×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

महिला सिडिओको अठोटः कर्मचारी ठग हुन्छन् भन्ने परिभाषा बदल्छु

  •  
  • बुधबार, भदौ २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    कपिलवस्तु जिल्ला प्रशासन हेर्नुहोस्, कति सफा छ !

    २२ भदौ, काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई कडा प्रशासकका रुपमा बुझ्ने गरिन्छ । नेपालका ७५ जिल्लामध्ये कपिलवस्तु मा इन्दु घिमिरे र तेह्रथुममा  मुनका न्याैपाने महिला सिडिओ छन् । कोमलताका खानी मानिने महिलाहरुले चलाएको जिल्ला प्रशासन कस्तो होला ?

    यसबारेमा प्रश्न गर्दा सहसचिव एवं कपिलवस्तुकी सिडिओ इन्दु घिमिरेले आफूले चलाएको जिल्ला प्रशासन कार्यालय हेर्न आउन आग्रह गरिन् । सिडिओको कुर्सीमा बस्दा आफूले महिला हुँ कि पुरुष भनेर नहेर्ने गरेको बताउँदै घिमिरेले महिलाहरु पुरुषको तुलनामा इमान्दार हुने जिकिर गरिन् । र, कर्मचारीहरु ठग हुन्छन् भन्ने मान्यतालाई बदलेर आफूले निजामती सेवालाई स्वच्छ बनाइछाड्ने प्रजिअ घिमिरेले प्रतिवद्धतासमेत जनाइन् ।

    निजामती दिवसको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी घिमिरेसँग अनलाइनखबर संवाददाता पुष्प ढुंगानाले गरेको संक्षिप्त कुराकानीः

    महिलाले सिडिओको जिम्मेवारी सम्हाल्दा सजिलो हुँदोरहेछ कि अप्ठेरो ?

    यसक्रममा अनुभव केही समेटेकी छु । काम गर्ने, जिम्मेवारी लिने सवालमा महिला कमजोर छैनन् । तर, हरेक पदमा पुरुषलाई देखिरहेको समाजले महिलाको उपस्थितिलाई अलि असहज मानेको जस्तो महसुस हुन्छ बेलाबेलामा । महिलाका सन्दर्भमा जस्तो सामाजिक चिनारी बनेको छ, त्यो सोचले पनि थोरै अप्ठेरो आउँछ ।

    म अहिलेसम्म लिखितबाटै आएकी हुँ, कसैको दयामायाले यो ठाउँमा आएकी होइन । कुनै जिम्मेवारीमा रहँदा जस्तो प्रकृतिको पद हो, र पुरुषले जस्ता चुनौतीको सामना गर्नुपर्छ, त्यो मैले पनि गर्नुपर्छ, जुन स्वभाविकै हो । तर, हामीले थप केही भिन्न समस्या, चुनौतीहरुको पनि सामना गर्नुपर्छ ।

    जागिर खाएँ भन्दैमा घरपरिवार चटक्कै बिर्सेर हिँड्न, आफन्त, समाजबाट महिलाहरु टाढा रहन गाह्रो हुन्छ । यी कुराहरु एउटा पाटो हुन् । पुरुषलाई भन्दा अलिकति बढी लोड र बोझ हुन्छ ।

    पुरुषले एक दुई वर्ष अध्ययन गर्छु भन्दा परिवारबाट अलग हुन सक्छ, तर हामीले पाउँदैनौँ । महिला र पुरुषवीच प्रतिस्पर्धामा कुनै सहुलियत छैन ।

    सुरुमा तपाईलाई सिडिओ बनेर जिल्लामा जान सक्नुहुन्न भन्ने प्रतिक्रिया आए कि आएनन् ?

    सहसचिव भएपछि म सामान्य मन्त्रालयमा हाजिर भएँ । त्यसक्रममा केही साथीहरुले कर्मचारीमा महिलाको संख्या वृद्धि भयो, सधैँ कहाँ रोजेको ठाउँमात्र दिन सकिन्छ र, सधैँ भनेको ठाउँ दिन सकिन्न भनेका थिए । महिलाहरुले अब त चुनौतीहरु पनि मोल्नुपर्‍यो भन्नेकुराहरु पनि आए । मलाई पनि चुनौतीको सामना गर्छु भन्ने सोच थियो । मसँग त्यसअघि स्थानीय विकास अधिकारी भएर काम गरेको अनुभव पनि थियो ।

    महिलाहरु पनि पुरुषसरह, अझै त्योभन्दा राम्रोसँग काम गर्न सक्छन् भन्ने कुरा उदाहरणबाटै देखाउनु थियो । आफैंमा पनि महत्वपूर्ण जिम्मेवारी लिनुपर्छ भनेर मैले गृह मन्त्रालय सरुवा मागेको हुँ ।

    तर, प्रमुख जिल्ला अधिकारी भएर जाँदा मैले महिला भएकै कारण भिन्नखालको त्यस्तो कुनै समस्या भोगिनँ । गृह प्रशासनमा आएपछि सुरक्षाको समन्वयन, व्यवस्थापनको थप मुख्य काम हो । बाँकी कामहरु मैले पहिले नै गरिसकेकी थिएँ ।

    सिडिओ सा’बलाई परिवार र आफन्तबाट कस्तो प्रतिक्रिया आयो ?

    मन्त्रालयमा केही महिला साथीहरुले चाँहि तपाईले सक्नुहुन्छ र म्याडम ? सम्म भने । तर, त्यो भन्दा अरु कसैले कमजोर बनाउने गरी ‘सक्छौ र ?’ भनेनन् ।

    जहाँसम्म घरपरिवारको कुरा हो, बच्चाहरु हुर्किइसकेका छन् । जिल्ला बाहिर गएर काम गर्ने मेरो चाहनामा परिवारका सदस्य, आफन्त एकदम सकारात्मक हुनुहुन्छ । तिमीले सक्दैनौ कि भन्ने प्रश्न आएन ।

    प्रशासन भ्रष्ट, विकृत भएकाले महिलाहरुलाई अगाडि बढायो भने केही व्यवस्थित हुन्छ कि भन्नेहरु पनि छन्, के यो सत्य हो ?

    यो मैले भन्ने कुरा होइन । समाजले, व्यवस्थापनले पनि महिलाले गरेको कामलाई नजिकबाट हेरिरहेको हुन्छ । हामीलाई अलिकति बद्नाम हुन्छु कि भन्ने डर बढी हुन्छ । हामी महिलाहरु आफ्नो प्रतिष्ठाप्रति निकै संवेदनशील हुन्छौँ ।

    अर्को कुरा, नियमसंगत तरिकाले काम गर्नुपर्छ । सबै नियममा बस्नुपर्छ भन्ने भावना पनि हामीभित्र हुन्छ । यस्तै अनैतिक कामहरुमा हाम्रो ध्यानै जाँदैन । यस्तै एउटा महिलाले गरेको गल्तीले समग्र महिलालाई असर पर्छ । यी पाटोहरुले गर्दा महिलाहरु बढी इमान्दार र सर्तक हुन्छन्, सत्य हो ।

    एलडीओ वा सिडिओ भएर काम गर्दा पुरुषले भन्दा मैले राम्रो गरेँ भन्ने केही दृष्टान्त दिन सक्नुहुन्छ ?

    पहिलो कुरा ऐन कानुन नियम कार्यान्वयनका सवालमा मभित्र लचकतापन छैन । कानुनले प्रष्ट तोकेको कुरामा लचक हुनुपर्छ भन्ने म मान्दैमान्दिनँ । तपाईले पत्याउन गाह्रो पर्ला म निकै कडा रुपमा कानुनको पालना गराउँछु । नत्र व्यवस्था कमजोर हुन्छ भन्नेमा म जानकार छु ।

    अर्को कुरा म अहिले कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी छु । म यहाँ आएपछि यहाँको सदरमुकाम, कार्यालय हेर्न अनुरोध गर्छु । प्रत्येक मान्छेले महसुस गर्ने गरी सरसफाइमा ध्यान पुर्‍याएकी छु । कार्यालय व्यवस्थित छ । प्रक्रिया पुर्‍याएर आएको कोही सेवाग्राही मेरो कार्यालयबाट काम नगरी र्फकनुपर्दैन ।

    Munaka-Neupane

    यहाँ त महिलाहरुलाई श्रीमानले कुट्दा महिला सिडिओ छन्, म भन्दिन्छु भनेर गुनासो गर्न आउनेहरुको संख्या बढेको छ । महिला हिंसामा कमी आएको छ । शौचालयको समेत व्यवस्था रहेन छ, मैले महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय बनाएँ । कार्यालयमा आउनेलाई खानेपानी र आरामले बस्ने व्यवस्था मिलाएकी छु ।

    यस्तै स्याङजामा हुँदा सार्वजनिक कार्यालयको जग्गा तारबार गरेर अतिक्रमणबाट जोगाएँ । सदरमुकाममै सरकारी कार्यालय रहेको जग्गा बजारले अतिक्रमण गरेको थियो, त्यो फिर्ता गराएँ । जिल्ला प्रशासन कार्यालयभित्र लेखनदासका रुपमा बसेर ठग्ने लेखनदासहरुलाई कार्यालयबाट बाहिर निकालेँ । र, सम्पूर्ण निवेदनका फम्र्याटहरु बनाएर कार्यालयकै पैसामा त्यहाँ राखिदिएँ । ती निवेदनका फारमहरु भर्न कर्मचारी राखिदिएँ । त्यसले सेवाग्राहीलाई सहज बनाइदियो ।

    कपिलवस्तुमा पनि त्यस्तै गरेँ । हरेक शुक्रबार सरकारी कार्यालय सफाइ गर्नुपर्ने व्यवस्था गर्दिएकी छु । अहिले यहाँको सरसफाइले त्यो कुरा देखाउँछ । यस्तै खानेपानीको व्यवस्था गरेकी छु । मैथली र नेपाली भाषामा अडियो बडापत्र राखेँ ।

    निजामती सेवाको सुधारका लागि थप सपना के छन् ?

    हाम्रो निजामती प्रशासन बदनाम भइरहेको छ । त्यो पनि हाम्रै कारणले । कर्मचारीहरु घुस्याहा, काम नगर्ने ठगहरु हुन् भन्ने जुन सामाजिक चिनारी बनिरहेको छ, त्यो आरोपबाट निजामति सेवालाई मुक्त पार्ने मसँग महत्वाकांक्षी सपना छ । यसका लागि केही गर्नुपर्दैन, जनतालाई सकेसम्म चाँडो सहजरुपमा सेवा दिनुपर्‍यो । नागरिकसँग बोल्न गाह्रो मान्ने, त्यही सुटबुट मान्छे आयो भने मख्ख परेर बोल्ने कर्मचारीको जुन संस्कार छ, त्यो पक्ष सुधार गर्नुपर्छ ।

    हामीमाथि लागेका सामाजिक आरोप ठग्ने र सेवाग्राहीलाई सम्मान नगर्ने हामी कर्मचारीको व्यवहारले गर्दा हो । त्यसैले सच्चिनुपर्छ । कुनै पनि प्रक्रिया पुगेको काम कर्मचारीले गर्छन, उनीहरु हाम्रो सेवक हुन् भन्ने सोच नागरिकमा ल्याउनुपर्छ, त्यस्तो प्रशासन मेरो मुख्य सपना हो ।

    सिडिओका रुपमा काम गरिरहँदा महिला भएकै कारण कुनै समस्या भोग्नुपरेको छैन ?

    खै, त्यस्तो महसुस भएन । हेर्नुस, मलाई देख्दा महिला देखिन्छ । तर, मैले महिला हुँ कि पुरुष हुँ भन्ने भावनाले कहिले काम गरिनँ । त्यस्तो यादै भएन । सिडिओ हुँ, सिडिओको कुर्सीमा बसेर गर्ने कामहरु सबै गर्छु । कुनै जिम्मेवारी निर्वाहमा कमजोरी गरेको जस्तो लाग्दैन । कुनै पनि निर्णय गर्दा वा काम गर्दा म महिला हुँ भन्ने भावना मभित्र आउँदैन । म आफैँलाई बिर्सन्छु, पद र हैसियतलाई मात्र सम्झन्छु ।

    बाहिरबाट कसरी देख्छन्, समाजले त्यसरी हेर्छ होला । तर, मैले आजसम्म महिला भएकै कारण फरक व्यवहार महसुस गर्नु परेको छैन । म महिला हुँ, तर मैले कसैसँग वार्ता छलफल गर्दा कहिल्यै कमजोर रुपमा प्रस्तुत हुन्न ।

    निजामती सेवामा महिलाको प्रतिनिधित्व सामान्यतः बढेको देखिए पनि महत्वपूर्ण पदमा उपस्थिति अझै कमजोर छ, किन होला ?

    आरणक्षको व्यवस्थाले सार्वजनिक प्रशासनमा महिलाको संख्यामा बृद्धि भएको हो । हरेक तहमा संख्या बढ्दो छ । तर, सेवा प्रवेशपछि महिलालाई अवसरमा प्राथमिकता दिने व्यवस्था छैन । यस्तो व्यवस्था नहुँदासम्म अवस्थामा परिवर्तन नआउँदो रहेछ । अहिले हामी पुरुषसँग समान प्रतिस्पर्धा गरेर काम गरिरहेका छौँ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.