×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ८ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ११ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

दाहालको भारत भ्रमण र अपेक्षा

  •  
  • शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    युवराज घिमिरे
    प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण नजिकिँदै छ । एक अर्थमा उनका उपप्रधानमन्त्री विमलेन्द्र निधिले दाहालको यात्रालाई असान्दर्भिक बनाइसकेका छन्ः दुईपक्षीय सम्बन्ध सामान्य भइसकेको घोषणा गरेर । नेपाल-भारत सम्बन्धको सुमधुरता, विश्वसनीयता र सम्मानजनक आपसी निर्भरता आदर्श अपेक्षा हुन्, दुईपक्षीय सम्बन्धमा । तर त्यो सम्बन्ध व्यवहारमा कुन स्तरमा छ त्यो दुईतर्फका सरकार र जनताबीचको समझदारी तथा बुझाइबाट नापिने विषय हो ।
    निधिले प्रधानमन्त्रीको विशेष दूतका रूपमा दिल्लीमा पाएको ‘स्वागत’ लाई नै सम्बन्ध सामान्य बनिसकेको आधारका रूपमा मानेका छन् । निधिभन्दा पाँच महिनाअघि प्रधानमन्त्रीका रूपमा दिल्ली पुगेका केपी ओलीले सम्बन्ध ‘ट्र्याक’ मा आइसकेको घोषणा गरेका थिए, यद्यपि औपचारिक भ्रमणको अन्त्यमा परम्परागत संयुक्त विज्ञप्तिसमेत जारी हुन नसक्दा दुई पक्षमा कति असहजता र मतभेदको आकार बुझ्न कठिन थिएन । त्यसपछि सत्ताको नेतृत्व फेरिएको छ, नेपालमा र बुझिने गरी भारत खुसी छ त्यसबारे । के त्यो नै सम्बन्ध ‘मापक’ हो र ?
    नेपाल-भारत सम्बन्धको जटिलता र संवेदनशीलतालाई बेवास्ता गरेर, त्यता र यताका सत्ताका केही प्रतिनिधिकै अभिव्यक्तिका आधारमा सम्बन्ध ‘ट्र्याक’ मा आएको स्विकार्न सकिन्न । दुईतिर अविश्वासका खाडल गहिरिएका छन् र भारतको प्रत्यक्ष संलग्नताबाट नेपालमा २०६३ मा ल्याइएको राजनीतिक परिवर्तन र त्यसबाट सत्ता र शक्ति पाएका एउटा समूहबाहेक अरूको भारतप्रति मन कुँडिएको छ । भूकम्पपछिको ‘नाकाबन्दी’ अमानवीय थियो र त्यसको असर खासगरी नेपालका बालबालिका, वृद्धवृद्धा र रोगी अनि सीमावर्ती मधेसका आम वासिन्दाको सोचमा परेको असर बुझ्न र त्यसलाई मेटाउन कुनै अभ्यास भएको देखिएको छैन ।
    निधि प्रधानमन्त्रीका दूतका रूपमा दिल्ली गए । फर्कंदा ‘फास्ट ट्र्याक’ निर्माणमा भारतको ‘लबिस्ट’ बनेका छन् । अर्थात् दाहाललाई अप्ठ्यारो पार्न या एकतर्फी रूपमा प्रधानमन्त्रीको भ्रमण ‘एजेन्डा’ तय गर्न उनी लागिपरेका छन् । त्यस्तो जालमा प्रधानमन्त्रीलाई पार्दा नेपालमा भारतप्रति अविश्वास झन् चुलिन पुग्छ । अहिलेको आवश्यकता सम्बन्धलाई सम्मानित र सन्तुलित बनाउनु हो । नेपालको आवश्यकता र सम्बन्धको सन्तुलनको आधार निर्माणमा नेपाल समान हैसियतको सरोकारवाला बनेको सन्देश जनतामा पुग्नु अनिवार्य सर्त हो ।
    हरेक उपप्रधानमन्त्री, प्रधानमन्त्री वा उच्च तहको भ्रमणमा जनतालाई अन्धकारमा राखी नेपाली नेताहरूले गोप्य सहमति गरेर या आश्वासन दिएर आउँछन् भन्ने मान्यता नेपालमा बनेको छ । निधिको अधैर्यले त्यसलाई निरन्तरता दिएको छ । त्यस्तै भारतबाट नेपालमा राजदूतका रूपमा दायित्व निर्वाह गरिसकेका एक कूटनीतिज्ञले पनि दाहाल प्रधानमन्त्री बन्नेबित्तिकै ‘फास्ट ट्र्याक’ नेपालले पूर्व घोषणाअनुसार आफैँ बनाउनुको साटो भारतलाई दिनुपर्ने सुझाव दिएका छन् । भारत र नेपालबीचको सम्बन्ध दुई पक्षले भन्दै आएजस्तो ‘विशेष’ र ‘विशिष्ट’ प्रवृत्तिको हो भने तत्कालीन नाफा या ‘व्यापारिक नाफा’ सबभन्दा निम्न प्राथमिकता बन्नुपर्छ । ‘रबर्ट क्लाइभ’ प्रवृत्ति या कूटनीतिबाट दुईपक्षीय सम्बन्ध सुमधुर हुन या ‘ट्र्याक’ मा आउन सक्तैन ।
    यसबारे निधिले मन्त्रिपरिषदमा नेतृत्व गरेको पार्टी नेपाली कांग्रेस र त्यसका नेता शेरबहादुर देउवा बढी संवेदनशील हुन आवश्यक छ, अन्यथा आउने दिनमा निधि र देउवाको सम्बन्ध माओवादी छोड्नुअघिको बाबुराम भट्टराई र दाहालबीचको जस्तो बन्न सक्नेछ । अर्थात् अविश्वास, स्वार्थ र एकअर्काबाट के लिन सकिन्छ भन्ने मानसिकताले सम्बन्धलाई परिभाषित गर्नेछ । तर अहिले देउवा निधि सम्बन्धका विविध आयामभन्दा पनि नेपाल-भारत सम्बन्धलाई सामान्य बनाउनुपर्ने अवस्थामा मन्त्रिपरिषदमा महत्वपूर्ण हैसियत ओगटेकाहरूले दुईपक्षीय सम्बन्धका प्रसंगमा दुई सरकारबीच छलफल नहुँदै निश्चित परियोजनाबारे सार्वजनिक अडान लिँदा जटिलता उत्पन्न हुने निश्चित छ ।

    नेपाल-भारत सम्बन्धको पुनर्मूल्यांकन निश्चय पनि आवश्यक छ । खासगरी वर्तमान संविधानको अपूर्णता, त्यसलाई यो अवस्थामा कार्यान्वयन गर्न नसकिने निश्चितता र ‘मधेसी’ माग सम्बोधनका नाममा हुन लागेको अर्थहीन संशोधनलाई पनि दुईपक्षीय सम्बन्धकै पृष्ठभूमिमा समीक्षा गर्नु आवश्यक छ । २०६२ मंसिरमा बाह्रबुँदेमार्फत नेपाली राजनीति र त्यसका करिब एक दर्जन नेपाली राजनीतिक पात्रलाई भारतले निर्णायक रूपमा प्रभावित गर्न थालेपछि या नेपाली नेतृत्व त्यसको लागि तयार भएपछि उत्पन्न परिस्थिति या अनिश्चितता नै नेपालको अहिलेको र भविष्यको कहालीलाग्दो नियति बन्न पुगेको छ ।
    भारतले उग्र मार्ग अपनाएका नेपाली राजनीतिक शक्तिहरूलाई जसको मित्रशक्तिका रूपमा लिँदै नेपालमा प्रोत्साहित गरेको परिवर्तन अनि त्यसले झन्डै संस्थागत गरेको ‘निषेध’ को राजनीतिले यहाँ राजनीति मात्र हैन, क्षेत्रीय र सामाजिक सद्भाव पनि बिथोलेको छ । नेपाली राष्ट्रिय पहिचानको विपक्षमा उसले समूहगत या जातीय पहिचानका लागि पश्चिम दातृ निकाय र संस्थाहरूसँग प्रत्यक्ष/परोक्ष सहकार्य गरेको छ । नेपालको संविधानमा ‘व्यक्तिगत’ र सांख्यिक, सामाजिक आर्थिक अनि अन्य हिसाबले पछाडि परेकाहरूलाई बेवास्ता गर्दै ‘ग्रुप राइट’ (अर्थात् सांख्यिक हिसाबले मजबुत क्षेत्रीय, जातीय समूहको पक्षमा) सुनिश्चित गरिँदा नेपाली राष्ट्रियता कमजोर बनेको छ ।
    भारतले ‘मधेसी माग सम्बोधन नभएको’ भन्दै संविधानलाई स्वागत गर्नबाट पन्छियो गत वर्ष, तर त्यति मात्र त्रुटि हैन, नेपालको संविधानको । संविधानमा प्रान्तीय सीमा निर्धारण गर्नै सकिएन, किनकि संविधानसभाले ‘संघीयता’ बारे कुनै छलफल नै गरेन र त्यसबारे साझा अवधारणा नै बनेन । संघीयता नै साझा र स्वीकार्य मान्यता नबनेको अवस्थामा त्यसमा संशोधनले के अर्थ राख्ला ? अनि ७ माघ २०७४ सम्म प्रान्तीय र स्थानीय निर्वाचन केका आधारमा होला ? अहिले नगरपालिका र गाउँपालिकाको सीमा विवादले हिंसाको माहोल बनाउँदै छ ।
    त्यससम्बन्धी प्रतिवेदनलाई संसद् र अन्य दलहरूमा बहस गराई साझा अवधारणा बनाउनेतर्फ सरकार र दलहरू अगाडि नबढ्दा त्यो प्रतिवेदन पनि यो संविधानजस्तै पुस्तकमा सीमित रहनेछ । कार्यान्वयन प्रयासले हिंसा नल्याउला भन्ने आधार छैन । निधिले भारतीय नेताहरूसँग संविधान संशोधनबारे छलफल नभएको बताएका छन् । तर उनले मुलुकलाई जानकारी दिनुपर्ने विषय हो, के छलफल गरे त उनले विभिन्न भेटघाटहरूमा ? अनि सम्बन्ध सहज बन्यो भन्ने निष्कर्षको आधार के ?
    दाहालले भारत जानुपूर्व सम्भवतः स्पष्ट धारणा र एजेन्डा बनाउनेछन्, नेपालले उठाउनुपर्ने विषयहरू । ओलीको भ्रमणको पृष्ठभूमि र संयुक्त विज्ञप्ति नआएको प्रसंगमा एउटा संयुक्त विज्ञप्ति जारी हुनुलाई नै ‘सम्बन्ध सहज’ भएको अर्थ लगाउनेछन् धेरैले । ‘विशेष सम्बन्ध’ सँगै सभ्यता, संस्कृति र धर्म तथा जनता जनताबीचको सम्बन्धको पनि चर्चा होला सायद । तर जब नेपालकै राजनीतिमा र संविधान लेखनमा नेपाली जनता भूमिकाविहीन बनाइएका नेपाली जनताले के दुईपक्षीय सम्बन्धमा कुनै भूमिका खेल्लान् ?
    त्यसैले शब्दजालमा हैन, यथार्थ प्रसंगमा यो भ्रमणलाई हेरिनुपर्छ । ०६३ यताको राजनीतिक अनिश्चितता त्यसमा नेपाली जनताको गुमेको भूमिका, केन्द्रीय या मियोरूपी संस्थाको भाग्य निर्धारणमा मुख्यगरी भारतको र अन्य विदेशीको निर्णायक भूमिका अनि त्यो रिक्ततापछि चीनको अभूतपूर्व उपस्थिति नेपालमा, यी महत्वपूर्ण ‘फ्याक्टर’ बारे स्पष्ट समीक्षा नगरे दाहाल यात्रा मुख्य मुद्दालाई कम्बलमुनि लुकाउने एउटा अर्को अवसर हुनेछ । चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण होस् या नहोस्, अर्को महिना नेपालमा दुवै अवस्थामा त्यसको मनोवैज्ञानिक र कूटनीतिक सन्देश नेपालभित्र मात्र सीमित रहने छैन ।
    नेपालको संविधानमा एउटा संशोधनमा अल्झिएर अनि यहाँको राजनीतिमा जवाफदेहीविना अल्झिएर भारतले उसको विशाल हैसियत र त्यही अनुपातमा हासिल हुनसक्ने विश्वास र आदरको सम्भाव्यता गुमाएको छ ।
    चीनमा सम्पन्न जी- २० को बैठकमा आफ्नो राष्ट्रिय स्वार्थ र सुरक्षाप्रति अति संवेदनशील चीनले अमेरिकी राष्ट्रपतिप्रति देखाएको व्यवहार र त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘आतंकवाद’ विरुद्ध सबै एकमत हुन गरेको आह्वानले निकै व्यापक अर्थ राख्छन् । मोदीले पूर्ववर्ती सरकारको नेपाल नीतिमा केही परिवर्तन गरेका छैनन् । तर एउटा काल्पनिक प्रश्न गर्न सकिन्छ, अहिले । के उनी २०६२/६३ मा नेतृत्वमा भएको भए बाह्रबुँदेमार्फत नेपालमा उग्र या अति वाम शक्तिसँग सहकार्य गर्न तयार हुन्थे ?
    या त्यस्तो राजनीतिलाई टक्कर दिन सक्ने परम्परागत शक्तिलाई नेपाली जनताको संलग्नताविना, अझ अर्को शब्दमा भारतीय प्रशासकहरूको निर्देशन र अनुमोदनमा समाप्त गर्नेतर्प अगाडि बढ्ने थिए त ? आज कश्मीरमा र अन्यत्र उग्रपन्थी र अति वाम राजनीतिबाट प्रताडित भारतको व्यथा उनले जसरी सर्वत्र उठाएका छन्, त्यसबाट यो प्रश्न सान्दर्भिक बन्न जान्छ ।
    हो, मोदीले यसअघि लालकिल्लाबाट समेत ‘बुलेट’ बाट ‘ब्यालट’ मा आएकोमा नेपाली माओवादीको प्रशंसा गरेका छन् । त्यो उपलब्धि हो । तर त्यो उपलब्धिले नेपालको शान्ति प्रक्रिया, प्रजातन्त्र, राष्ट्रियता, आर्थिक समृद्धिको अवसरलाई सुनिश्चित गरेमा मात्र नेपालीहरूले वास्तवमा त्यसलाई ‘उपलब्धि’ मान्नेछन् । राष्ट्रियताबारे सामूहिक आत्मनिर्णयको अवसरविना बाहिरबाट आएको बाह्रबुँदेले नेपालको पक्षमा खासै अर्थ राख्दैन, बरु अहिले देखिएजसरी भारतविरोधी भावना फैलाउँछ ।
    दाहालले यो सबै कुरा बुझेका छन् र फेरि अर्को अवसर पाएका छन्, भारतलाई बुझाउने । आठ लाख भूकम्पपीडितको लागि जनही एक लाख हात थापी ‘बाँड्छु’ भन्ने एजेन्डाका साथ उनी भारत गए भने केपी ओलीको सामना गर्न सक्ने छैन, माओवादी र नेपाली कांग्रेसले कहिल्यै पनि । मोदी नेपाल आउँदा उनले एउटा वास्तविकता स्विकारेका थिए त्यसबेलाः नेपालमा भारतीय परियोजना समयमा नसकिँदा उसको विश्वसनीयतामा कमी आएको र अब समयै कार्यान्वयन हुने आश्वासन दिएका थिए उनले ।
    यसलाई याद गराउनु आवश्यक हुन्छ, दाहालले मोदीसँग वार्ता गर्दा । ‘फास्ट ट्र्याक’ लिएर हैन, पुराना परियोजनाको कार्यान्वयनबाट भारतको विश्वसनीयता सुनिश्चित हुनेछ नेपालमा । तर त्योभन्दा महत्वपूर्ण विषय भारतले आफ्नो छाती र मनसँगै नेपालसँगको सम्बन्धलाई फराकिलो बनाउन सक्नुपर्छ । नेपालको संविधानमा एउटा संशोधनमा अल्झिएर अनि यहाँको राजनीतिमा जवाफदेहीविना अल्झिएर भारतले उसको विशाल हैसियत र त्यही अनुपातमा हासिल हुनसक्ने विश्वास र आदरको सम्भाव्यता गुमाएको छ ।
    नेपाली राजनीतिकबाट पछि हट्न र बाह्रबुँदेमार्फत भारतले प्रोत्साहित गरेका नेताहरूलाई स्थिति सम्हाल्न नेपाली जनतालाई नै प्रत्यक्ष संलग्न गर्न सुझाव दिएर भारतले आफ्नो सम्मान र विश्वसनीयता कायम गर्न सक्छ, केही हदसम्म तत्काल । त्यस्तो अवस्थामा नेपाल सरकारले दिएको आश्वासनको पनि भारत सरकारको लागि पनि विश्वसनीय बन्ने आधार तयार हुनेछ, अन्यथा यो एउटा अर्को भ्रमण मात्र हुनेछ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.