×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

धर्मपुत्रीमाथि बलात्कारः हाडनाता करणी नठहरिने अनौठो फैसला !

  •  
  • बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मुलुकी ऐन भन्छ- यो हाडनाता नै हो, छोरीसरह अंश दिनुपर्छ

     

    १६ भदौ, काठमाडौं । बाबुको मुख हेर्ने अघिल्लो साँझ बानेश्वर चोकमा झमझम पानी परिरहेको थियो । एउटा घरको तेस्रो तल्लामा भेटिइन् पीडामा पनि मुस्कुराउन सक्ने हँसिली किशोरी । उनी १२ कक्षा पढ्दै रहिछन् । उनले सुनाइन्- आफ्ना दुईजना पिताको रावण-कहानी ।

    आफ्नै धर्मबाबुबाट बलात्कृत भएकी यी किशोरीका दाजुले मोरङ जिल्ला अदालतको फैसला देखाए, जसमा धर्मपुत्रीलाई ‘धर्मबाबु’ ले गरेको जबरजस्ती करणीलाई ‘हाडनाता करणी’ भन्न नमिल्ने जिकिर गरिएको थियो ।

    रामेछापकी यी अवोध किशोरी दुई वर्षकी हुँदा आमा बितिन् । लगत्तै बाबुले सौतेनी आमा भित्र्याए । आफूभन्दा मास्तिर दुईजना कलिला दाजुदिदी थिए ।

    कान्छीलाई बिराटनगरका कांग्रेस नेता गोपाल शर्मा र उनकी पत्नीले धर्मपुत्री बनाएर घरमा राखे । नाताले उनीहरु सानाबुबा, सानीआमा हुन् ।

    ट्रेड युनियन कांग्रेसका मोरङ जिल्ला अध्यक्षसमेत भइसकेका गोपाल आफैैले धर्मपुत्रीलाई एसएलसीसम्म पढाए, जन्मदर्ता पनि गोपालले आफैं बाबु बनेर गराइदिए । एसएलसीको प्रमाणपत्रमा पनि उनै गोपाल शर्मालाई ‘बाबु’ भनेर लेखियो ।

    तर, मोरङ जिल्ला अदालतले यी बाबु-छोरीलाई ‘हाडनाता’ मानेन । पनुरावेदन अदालत बिराटनगरले पनि जिल्लाकै फैसलालाई सदर गर्‍यो ।

    सम्भवतः धर्मपुत्रीमाथिको बलात्कार हाडनाताकरणी हो कि हैन भन्ने यो प्रश्न अब चाँडै सर्वोच्च अदालतसम्म आइपुग्नेछ । र, यसले पक्कै पनि सुशीला कार्की र सपनाप्रधान मल्लहरुको ध्यान तान्ने वाला छ ।

    कानूनले के भन्छ ?

    धर्मपुत्र/धर्मपुत्रीका सम्बन्धमा मुलुकी ऐनले स्पष्ट व्यवस्था गरेको छ । जसमा धर्मपुत्र वा धर्मपुत्रीको हक छोरा वा छोरीसरह हुन्छ भनिएको छ ।

    Dharma Putri Rape (1)

    मुलुकी ऐनमा हाडनाताकरणी भन्ने बेग्लै महलसमेत छ । सो महलको ६ नम्बरमा धर्मपुत्र धर्मपुत्रीको विषय उल्लेख छ । हाडनाताकरणीको महलमा धर्मपुत्र र धर्मपुत्रीको प्रशंग उल्लेख हुनु आफैंमा प्रष्ट विषय भए पनि अदालतले यसलाई अनदेखा गरेको देखिन्छ ।

    भलै यो महलमा धर्मपुत्रीमाथिको बलात्कारलाई अन्य हाडनाताको भन्दा फरक (एक वर्ष) थप सजायँ ठेकेको छ । तर, यसको अर्थ धर्मपुत्रीमाथिको बलात्कार हाडनाताकरणी हैन भन्ने चाहिँ होइन ।

    धर्मपुत्रीलाई जन्मदिने बाबु अर्कै भएको र धर्मबाबुसँग उसको सम्बन्ध कानूनी मात्रै हो भनेर मान्ने हो भने पनि यही तर्कका आधारमा धर्मपुत्री र धर्मपिताको सम्बन्धलाई हाडनाता बाहिर राख्न सकिँदैन । किनभने मुलुकी ऐनको हाडनाताकरणीको महलमा बुहारी, भाउजू एवं सात पुस्तासम्मका दाजुभाइकी श्रीमतीमाथिको सम्बन्धलाई समेत हाडनाता अन्तरगत राखेको छ । बुहारी र भाउजूहरु पनि धर्मपुत्रीजस्तै कानूनी सम्बन्धका नातेदार हुन् । उनीहरुलाई हाडनाताअन्तरगत राखिन्छ भने धर्मपुत्रीलाई हाडनाता अन्तरगत नराख्नु अदालतले गरेको महिलामाथिको विभेदकारी फैसला हो कि होइन ? यो विधिशास्त्रीय प्रश्न सिर्जना गरिदिएको छ मोरङ जिल्ला अदालत र बिराटनगर पुनरावेदन अलालतले ।

    अंश पाइनन् पीडितले

    धर्मपुत्र/धर्मपुत्रीले जन्मदिने बाबुपटि्ट अंशको दाबी गर्न नपाउने र धर्मपुत्र/धर्मपुत्री राख्ने बाबुले नै अंश दिनुपर्ने मुलुकी ऐनमा स्पष्ट लेखिएको छ । तर, धर्मपुत्रीलाई बलात्कार गरेको आरोपमा ८ वर्ष जेल सजायँ भोगिरहेका गोपाल शर्माले आफ्नी बलात्कृत धर्मपुत्रीलाई अंश दिएका छैनन् ।

    हाडनाता करणीका बारेमा बोल्ने जिल्ला र पुनरावेदन अदालतले अंश दिनू भनेर चुइँक्क बोलेका छैनन् । बरु किशोरीलाई ७५ हजार क्षतिपूर्ति दिन अदालतले भनेको छ । किशोरीले अदालतमा अंश मुद्दा हालेकी छिन् ।

    धर्मपुत्रीको अंशबारे अदालत मौन भए पनि कानूनले चाँहि धर्मपुत्र/धर्मपुत्रीले छोराछोरीसरह अंश पाउने स्पष्टै बोलेको छ । किशोरीका अनुसार मुद्दा लड्दैखेरि लाखभन्दा बढी खर्च भइसकेको छ, तर अदालतले क्षतिपूर्ति भराएको छ, ७५ हजार । त्यही पनि पीडितको हातमा परेको छैन ।

    कुन बाबुको मुख हेर्नु ?

    Dharma Putri Rape (2)बाबु भनिएका गोपालले यी किशोरीलाई यौनिक परिपक्वता नआउँदैदेखि यौन शोषण गरे । अदालतको फैसला कागजमा डाक्टरलाई हुलिया दिँदै लेखिएअनुसार ‘जाहेरवालीको कन्याजाली च्यातिएको’ देखिएकाले बलात्कार गरेको प्रमाणित हुन्छ ।

    धर्मपिताबाट लुटिएपछि यी किशोरीका लागि बाबुको मुख हेर्ने आजको दिन एउटा कहालीलाग्दो दिनका रुपमा वर्षेनी आउने गरेको छ । उनले कुन बाबुको मुख हेर्ने ? जन्मदिने बाबुले अहिले एकजना तामाङ्नीसँग तेस्रो बिवाह गरेका छन् । धर्मबाबुका नाममा ‘पाप-बाबु’ ठहरिएका गोपाल बिराटनगरस्थित आफ्नै घरछेउको जेलमा बसेर घरैको भात खाइरहेका छन् । उनको मुख हेर्ने कुरै भएन ।

    अब यी किशोरीले हेर्ने भनेको अदालतको मुख मात्रै हो । जसले उनलाई न्याय दिन्छ कि दिँदैन ? मुलुकी ऐनले नै भनेको अंश दिलाउँछ कि दिलाउँदैन ? अनि नागरिकता बनाउन पाइन्छ कि पाइँदैन ?

    मोरङ जिल्ला प्रशासनलाई नागरिकता बनाइदिनू भनेर वाल कल्याण समितिले लेखिदिँदा पनि किशोरीको नागरिकता अझैसम्म बनेको छैन । उनी आफ्नै देशमा नागरिकताविहीन बनेकी छिन् ।

    माइती नेपालमा भाँडा, रक्षा नेपालमा पेन्टी !

    धर्मबाबुबाट बलात्कृत भएकी यी किशोरीले करिब एक वर्षसम्म बिराटनगरस्थित माइती नेपालको कार्यालयमा बिताइन् । त्यहाँ उनलाई एक वर्षसम्म माइती नेपालका महिला अधिकारकर्मीहरुले खाएका भाँडा माझ्ने र भात पकाउने काममा लगाइयो ।

    पीडितलाई आश्रय दिएको भन्दै एक वर्ष काम लगाएपछि माइती नेपालबाट उनी ‘माइतीघर तिम्रो हैन….’ भन्ने ठानेर काठमाडौंतिर आइन् । माइती नेपालले पीडितलाई यसैगरी काम लगाउने र अझै पीडित बनाएर राख्ने गरेको किशोरीको दुखेसो छ ।

    काठमाडौं आएपछि उनी रक्षा नेपाल भन्ने अर्को नाम चलेको संस्थामा टाउको लुकाउन पुगिन् । त्यहाँ ३०/३५ जना आफूजस्तै पीडितहरु थिए । त्यहाँ कहिले कुटाकुट हुन्थ्यो । न कुनै सीप सिकाइने, न कुनै जागिर, न पढाइ । रक्षा नेपालमा बस्दा उनले थप पीडा महसुस गरिन् । रक्षा नेपाल चलाउने प्रमुखले महिनावारी हुँदा लगाएको पेन्टीसमेत धुनुपरेको भन्दै उनले आफन्तजनलाई भनिन्, मलाई यो नर्कबाट उद्धार गरियोस् ।

    पीडितलाई भेला गरेर काम लगाउने, बासीभात खुवाएर राख्ने, दाताहरुसँग मागेको पैसाले आफ्नो व्यक्तिगत खर्च गर्ने गरेको उनले त्यहाँ अनुभव बटुलिन् । रक्षा नेपालकी सञ्चालिकाले कराडौंको घर बनाउँदै गरेको देखिन् । र, उनले माइती नेपालभन्दा पनि गएगुज्रेको देखेपछि रक्षा नेपालबाट पनि विद्रोह गरिन् ।

    र, अहिले उनी एउटा सानो डेरामा बसेर कलेजमा पढ्दै छिन् । बाबुको मुख हेर्न नपाएकी यी चेलीलाई मेनपावरमा रिसेप्सनिष्टको काम गरेर आफ्नी टुहुरी दिदीले पालिरहेकी छिन् । न अंशको ठेगान, न बंशको टुंगो । न नागरिकताको अधिकार, न सुरक्षा, न भरोसा ।

    यही हो, महिला प्रधानन्यायाधीश, महिला राष्ट्रपति र महिला सभामुख भएको देशको फूइँ लगाइरहेको हाम्रो देशको नारी अधिकार ।

    महिला अधिकारकर्मीहरुले धमाधम अवार्ड थापिरहेका छन्, तर उनीहरुका पुनस्थापना गृहहरुमा रहेका दमित किशोरीहरुले कुनै नयाँ चन्द्रसमशेर राणाको खोजी गरिरहेका छन्, दासत्वबाट मुक्तिका लागि । कहाँ छ न्याय ? यी किशोरीका लागि ? प्रधानमन्त्री प्रचण्डले त राष्ट्रपतिलाई तपाई नै बुबाआमा हो भने, तर यी किशोरीले कसलाई भन्ने बुबा ? र, कसलाई आमा भन्ने ? धन्य होस् बुबाको मुख हेर्ने दिन !

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.