×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

कर्मचारीको रोजाइ कमाउ कार्यालय !

  •  
  • आइतबार, भदौ १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धेरैको रोजाइ अर्थ, गृह र स्थानीय, अख्तियारमा विकर्षण !

    पुष्प ढुंगाना

    १९ भदौ, काठमाडौं । इच्छाएको कार्यालयमा सरुवा गरिदिन माग गर्दै कर्मचारीहरुले सामान्य प्रशासन मन्त्रालयमा दिएका निवेदनहरु अलपत्र परेका छन् । अधिकांश निवेदकको रोजाइमा कमाइ हुने भनेर चिनिएका कार्यालयहरु परेका छन् ।

    सामान्य प्रशासन मन्त्रालयले मन्त्री नियुक्त नभएको भन्दै अन्तरमन्त्रालय कर्मचारी सरुवा नगरेपछि नियमावली नै संशोधन गर्नुपर्ने भएको छ । यसबाट सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगबीच द्वन्द्व बढेको छ ।

    निजामती सेवा नियमावलीमा कर्मचारीको अन्तरमन्त्रालय सरुवा साउन मसान्तभित्र र मन्त्रालय अन्तरगतका विभाग वा कार्यालयमा भदौ महिनामा सरुवा गर्नुपर्ने व्यवस्था छ । तर, सो समयसीमाभित्र मन्त्रालयले सरुवा नगरेपछि नियमावली नै संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको छ र कर्मचारीहरुको सरुवा प्रक्रिया पनि अवरुद्ध भएको छ ।

    कसको रोजाइ कहाँ ?

    विहीबारसम्मको तथ्यांक अनुसार सामान्य प्रशासन मन्त्रालयमा ३ हजार २३ जनाले सरुवाका लागि निवेदन दिएका छन् । त्यसमध्ये ३ सय २४ जना श्रेणीविहीन कर्मचारीहरु छन् ।

    श्रेणीविहीन कर्मचारी भनेका कार्यालय सहयोगी हुन् । सरुवाको माग गर्ने ९० प्रतिशत श्रेणीविहीन कर्मचारीहरुले अर्थ मन्त्रालय रोजेका छन् । ३ सय २४ मध्ये २ सय ३९ जनाले अर्थ मन्त्रालयमा सरुवा गरिदिन आग्रहसहित निवेदन दिएका छन् ।

    यस्तै यो वर्ष खरिदार वा सो सरहका ९ सय ९० जनाले सरुवा माग गरेका छन् । यसरी सरुवा माग गर्ने खरिदार तहका अधिकांशको रोजाइ भौतिक योजना निर्माण तथा यातायात मन्त्रालय रहेको छ ।

    सुब्बा तहका १२ सय ४९ जनाले भौतिक योजना तथा यातायात मन्त्रालयमा सरुवाको इच्छा देखाएका छन् । विहीबारसम्म मन्त्रालयमा सरुवाका लागि निवेदन दिएका १२ सय ४९ जनामध्ये ३ सय ८१ जनाले भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयमा सरुवा हुन माग राखेका छन् । भौतिक मन्त्रालय सरुवा हुने कर्मचारीहरुले यातायात, सडक विभाग जस्ता कमाउ कार्यालय जाने इच्छा देखाएका छन् ।

    अधिकृतहरु पैसा र प्रतिष्ठा खोज्दै

    सरुवा निवेदन दिनेहरुमा ३ सय ३३ जना अधिकृत तहका कर्मचारी छन् । उनीहरुले स्थानीय विकास, भौतिक योजना, निर्माण तथा यातायात, गृह मन्त्रालय र लोकसेवा आयोगमा रुची देखाएका छन् ।

    लोकसेवामा प्रोत्साहन भत्ता, उत्तरपुस्तिका परीक्षण लगायतका व्यवस्था भएकाले पनि कर्मचारीको रुची बढेको छ ।

    लोकसेवामा राजनीतिक हस्तक्षेप नहुने, सितिमिति सरुवा नहुने तथा उत्तरपुस्तिका परीक्षण र परीक्षा सञ्चालनमा संलग्न भएवाफत अतिरिक्त भत्ता पनि पाइने भएकाले लोकसेवामा जान कर्मचारीहरुले इच्छा व्यक्त गर्दछन् ।

    यस्तै स्थानीय विकास, गृह मन्त्रालय अन्तरगतका कार्यालयमा अधिकृतले कार्यालय प्रमुख भएर काम गर्ने अवसर प्राप्त गर्ने हुँदा अधिकृतहरुको ध्यान त्यतातिर पनि केन्द्रित भएको छ । भौतिक मन्त्रालय अन्तरगत जाने कर्मचारीको चासो भने यातायात कार्यालय, सडक विभागमा रुचि देखिने मन्त्रालयको बुझाइ छ ।

    ३ सय ३३ जना अधिकृतमध्ये लोकसेवा आयोगमा ५८ जनाले सरुवा गरिदिन आग्रहसहित निवेदन दिएका छन् ।

    यसैगरी ५२ जनाले भौतिक मन्त्रालय रोजेका छन् । स्थानीय विकास मन्त्रालय रोज्ने अधिकृतहरुको संख्या भने ४९ जना छ । अर्थ मन्त्रालयमा ३३ जनाले सरुवाको इच्छा देखाएका छन् ।

    उपसचिवको चासो स्थानीय र गृहमा

    यसपटक एक सय ३ जना उपसचिवले अन्तरमन्त्रालय सरुवाको निवेदन दिएका छन् । तीमध्ये ३९ जनाले स्थानीय विकास मन्त्रालयमा सरुवा मागेका छन् ।

    २० जनाले गृह मन्त्रालय र १० जनाले प्रधानमन्त्री कार्यालय रोजेका छन् ।

    गृह मन्त्रालयमा उपसचिवले पनि प्रमुख जिल्ला अधिकारी बनेर सिंगो जिल्लालाई कमाण्ड गर्ने अधिकार पाउने भएकाले धेरैजसोले गृहलाई रोज्ने गरेका छन् ।

    यसैगरी स्थानीय विकास मन्त्रालयका कर्मचारीहरु स्थानीय विकास अधिकारी बन्ने दाउँ खोज्छन् । स्थानीय विकास अधिकारीले सिंगो जिल्लाको करोडौं बजेट परिचालन गर्न पाउने भएकाले पनि स्थानीय विकास मन्त्रालयका कर्मचारीहरु एलडीओ बन्न चाहान्छन् ।

    यसैगरी ७ जनाले शिक्षा मन्त्रालय र ६ जनाले पर्यटन मन्त्रालयमा सरुवा मागेका छन्

    अख्तियारमा भने उपसचिवको आकर्षण देखिएको छैन । उपसचिव बाबुराम अर्यालले मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवाको माग गर्दै निवेदन दिएका छन् ।

    भ्रष्टाचारविरुद्ध सक्रिय अख्तियारका कर्मचारीहरु अन्य कर्मचारीहरुको आँखाको तारो बन्ने गर्छन् । त्यसैले जोखिम मोल्न नचाहने र आँखाको तारो बन्न नचाहनेहरु अख्तियारमा जान हिच्किचाउने गरेको प्रशासन सेवाका जानकारहरु बताउँछन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.