×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

सांसदहरूको प्रश्न : सेनाको काम सुरक्षा दिने कि जग्गा प्लटिङ गर्ने?

  •  
  • शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स‌ंसदीय समितिको बैठक ।

    भाद्र २४, २०७३- संसदको राज्य व्यवस्था समितिमा सांसदहरूले नेपाली सेनाले जग्गा प्लटिङ गरेको भन्दै आपत्ति जनाएका छन् । सांसदहरूले सेनाको काम जग्गा प्लटिङ गरि विक्रि गर्ने नभई मुलुकको आन्तरिक तथा बाह्य सुरक्षा दिनु रहेको बताएका हुन् ।

    रक्षा मन्त्री बालकृष्ण खाँड, सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी र कार्यवहाक प्रधानसेनापति बलदेवराज महतसमेत रहेको समितिको बैंठकमा सांसदहरूको प्रश्न थियो,‘सेनाको काम सुरक्षा दिने कि जग्गा प्लटिङ गर्ने ?’

    नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमार्फत निश्चित स्थानमा जग्गा किनेर घडेरीको रुपमा विकास गरेर आफ्ना सकलदर्जाका जवान तथा अधिकारीहरूलाई वितरण गर्दै आएको छ । त्यही योजनाका बारेमा साँसदहरुले संसदीय समितिमा छलफल भएको हो ।

    साँसद आनन्द ढुंगानाले भने,‘सेनाले जग्गा प्लटिङ गर्नेभन्दा पत्रिकामा पढ्दा मन चसक्क भयो । सेना भनेको व्यवसाय गर्ने होइन, देशको सुरक्षा गर्ने हो ।’ उनले जग्गा प्लटिङ गरेर विक्रि गर्ने काम त भू–माफियाहरूले मात्र गर्ने हुन्, त्यो काम सेनाले पनि गर्‍यो भनेर सुन्दा दु:ख लाग्छ ।

    अर्का सांसद अर्जुन जोशीले सेनाले व्यवसाय गर्दा आफूहरूलाई आपत्ति नभएको उल्लेख गर्दै भने,‘तर, आम जनतामा नेपाली सेनाको छवि फरक हुन्छ । सेनाले अन्य काम भन्दा आफ्नो सुरक्षा दिने काममै बढी ध्यान दिनु पर्छ ।’

    सांसद ब्रिजेशकुमार गुप्ताले प्लटिङ गर्ने काम सेनाको नभएको बताए । ‘उसले मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने हो । विपद् पर्दा काम गर्ने हो,’ उनले भने,‘नत्र निजामति कर्मचारीहरूले पनि व्यापार गर्न थाले भने के गर्ने ?’ सांसद तुलाराज विष्टले सेनाको छवि गुम्न नहुने बताए । उनले उसले थप छवि सुधार गर्दै जानु पर्ने सुझाव दिए ।

    सांसदहरूको प्रश्नको उत्तर दिने क्रममा रक्षा मन्त्री खाँडले सेनाले जग्गा लिएर प्लटिङ गरे पनि बाहिर सर्वसाधरणलाई विक्री नगरेको प्रष्ट पारे । उनले भने,‘यो कल्याणकारी कोषको रकमले जग्गा किन्ने हो र सेना भित्र नै घर–जग्गा नभएकालाई वितरण गर्ने हो ।’ उनले सेना भित्र सस्तो र सुलभ मूल्यमा जग्गा उपलब्ध गराइएको बताए । ‘यस्तो गर्दा अवकाश भएपछि पनि सामुहिक रुपमा बस्छन्,’उनले भने । मन्त्री खाँडले सेनाको यो क्रियाकलापलाई उपयुक्त छ भने व्यवस्थापन गर्ने, तर जनतालाई गाह्रो पर्ने देखिए बन्द गर्ने बताए ।

    कल्याणकारी कोषका प्रमुख तथा सहायक रथी गौरव तन्डुलले भने कान्तिपुरसँग कुरा गर्दै सेनाले जग्गा विक्रि नभई वितरण गरेको र यो काम २०६३ र २०६५ सालमा गरेको बताए । उनले हाल यो काम बन्द भएको जानकारी दिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.