्यहाँ २३ हजारमा अपरेसन भयो।’

    करिब एक दशक नेपाली सेनामा जागिरे जीवन बिताएर रोजगारीका लागि विदेश गएका शिवबहादुरका साथमा केही रकम जोहो थियो। जब विजयमा समस्या देखिन थाल्यो, त्यसपछि जम्मा भएको पैसा क्रमिक रूपमा खर्च भयो। त्यो सबै सकेर भएको जग्गाजमिन पनि बेचिसकेको शिवका माइला दाजु रमेशले बताए। शिवबहादुरको तलबबाट आउने करिब १५ हजार रुपैयाँले जेनतेन सुखी जीवन गुजारिरहेको परिवारलाई विजयको बिमारले ठूलो दु:खको भुमरीमा हुल्यो। ‘सबै सकियो,’ विनितले बिलौना गरे, ‘भाइ पनि रहेन।’
    खर्च अभाव भएपछि शिवबहादुर धेरैतिर धाए। ‘जिल्लाका मन्त्री थिए, उनको क्वार्टरसम्म गएँ। कुरै नसुनी तपाईंको काम सिध्दियो जानुहोस् भने। मेरो युवक छोरो मरेर गयो तपाईंहरूले गर्दा भन्ने ठाउँ राखे,’ उनले बिलौना गरे।

    सहुलियतका लागि अस्पतालमा आग्रह गरे। कुनै उपाय लागेन। ‘अस्पतालले त सिधै भन्दो रहेछ, तँसँग पैसा छैन भने घरमै लैजा, डिस्चार्ज गरिदिउँला। त्यस दिन पनि पैसा थिएन। अस्पतालमा तिर्नु थियो। एउटा साथीकहाँ गएँ। उसले ला भनेर १० हजार दियो। लिएर गएँ। उसले देख्यो भने पीडा हुन्छ भनेर खुसुक्क आमालाई दिएँ,’ उनले सुनाए, ‘अनि ड्युटीमा गएँ। छोरासँगको अन्तिम भेट त्यही बन्यो।’

    राति २ बजे उनलाई दुखान्त फोन आयो।
                                …
    विजय अन्तिम पटक दोलखाको गृहगाउँ पुग्दा निरोगीझैं देखिन्थे। तीन महिनाअघि गाउँमा भएको दिवाली पर्वमा दुवै मृगौलाले काम नगर्ने पीडा लुकाउँदै उनी खुवै रमाएको गाउँलेले झल्झली सम्झिरहेका छन्। ‘तीन महिनाअघि दिवाली पर्वलाई रमाइलोसँग मनाएर फर्किएको थियो,’ माइला बुवा रमेशले भने, ‘अब कहिल्यै नआउने गरी बिदा लिन आएको रहेछ।’

    विनितका अनुसार आफ्नो कारणले क्रमिक रूपले परिवार कंगाल हुँदै गएकामा विजय बेला–बेला दु:खी देखिन्थे। आर्थिक समस्याले विजयलाई मृगौला पत्यारोपण गर्न भारत लान सक्ने अवस्था थिएन। देशमै प्रत्यारोपण गर्न आमा दिन चाहन्थिन्। तर स्वास्थ्य परीक्षणका लागि सरकारले नि:शुल्क व्यवस्था नगरिदिँदा त्यसमा ढिलासुस्ती भयो। त्यसमाथि जहिलै अरू कुनै रोगले सताइरहँदा मृगौला प्रत्यारोपण कार्यमा बाधा पुगेकाले विजय दिक्क भइरहन्थे।

    मृगौलामा खराबीसँगै सताइरहने विभिन्न रोगको पीडा विजयका लागि थप घातक थियो। पेटमा पानी भरिएर आइरहने समस्याले उनलाई गलाइरहेको थियो। रुघाखोकी र ज्वरोको सिकार भइरहन्थे।

    खडका परिवारले काठमाडौं मनमैंजुस्थित डेरामा विजयको काजकिरिया गरिरहेको छ। चित्त बुझाउनै कठिन घटनालाई उनी बिर्सन चाहन्छन्। तर सक्दैनन्। ‘मान्छे त बितेर गयो। अब यो पीडाबाट कसरी उक्सिऔं भन्ने अर्को पीडा छ मलाई,’ शिवबहादुरले भने, ‘अब यस्तो कसैलाई नहोस्। सबैले राम्रो उपचार पाऊन्। यस्तो भएर कुनै शत्रुको बच्चा पनि नमरोस्।’

    (हेमन्त श्रेष्ठको सहयोगमा)

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.