×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

दाहाल सरकारलाई बाबुरामले गरे लोकेन्द्रबहादुर र सूर्यबहादुरसँग तुलना

  •  
  • शनिबार, भदौ १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिर : अंगद ढकाल/कान्तिपुर

    भाद्र १८, २०७३- नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारलाई पनि लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा सरकारसँग तुलना गरेका छन् ।

    तेस्रो पार्टीले सरकारको नेतृत्व गर्नु गैरराजनीतिक चरित्र भएको भट्टराईको भनाइ थियो । ‘हिजो बहुदलीय व्यवस्था पनि त्यहीँबाट बदनाम भएको हो,’ पत्रकार अनिल थापाद्वारा लिखित ‘अविराम बाबुराम’ पुस्तक राजधानीमा शनिबार विमोचन गर्दै भट्टराईले भने, ‘कांग्रेस र एमाले ठूलो शक्ति थिए नि तर १५/२० सिट भएको राप्रपाका लोकेन्द्रबहादुर चन्दलाई एमालेले, सूर्यबहादुर थापालाई कांग्रेसले बनायो ।’

    सत्ता फेरबदलले नै पहिलो संविधानसभाबाट संविधान लेख्न नसकिएको भट्टराईको संकेत थियो । ‘पहिलो संविधानसभामा पनि माओवादी र कांग्रेस मिलेका भए एमालेका साथीहरुले त्यो समस्या झेल्नुपर्दैनथ्यो नि,’ उनले भने, ‘कहिले विचरा माधव नेपालको टाउकोमा हालिदिएको छ कहिले झलनाथजीको टाउकोमा हालिदिएको छ, अहिले प्रचण्डजीको टाउकोमा हालिदिएको छ ।’

    दाहालले सरकारको नेतृत्व गरेर गल्ती गरेको भट्टराईको भनाइ थियो । ‘अहिले म प्रचण्डजीको ठाउँमा भए सत्तामा जान्न थिएँ,’ उनले भने, ‘बरु उहाँले यी कुराहरु (संविधान कार्यान्वयन) गरौं म समर्थन गर्छु भनेर कांग्रेस–एमालेलाई भन्नुपर्थ्यो ।’

    प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीबीचको सत्ता राजनीतिले संविधान कार्यान्वयन नै जटिल मोडमा पुगेको भट्टराईले बताए । उनले भने, ‘तीन पार्टीबीच अहिले सर्प, भ्यागुत्तो र बिच्छीजस्तो भएको छ, उसले उसको खुट्टा टोक्ने, मुलुक यो भूमरीमा फसेको छ ।’

    संसदमा रहेका तीनवटा शक्तिहरु सरकार बनाउने र गिराउने खेलमामात्रै रहने हो भने आगामी डेढ वर्षभित्र तीनवटै निर्वाचन हुन नसक्ने भट्टराईको ठोकुवा थियो । आफ्नै नेतृत्वमा चुनाव गर्ने अडान केवल धाँधलीका लागि भएको उनको दाबी छद्ध । ‘अहिले भएका दलहरुले आफ्नै नेतृत्वमा चुनाव गराउनुपर्नेछ, किन गराउने भन्नु त धाधली गरेर जित्न होइन ?,’ उनले भने, ‘एमालेले एमालेकै नेतृत्वमा, कांग्रेसले कांग्रेसकै नेतृत्वमा, माओवादीले माओवादी कै नेतृत्वमा चुनाव गराउनुपर्ने कि ? जसको नेतृत्वमा भए पनि हुन्छ नि ।’

    भट्टराईले सिमांकनको मुद्धा टुंग्याएर आदिवासी, जनजाति, मधेसीका माग पूरा गर्नुपर्नेमा जोड दिए । उनले आफूले संविधान कार्यान्वयन गर्न छाडेर नयाँ शक्ति बनाउने निर्णय २०३४ सालकै भएको उल्लेख गरे ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.