×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

लोकसेवा विधेयकको प्रावधानप्रति सेनाको आपत्ति

  •  
  • आइतबार, भदौ १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर : कान्तिपुर

    भाद्र १९, २०७३- संसदको विधायन समितिमा विचाराधीन ‘लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३’ लाई लिएर नेपाली सेनाले आपत्ति जनाएको छ । सेनामा पनि पदाधिकारी बढुवा गर्दा आयोगसँग परामर्श लिनुपर्ने भनी विधेयकमा उल्लेख गरिएको विषयमा जंगी अड्डाले आपत्ति जनाएको हो ।

    विधेयकको परिच्छेद–२ मा आयोगको कार्य सञ्चालन तथा व्यवस्थापनअन्तर्गत ‘आयोगले अन्य संगठित सरकारी सेवाको पदमा बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श दिने’ उल्लेख छ । सेनामा पदपूर्ति गर्दा लोकसेवासँग सहकार्य गर्ने कानुनी व्यवस्था भए पनि बढुवा आन्तरिक रूपमै हुँदै आइरहेको थियो । ‘हामीले आयोगलाई रक्षा मन्त्रालयमार्फत प्रतिक्रियासहित पठाइसकेका छौं,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले कान्तिपुरसँग भने ।

    सुरक्षा निकाय, अन्य संघीय सरकारी निकाय र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा उही निकायबाट सञ्चालन भइरहेकोमा संघीय संविधान जारी भएपछि लिखित परीक्षा आयोगले सञ्चालन गर्नुपर्ने भएकाले लोकसेवा आयोग ऐन, २०६६ खारेज गर्ने गरी नयाँ विधेयक प्रस्तुत गरिएको हो । सेनाले आपत्ति जनाए पनि आयोगले भने संविधानअनुसार विधेयक निर्माण गरेको छ ।

    संविधानको भाग–२३ को धारा २४३ को उपधारा ३ मा लेखिएको छ, ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तको विषयमा लोकसेवा आयोगको परामर्श लिनुपर्नेछ ।’

    विधेयकमाथि सेनाले आयोगलाई बुझाएको प्रक्रियालाई आधार मान्ने हो भने उक्त क्रियाकलाप संविधानविपरीत रहेको प्रस्ट हुन्छ । संविधान संशोधनबिना सेनाले लिएको प्रतिक्रियालाई लागु गर्न सकिँदैन ।

    लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारीअनुरूप विधेयक मस्यौदामा प्रावधान राखेको बताउँछन् । ‘हामीले पटक–पटक आवश्यक निकाय र कानुनी विज्ञसँग छलफल गरी विधेयकको प्रस्ताव गरेका हौं,’ उनले भने, ‘प्रस्तावित विधेयक मन्त्रिपरिषद्मा बुझाउने हो ।

    त्यसपछि हाम्रो जिम्मेवारी सकिन्छ ।’ उनले विधेयक संसदमा पुगेको उल्लेख गर्दै असन्तुष्ट पक्षले त्यहाँ गएर धारणा राख्न पाउने बताए । उनले पूर्ववर्ती सरकारका उपप्रधान तथा रक्षामन्त्री भीम रावलको संयोजकत्वमा विधेयक हेर्ने समिति बनेको र उक्त समितिले पारित गरी संसदमा पठाएको बताए ।

    मैनालीले अन्य सुरक्षा निकाय प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानसहित निजामतीको बढुवा र उजुरीमा आयोगले परामर्श दिँदै आइरहेको उल्लेख गर्दै भने, ‘आयोगको अध्यक्ष वा उनले तोकेका एक सदस्यको नेतृत्वमा ती संगठनहरूमा प्रतिनिधिका रूपमा गएर काम हँुदै आइरहेको छ ।

    यसको मतलब आयोगले कसैको बढुवा वा घटुवा गर्ने भन्ने होइन । सबै कुरा संगठनले नै तयार गर्ने हो । त्यहाँ कर्मचारीलाई दिने नम्बरलगायत कुरा संगठनबाटै हुने हो । आयोगबाट त एक गरिमामय संस्थाको हिसाबले मानार्थ प्रतिनिधिका रूपमा जाने हो । जसमा आपत्ति जनाउनुपर्ने कुनै कुरा छैन ।’ उनले आयोगले आफ्नो स्वार्थ नभई संविधानअनुसार विधेयक प्रस्ताव गरेको र त्यहीअनुसार अघि बढेको बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.