×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

भारतीयलाई सूचना बेच्ने को हुन् संदिग्ध बराल

  •  
  • शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ – समाजमा फरक–फरक खालका मान्छे छन् । ती मध्ये धेरै प्रतिशत सद्दे छन् भने केही मान्छे नकारात्मक प्रवृत्तिका छन् । समाजको परिवर्तन गर्छु भनेर राजनीतिक पार्टीमा सम्बद्ध भएको मान्छेको सोच त साँच्चै सकारात्मक हुनुपर्छ । नत्र राजनीतिमा नलागेपनि हुन्छ ।

    तर त्यसको ठिक विपरित सकारात्मक भन्दा नकारात्मक धन्दामा लाग्ने र आफू सम्बद्ध पार्टीलाई समेत बदनाम गराउने धन्दामा नेकपा(माओवादी केन्द्र)का नेता बताउने निर्मल बराल देखिएका छन् । खासमा उनको परिचय ठूलो नेताको रुपमा छैन । उनी जिल्लास्तरका सामान्य नेता हुन् तर उनको धन्दा भने नपत्यादो खालको रहेको छ । उनी नेपालको गोप्य सूचना भारतीय खुफिया एजेन्सलाई बेच्छन् र आफू क्रान्तिकारी एवम् महान तथा गौरवशाली पार्टीको सदस्य भएको दावी गर्छन् ।

    एक स्रोतले दिएको जानकारीअनुसार बरालले प्रयोग गर्ने ९८४२०५७९२९ नम्बरको मोबाइलबाट भारतीय दूतावास र एजेन्सीका अधिकारीसँग सातामा पाँच पटक जसो कुराकानी हुने गरेको कल डिटेलमा देखिएको छ । उनले पछिल्लो पटक सरकार परिवर्तन हुने बेलामा मात्रै सो नम्बरबाट सातामा १३५ मिनेट कुराकानी गरेको रेकर्ड देखिएको छ ।

    यस्तै पश्चिमा संदिग्ध एनजिओका अधिकारीहरुसँग मात्रै बरालले १४० मिनेट कुरा गरेको कल डिटेलमा देखिएको छ । बराल र भारतीय खुफिया एजेन्सीका अधिकारी र पश्चिमा संदिग्ध एनजिओकर्मीसँग गरिएको कुराकानी र टेक्स म्यासेजमा नेपालको महत्वपूर्ण सूचना बेचिएको अनुमान गर्न सकिने स्रोतले बताएको छ ।

    प्रकाश र गिरराजमणिको नाम बेच्दै धन्दा गर्दै
    बरालले नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ प्रकाश र अर्का नेता गिरिराजमणि पोखरेलको नाम बेच्दै आफ्नो धन्दा चलाउने गरेका छन् । भए नभएका अनावश्यक कुरा लगेर नेताको बुद्धि भुट्नेदेखि अनावश्यक काम गराउन दबाव समेत बरालले दिने गरेको ती नेताका निकटस्थले बताउने गरेका छन् । उनले पत्नी एवम् सांसद् अनिता परियारलाई समेत गलत धन्दामा प्रयोग गर्ने गरेको स्रोतको दावी छ ।

    उनले अनिता दलित हुन्, उनले भनेको जे पनि हुन्छ भन्दै गफ दिने गरेको बताइन्छ । खुफिया एजेन्सीसँग कहिले काही सांसद पत्नी अनिताको नम्बरबाट समेत फोन गर्ने गरेको कल डिटेलमा देखिन्छ । उनले पछिल्लो पटक शिक्षा मन्त्री बनेका धनीराम पौडेललाई पनि शिक्षा मन्त्री भन्दा स्वास्थ्य मन्त्री बन्नुपर्छ भन्दै उकासेका थिए । बरालले नारायणकाजी र गिरिराजमणिको बायोडाटा समेत बेचेको बताइन्छ ।

    शिक्षामा पैसा छैन दाई, स्वास्थ्यमन्त्री बने गैरसरकारी संस्थाको पैसा पनि चलाउन पाइन्छ, मालामाल भइन्छ भन्दै तीन पटक भन्दा बढी भेटघाट गरेका थिए । तर पौडेलले मसँग यस्तो प्रस्ताव लिएर आउने भए अबदेखि नभेटे हुन्छ भनी थर्काएर पठाएपछि धनीरामले गरिखाँदैन भन्दै बरालले गफ दिने गरेका छन् ।

    धनीराम खत्तम मान्छे रहेछ मैले भनेको मानेन नी भन्दै बरालले चिया पसलमा कुरा काट्ने गरेको बताइन्छ । त्यसो त तत्कालीन स्वास्थ्यमन्त्री अमिक शेरचनको नाम लिएर बरालले करोडौं रुपैयाँ स्वास्थ्यका कर्मचारीसँग उठाएको बताइन्छ । सरुवा मिलाइदिन्छु, बढुवा मिलाइदिन्छु भन्दै बरालले रकम उठाएपनि कुनै पनि काम नभएपछि स्वास्थ्यका कर्मचारी बराल खोज्दै हिँडेका थिए त्यतिखेर ।

    स्वास्थ्यका एक उच्च अधिकारीले भने माओवादीभित्र बराल जस्ता भ्रष्ट र गन्हाएका मान्छे पनि छन् भन्दा पत्याउन गाह्रो होला तर बराल हद दर्जाको भ्रष्ट व्यक्ति रहेछन् । उनले शेरचनको नाम बेचेर उठाएको रकम फिर्ता माग्न जाँदा टाउको खोलामा ज्यान झोलामा बनाइदिन्छु भन्दै स्वास्थ्यका चार कर्मचारीलाई थर्काएको स्रोतको दावी छ ।
    महिला देख्नै नहुने
    बरालको अर्को समस्या भनेको केटी मान्छे देख्नै नहुने रहेको उनका निकटस्थहरु बताउँछन् । २०४९ सालमा तत्कालीन एकता केन्द्रको विद्यार्थी संगठनको केन्द्रीय सदस्यबाट राजनीतिमा उदाएका बरालले आधा दर्जन बढी महिलालाई माया जालमा पारेर उनीहरुको सतित्व लुटेको बताइन्छ । उनकी पूर्व–पत्नी इन्दिरा त्यसैको एक उदाहरण हुन् । छोरा नपाएको भन्दै बरालले इन्दिरालाई कहिले डाडुले त कहिले कुकरले हानेर घाइते नै बनाएको बताइन्छ ।

    इन्दिराका माइती पट्टीका आफन्तले दिएको जानकारीअनुसार बराल छोरा जन्माउन चाहन्थे तर पत्नीले छोरी पाएपछि यातना दिने क्रम सुरु भएको थियो । पत्नीलाई मरणासन्न हुने गरी कुटेपछि आफन्तले काठमाडौँ ल्याएर उपचार गराएका थिए । यता लाहानबाट प्रकाशित हुने पूर्व साप्ताहिकमा काम गर्दा गर्दै हालकी पत्नी अनितालाई पनि माया जालमा फसाएका थिए बरालले ।

    अनुचित क्रियाकलाप गर्दै गर्दा पत्रिकाका तत्कालीन सम्पादक रामरिझन यादवले रंगेहात फेला पारेपछि बाध्यतामा परेर बरालले अनितालाई विवाह गरेका थिए । विवाह गरेपनि हालसम्म घर भित्र्याएका छैनन् उनले । तर अनितालाई पनि मानसिक यातना दिने क्रम जारी रहेको बताइन्छ ।

    २०६२÷६३ को आन्दोलनपछि सुनसरीको पार्टी इन्चार्ज समेत बनेका बरालललाई हेटौडा पूर्व र झापा पश्चिमका चिन्ने जान्ने भ्रष्ट र पतित व्यक्तिका रुपमा चिन्ने गर्छन । सार्वजनिक सवारीमा समेत बराल यता नदेखिए हुन्थ्यो भन्दै कुराकानी हुने गरेको बताइन्छ ।

    पछिल्लो पटक एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएपछि सरकारलाई विश्वासको मत दिने अवस्था आए आफुहरुसँग दश सांसद रहेको भन्दै ओलीका भित्रियाहरुसँग फोन समेत गरेको बताइन्छ । यसबारेमा ओलीका एक सल्लाहकारसँग सम्पर्क गर्दा उनले भने बराल थर भएका एक माओवादी नेताले फोन गरेको बताए । उनका बारेमा आएको समाचारबारे बरालसँग प्रश्न गर्दा यस्ता कुराको म जवाफ दिन्न भन्दै फोन राखिदिए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

    ratopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.