×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

नारायणगढ मुग्लिन सडक ः २२ किमीमा ३२ स्थानमा जोखिम

  •  
  • शनिबार, भदौ १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बसन्त पराजुली

    राजधानी काठमाडौंलाई तराइका जिल्लाहरू सग जोड्ने मुख्य सडक नारायणगढ मुग्लिन सडकको यात्रा जोखिम बढ्दै गएको छ । यो सडकमा पछिल्ला दिनमा वढ्दै गएका शृङ्खखलावद्ध दुर्घटना पछि प्राविधिक टोलीले गरेको अध्ययनमा यो सडकका ३२ स्थानलाई दूर्घटनाको जोखिम क्षेत्र औल्याइएको हो । जवकी यो सडक ३६ किलो मिटर दूरी को छ ।

    “यो सडकमा सवै भन्दा जोखिम जुगेडी देखि मुग्लिन सम्मको २२ किमि सडक क्षेत्र हो । यहाँ ३२ ठाउँमा दूर्घटनाको सम्भावना उच्च देखिएको छ”, ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख टाफिक प्रहरी निरिक्षक राजन भेटवालले भन्नुभया,े “यसरी हेर्दा प्रत्येक किलोमिटर दुर्घटनाको उच्च जोखिम क्षेत्रमा पर्छ ।”
    जिल्ला ट्राफिक कार्यालय चितवन र सडक कार्यालयका प्राविधिक टोलीले सो अध्ययन गरेका हुन् ।
    अघिल्लो शुक्रवार विहान २५ जनाको ज्यान जाने गरी त्रिशुलीमा ग १ ख ३७०९ नम्वरको वस खस्यो भने ६ जना गंभिर घाइते हुने गरि शनिवार ना३ख ४५५६ नम्वरको माल वहाक ट्रक त्रिशुलीमै खस्न पुग्यो ।
    यस्तै इलाका प्रहरी कार्यालय मुग्लिनमा रहेको तथ्याङ्कले पनि पछिल्ला वर्षहरुमा यो सडकमा सवारी साधनको दुर्घटना वढ्दै छ भन्ने देखाउछ ।
    कार्यालयका अनुसार २०७१ । ०७२ मा १४२ दुर्घटना भएकोमा ०७२ । ७३ मा वढेर २४० पुगेको छ । यो सख्या २०७३ । ७४ मा अझै वढ्ने सक्रेत प्रष्ट देखिएको छ । यो आर्थिक वर्षको डेड महिना नपुग्दै ४९ दूर्घटना भएका छन् । यो सडकमा विगत दूइ वर्ष यता दूर्घटना कै कारण ७७ जनाको मृत्यु भै सकेको छ भने ६१९ जना घाइते भएका छन् । यसरी दूर्घटना वढ्दै गएपछि प्राविधिक टोलीले सो अध्ययन गरेका हुन् ।
    “अहिले जति दूर्घटना भै रहेका छन् अधिकाश चालककै लार्पवाहीले भएका हुन्”,
    चितवनका ट्राफिक प्रहरी निरिक्षक भेटवालले भन्नुभयो, “साघुरो, उकालो ओरालो र घुम्ति धेरै भएको नारायणगढ मुग्लिन सडकको जीर्ण अवस्था पनि दूर्घटना वढ्नुको कारण हो ।”
    अहिले सडकको माथिल्लो भागको चौडाई साढे पाँच देखि ६ मिटर मात्रै छ । वढ्दो सवारी साधनको चापलाइ मध्यनजर गर्दा यो कम हो । दूर्घटना जोखिम क्षेत्र सडकको त्रिशुली नदी किनार तर्फ रेलिङ निर्माण, प्यारफिट निर्माण, ग्याविन वाल निर्माणको काम अगाडि सार्न पनि प्राविधिक टोलीले सुझाव दिएको छ ।
    नारायणगढ मुग्लिन सडकमा अहिले ३० मिटर गोलाइ भन्दा कम गोलाइ भएका घुम्ति घुमाउने, सेति दोभान, दासढुगा , तीन नम्वर पुल, जलविरे लगाएतका सात स्थान भन्दा वढी छन् । जुन बढी दुर्घटना हुने स्थल वनि रहेका छन् । एशियाली सडकको मापदण्डले पनि कम्तिमा ४० मिटर भन्दा वढी गोलाइ भएका घुम्ति रहनुपर्ने उल्लेख गरेको छ ।
    “सडक साघुरा छन् । घुमाउरो धेरै छ अगाडिवाट आएको सवारी साधनलाइ बीचमा रहेको पहाडले छेक्दा देखिदैन अनि दूर्घटना हुन पुगेको छ”, नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनाल भन्नुहुन्छ, “अव सडक विस्तार गर्दा अन्तराष्ट्रिय मापदण्ड पुग्ने गरि अगाडि बढ्नुपर्छ । ”
    “ चालीस किलोमिटरको प्रतिघण्टाको गतिमा गाडी गुड्दा घुम्तिमा अगाडिबाट आउने साधनलाई गाडी ठोक्निवाट वच्नका लागि बीचको फरक ८५ मिटरको दुरी हुनुपर्छ तर त्यो पनि छैन”, इन्जिनियर खनालले भन्नुभयो । उहाँले यथास्थितिमै सडक राखि रहने हो भने दूर्घटना अझै वढ्दै जाने निश्चित रहेको पनि वताउनुभयो ।
    उहाँका सडक पूर्ननिर्माणकै क्रममा रहेको यो राजमार्गका सवै स्थानका घुम्तिालाई कम्तिमा ४० मिटर गोलाइ भन्दा वढीका बनाउने गृहकार्य भै रहेको पनि जानकारी दिनुभयो । सडक विस्तारका लागि आयोजनाले दुई अर्व ९० करोड वजेट खर्च गर्दै छ । सन् २०१५ अप्रिल वाट शुरु भएकोसडक निर्माणको काम २०१७ को अगष्टमा सकिने योजना छ ।
    “सडक आफैमा समस्या होला तर सडकलाई मात्रै दोष लगाएर उम्कन मिल्दैन”, ईन्जिनयर खनालले भन्नुभयो, “ चालकको लार्पवाही दूर्घटनाका प्रमुख कारण हुन् भने ट्राफिकले गर्नुपर्ने नियमित कार्य पनि प्रभावकारी गर्न नसक्नु दोश्रो समस्या हो ।”

    सडकमा गुड्ने थोत्रा सवारी साधनको अवस्था, सडकमा अत्यावश्यक सडक संक्तेतको अभाव पनि दूर्घटना वढ्नुको कारण हो । अदक्ष चालकले सहजै चालक अनुमति पत्र पाइरहने अवस्था नरोकिए सम्म दूर्घटना रोकिदैन । यसको नियन्त्रणमा सवै पक्षको ध्यान पुग्नुपर्ने आवश्यकता औल्याइएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.