×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

मानव तस्करीमा नयाँ रुट: नेपालगन्ज हुँदै किर्गिस्तान

  •  
  • आइतबार, भदौ १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किर्गिस्तान जाने भन्दै भारत हिँडेका महिला नेपालगन्ज–रुपैडिहा सीमामा रोकिए

    – ठाकुरसिंह थारू, बाँके

    भाद्र १९, २०७३- मानव तस्करीका लागि प्रमुख गन्तव्य बन्दै आएको भारतबाट नेपाली महिलालाई किर्गिस्तानसम्म पुर्‍याउन नेपालगन्ज नाका प्रयोग भइरहेको खुलेको छ ।

    किर्गिस्तान जाने भन्दै भारत जान थालेका महिलालाई नेपालगन्ज–रुपैडिहा सीमामा रोकेपछि उक्त घटना सार्वजनिक भएको हो । सीमाबाट उद्धार गरिएका उनीहरूले भारतको दिल्ली हुँदै किर्गिस्तान जान थालेको बताएका छन् । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै मानव तस्करहरूले नेपालगन्ज हुँदै भारतको दिल्ली पुर्‍याउने र त्यहाँबाट खाडी मुलुक पठाउँदै आएका छन् । खाडी मुलुकमा काम गर्न नेपालले खुला गरे पनि भारतको बाटोलाई अवैधानिक मानेको छ ।

    २०१६ जनवरीयता किर्गिस्तान जाने भन्दै भारत जान लागेका १६ महिलालाई प्रहरीको सहयोगमा नेपालगन्ज सीमामा रोकिएको छ । उनीहरूले भारतको दिल्लीमा भीसा बनाएर त्यहाँ जाने बताएका छन् ।

    ‘अरू मुलुकभन्दा किर्गिस्तानमा बढी कमाइ हुन्छ । घरभित्रै काम पाइने भएकाले त्यहाँ जान थालेको हो,’ उद्धारपछि सीमास्थित माइती नेपालको सेल्टरमा राखिएकी किशोरीले भनिन्, ‘पासपोर्ट बनाउन मात्रै खर्च भयो । भीसा नि:शुल्क पाउने र राम्रो पैसा कमाउने प्रलोभनमा त्यहाँ जान खोज्दा सीमामा रोकियो ।’ त्यसरी सीमाबाट उद्धार गरिएका अधिकांश २० वर्षमुनिका छन् । उनीहरू यसअघि कहिल्यै पनि भारत गएका थिएनन् ।

    मानव बेचबिखनविरुद्व कार्यरत संस्था माइती नेपाल नेपालगन्जले नेपाली महिलालाई खाडी मुलुक र किर्गिस्तान पुर्‍याउन नेपालगन्ज नाका प्रयोग भइरहेको जनाएको छ ।

    ‘खाडी मुलुक जानका लागि महिलालाई नेपालगन्ज हुँदै भारत लगिएका थुप्रै घटना छन् । तर, किर्गिस्तानको कुरा पहिलो पल्ट आएको छ । सुरुमा हामीलाई विश्वास थिएन । तर, हामीसँग त्यस्ता घटना पनि आउन थालेका छन्,’ माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले भने, ‘सीमाबाट उद्धार गरिएका बहिनीहरूसँग गम्भीर सोधपुछ गर्दा किर्गिस्तानमा मानव तस्करी हुँदैगरेको खुलासा भएको हो ।’

    डेढ वर्षअघि सिरिया र किर्गिस्तान पुर्‍याइएका दुई किशोरीलाई माइती नेपालले उद्धार गरेको थियो । मानव तस्करीको गन्तव्य बारे लगातार कुरा उठ्न थालेपछि भारतको दिल्ली विमानस्थलमा पहिले भन्दा केही कडाइ गर्न थालिएको छ । त्यसपछि बैंकक, श्रीलंका, बंगलादेश हुँदै पनि महिलालाई अन्य मुलुलका पुर्‍याउने गरेको उक्त संस्थाले जनाएको छ । नेपालगन्ज नाकाबाट जनवरीयता करिब ५ सय महिला तथा बालबालिकालाई जोखिमपूर्ण यात्रामा रहेको भन्दै सीमामा रोकिएको छ । तीमध्ये १६ किशोरीले किर्गिस्तान जान लागेको बताएका थिए ।

    बाँके प्रहरी प्रमुख टेकप्रसाद राईले नेपालगन्ज हुँदै किर्गिस्तान लैजाने मानव तस्करीका विरुद्व उजुरी नआएको बताए । उनले यस बारे सूक्षम अध्ययन गरिने बताए । ‘भारत हुँदै खाडी मुलुक लगिएका घटना बारे उजुरी आएका छन्,’ उनले भने, ‘यस बारे बुझ्छु ।’

    मानव बेचबिखन नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले सीमामा कडा जाँच गर्दै आएको छ । तर, त्यस्ता घटनाहरू नियन्त्रण हुन सकेका छैनन् । त्यस्तै, नेपालगन्ज नाकाबाट भारत पसेकामध्ये ४ सय १० महिला परिवारको सम्पर्कबाहिर छन् । आफन्तहरूले बेपत्ता भएकाहरूको खोजीका लागि सरकार र अधिकारवादीहरूसँग आग्रह गरेका छन् । बेपत्ता हुनेहरूमा १८ वर्षमुनिका महिला बढी छन् । तीमध्ये रोजगारीका लागि भन्दै भारत र खाडी मुलुक जानेर भनेर घर छोडेका हुन् ।

    माइती नेपाल नेपालगन्जले सन् २०१५ मा ४ सय ६१ बेपत्ता भएकोमा ५१ महिलाको खोजी र उद्धार सम्भव भएको छ । अझै पनि ४ सयभन्दा बढी महिलाको अवस्था बारे खुल्न सकेको छैन । सन् २००२ यता २ हजार ७ सय ५३ महिला हराएको निवेदन माइतीमा परेको थियो । त्यस्तै, भारत जान थालेका २ हजार ३ सय २८ महिलालाई नेपालगन्ज नाकामा रोकेर घर फिर्ता पठाइएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.