×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

९ जिल्लाका ५७ बस्ती सार्नुपर्ने

  •  
  • आइतबार, भदौ १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र १९, २०७३- भूकम्प प्रभावित ९ जिल्लाका ५७ मानव बस्तीलाई ‘जोखिमयुक्त’ ठहर गर्दै तत्काल अन्यत्र सुरक्षित स्थानमा बसोबास गराउनुपर्ने भूगर्भविद्को अध्ययनले देखाएको छ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्देशक समितिका विज्ञ सदस्यले झन्डै एक महिना लगाएर गरेको अध्ययनमा भूकम्प प्रभावित रामेछाप, नुवाकोट, ओखलढुंगा, धादिङ, रसुवा, गोरखा, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका सानाठूला ५७ बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको हो।

    ‘पहिरोको जोखिम निरन्तर रहेको, परकम्पले जमिनमा धाँजा फाटेको र बसोबासमा कमजोर निर्माण संरचनाका कारण भूगर्भविद्को टोलीले जोखिमयुक्त बस्तीको सूची तयार गरेको हो,’ प्राधिकरणमा निर्देशक समितिका विज्ञ भूगर्भविद् डा.तारानिधि भट्टराईले कान्तिपुरसँग भने, ‘अध्ययन प्रतिवेदन बुझाएका छौं, जोखिमयुक्त बस्ती स्थानान्तरणबारे अब सरकारले निर्णय लिनेछ।’ स्थलगत अध्ययनमा निर्देशक समितिबाट ११ जना भूगर्भविद्को टोली खटिएको थियो। प्रभावित जिल्लाका हरेक गाविसमा तीन दिनको समय राखेर अध्ययन गरिएको थियो। यो चरणमा ९ जिल्लाका १ सय १७ गाउँको अध्ययन गरिएको हो।

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण र पुन:स्थापनाको प्राथमिकता निर्धारण गर्ने क्रममा जोखिमयुक्त बस्तीको निर्धारण जरुरी रहेको बताए। उनले अर्को चरणमा थप भूकम्प प्रभावित जिल्लाको भौगर्भिक वस्तुस्थिति पहिल्याइने बताए। ‘कतिपय जिल्लामा भूकम्पपछि बाढीपहिरोको पनि निरन्तर प्रभाव रह्यो,’ ज्ञवालीले भने, ‘यसकारण भूकम्पसँगै जोडेर प्राकृतिक विपत्तिमा परेका बस्तीको भौगर्भिक अवस्था पहिचान गरिएको हो ।’

    अध्ययनले नुवाकोटमा सबभन्दा बढी भूकम्प प्रभावित मानिएका २८ मध्ये १५ बस्तीलाई जोखिमयुक्त ठहर गर्दै तत्कालै स्थानान्तरणको सिफारिस गरेको छ। नुवाकोटमा लच्याङ–९ को पत्तपुर टोल (७ घरधुरी), किम्ताङ गाविस–५/६/८ को मेन्वो, तल्लो किम्ताङ र पारादेङ टोल (२१ घरधुरी) तथा गोस्र्याङको काब्रे टोलका ६ घरधुरीलाई तत्काल सुरक्षित स्थानमा सार्न सिफारिस गरिएको छ।

    नुवाकोटकै उर्लेनी–१/२ को काल्चे, च्यानडाँडा, थिङ टोल, वाइवा टोल, स्याङतान टोल र छोलुङका झन्डै ७५ घरधुरी जोखिमयुक्त छन्। महाकाली, घ्याङफेदी गाउँका ढकालथोक, मुलाबारी, बुँदे, जेब्रान, कल्लेरी, नेगी, सेल्जुङ, घ्याङडाँडा, सिसिपु, यर्पोपानी, सेलेलो भित्ता, नयाँ गाउँ, पिङवा डाँडा, चेतान, लप्सोखर्क टोलबस्तीका १२० घरधुरीसमेत जोखिममा छन्। ओखलढुंगाका ९ मानव बस्ती पनि तत्काल स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको छ। अध्ययनअनुसार रगनी–३/४ को गैरीगाउँ (४६ घरधुरी), पोकली–२ को दमाइटोल (११ घरधुरी), टारकेराबारी–२ को मजुवा गाउँ (१७ घरधुरी), गाम्नाङटार–५ को कात्तिके (१६ घरधुरी), यसम ७/८ को घुर्बिसे बिसुनढुंगा (७ घरधुरी), फूलबारी–६ डडुवाको १६ घरधुरी तथा एक विद्यालय जोखिममा छन्।

    यसैगरी, जिल्लाका फूलबारी गाविसकै चनौटे तथा जल्केनीका १८ घर र एक विद्यालयलाई स्थानान्तरण गर्नुपर्ने सझुाव दिइएको छ। ओखलढुंगाकै बिलन्दु–८ को खानीगाउँ, कुइने टोलका २४ घरधुरी र हर्कपुर–९ केराबारीको एक विद्यालय, एक चर्च र १६ घरधुरीसमेत जोखिमयुक्त अवस्थामा छन्।

    यसैगरी, रसुवाका जोखिमयुक्त ७ गाउँमध्ये लाङटाङ–६/४ को बस्तीलाई ‘पूर्णत: जोखिमयुक्त’ भन्दै यहाँ बस्ती बसाल्न नसकिने भौगर्भिक स्थिति देखिएकाले हिमआँधी तथा पहिरोको जोखिमबाट बचाउन बस्तीलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको छ। यसैगरी, हाकु गाविस–९ को गोगने, ठूलोगाउँ–१ को लायुन, डाँडागाउँ ६/७ को चिप्लेटी र सिरुचेत टोलबस्तीलाई पनि ‘तत्काल स्थानान्तरण’ गर्नुपर्ने सूचीमा राखिएको छ।

    गोर्खा र धादिङबाट ६/६ बस्तीलाई जोखियुक्त ठहर गर्दै अर्को प्राकृतिक विपत्ति बेहोर्नै नसक्ने यी जिल्लाभित्रको अवस्थालाई ‘संवेदनशील’ ठहर गरिएको छ। अध्ययनअनुसार गोर्खाको केरौजा–१/२/३/४ गाविसका केरौजा बस्तीका केरौजागाउँ, रौजाबेसीगाउँ, केरौजाबेसी, उहिया गाउँको माछीखोलास्थित बस्ती पनि तत्काल ‘स्थानान्तरण’का लागि सिफारिस गरिएको छ।
    धादिङ रिको रिचेत गाउँको समतल भागबाट बस्ती उठाउनुपर्ने सुझाव दिँदै अध्ययन टोलीले यो क्षेत्रमा अझै पनि भूकम्पपीडित नागरिक टेन्टमा कष्टपूर्वक आश्रित रहेको जनाएको छ। यस्तै, लापा गाविसका बस्तीहरूमा पनि भौगर्भिक स्थिति नाजुक रहेको भन्दै रि र लापाका झन्डै एक सय घरधुरी जोखिमयुक्त रहेको जनाइएको छ।

    रामेछापको भुजी गाविसको कोलडाँडा तथा बराइली बस्तीका ३६ घरधुरी जोखिम अवस्थामा बसिरहेको भन्दै तत्कालै स्थानान्तरणको सिफारिस गरिएको छ। जिल्लाकै दुरागाउँ गाविसअन्तर्गत कात्तिके डाँडा तथा रघुनास डाँडामा बसिरहेका ४९ घरधुरी पनि जोखिमयुक्त अवस्थामा बसोबास गरिरहेका छन्। सिन्धुपाल्चोकमा समेत ५ मानव बस्तीको बसोबासलाई जोखिमयुक्त ठहर्दै लिस्तिकोट–४ को गुम्बा टोल, गुम्बा–२ को तापगाउँ टोल र बाह्रबिसे–७ को रुम्ती बस्तीलाई तत्काल सुरक्षित ठाउँमा सार्न सिफारिस गरिएको छ। यस्तै, जलबिरे–१ को खमारे र बाराम्ची–१ को बेते बस्ती पनि स्थानान्तरण गरिनुपर्ने सूचीमा परेका छन्। सिन्धुपाल्चोकबाट झन्डै एक सय घरधुरी तत्काल पुन:बसोबासमा लगिनुपर्ने अध्ययनले देखाएको छ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.