×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

राहतमा डेढ करोड ठगी, विवादले खुल्यो बदमासी

  •  
  • बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बुद्धिस्ट जनअधिकार मञ्चका अध्यक्ष सकुन शेरचन र महासचिव अमरकान्त चौधरी पक्राउ

    – केपी ढुंगाना, काठमाडौं

    भाद्र १६, २०७३- भूकम्पपीडितको राहतमा फर्जी बिल बनाएर ठगी गरेको अभियोगमा बुद्धिस्ट जनअधिकार मञ्चका अध्यक्ष सकुन शेरचन र महासचिव अमरकान्त चौधरी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुवैमाथि अनुसन्धान अगाडि बढाएको छ ।

    शेरचन र चौधरीले भूकम्पपीडितका लागि राहत भन्दै अमेरिकास्थित गो फन्ड मी, मलेसियाको शाक्यमुनि फाउन्डेसन र दुबईको मेकान्नीबाट तीन करोड १७ लाख अनुदान रकम नेपाल भित्र्याएका थिए । त्यसमध्ये एक करोड ६७ लाख रकम अनियमितता गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीका अनुसार संस्थाका पदाधिकारीविरुद्ध एक वर्षअघि नै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । उजुरी गम्भीर प्रकृतिको रहेको भन्दै प्रशासनले फाइलसहित गृह मन्त्रालयमा बुझाएपछि मन्त्रालयले अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय पठाएको थियो । त्यसपछि ब्युरोले अनुसन्धान सुरु गरेको हो ।

    ब्युरोका प्रवक्ता दिवस लोहनीका अनुसार अुनसन्धानमा उनीहरूले भूकम्पपीडितको राहतका लागि भन्दै ४ वटा अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग रकम लिएको खुलेको छ । त्यसमध्ये चामल, बाँस, पाल लगायतका सामान खरिद गरी हेलम्बु, ओखरपौवा, रामेछाप र मुस्ताङमा बाँडेको र नक्कली बिल र भरपाई बनाएर एक करोड ६७ लाख ठगी गरेको देखिएको छ । अनुसन्धानमा उनीहरूले अधिकांश सामग्री सप्तरीमा खरिद गरेको देखाएको र हिमाली भेगमा बाँडेको दाबी गरे पनि सबै बिल नक्कली देखिएको छ । अनुसन्धानमा संलग्न एसपी ह्दय थापाका अनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्षको दस्तखत चल्ने गरी विदेशी सहयोग रकम प्रभु बैंकमा राखेर ठगी गरेको खुलेको छ ।

    उनीहरूले ठगीका क्रममा किर्ते बिल भर्पाईका आधारमा गाविस र जिल्ला प्रशासन कार्यालयबाट राहत बाँडेको सिफारिस बनाएको, बिलबिना नै संस्थाले उपलब्ध गराएको टिपोटकै आधारमा खर्चको लेखा परीक्षण गरेको, समाजकल्याण परिषद्को स्वीकृति नै नलिई विदेशी व्यक्ति तथा संस्थाबाट अनुदान लिएको देखिएको पनि थापाले जानकारी दिए ।

    आन्तरिक विवादले बदमासी खुल्यो
    काठमाडौंमा २०७० मा शेरचनको अध्यक्षतामा बुद्धिस्ट जनाधिकार मञ्च, नेपाल दर्ता भएपछि उनीहरूले भूकम्पपीडितलाई राहत र सहयोगका नाममा विदेशी व्यक्ति र संस्थाबाट अनुदान रकम नेपाल भित्र्याएका थिए । अनुदान रकम खर्च गर्ने विषयमा अध्यक्ष शेरचन र अन्य पदाधिकारीबीच विवाद भएपछि शेरचनले चौधरीसँग मिलेर संस्थाको अभिलेखमै नरहेका र संस्थाको सदस्यता नलिएकालाई सहभागी गराएर विशेष साधारणसभा गराए र आफ्नो अध्यक्षतामा कार्यसमिति बनाए ।

    नयाँ कार्यसमिति गठनसँगै शेरचनले विधान संशोधन गर्दै अध्यक्ष, महासचिव र कोषाध्यक्ष लीला लामाको दस्तखत रहेको चेकमार्फत कारोबार हुने गरी बैंकमा खाता खोले र जम्मा हुने रकममध्ये १ करोड ५० लाखसम्म अध्यक्ष र महासचिवले खर्च गर्न सक्ने बनाउँदै एक करोड ७६ लाख रकम भूकम्पपीडितलाई राहत वितरण गर्ने भनी निकालेर फर्जी बिल बनाएका थिए ।

    अनुसन्धान ब्युरोका अनुसार उनीहरूले स्वतन्त्र लेखापरीक्षकबाट संस्थाको लेखापरीक्षण नगराई संस्थाकै उपाध्यक्षको श्रीमान्लाई लेखापरीक्षण गराएका थिए । ‘संस्थाले उपलब्ध गराएको टिपोटकै आधारमा खर्चको लेखापरीक्षण गरेको देखियो,’ एसपी थापाले भने, ‘लेखापरीक्षण प्रतिवेदनमा मिति समेत उल्लेख छैन ।’

    भूकम्पपछि उजुरी बढ्यो
    गृह अधिकारीका अनुसार भूकम्पपछिको राहत र सहयोगमा गैरसरकारी संलग्नता बढेसँगै उजुरीको संख्यासमेत वृद्धि भएको छ । गृह प्रवक्ता यादव कोइराला भूकम्पअघिको तुलनामा भूकम्पपछि आईएनजीओ/एनजीओको गतिविधिबारे उजुरी आउने क्रम बढेको बताउँछन् । ‘प्रचार गरेअनुसार काम नभएको, राहतमा विभेद गरेको जस्ता उजुरी आइरहेका छन्,’ उनले भने, ‘तर, ठूला उजुरी आएका छैनन् । काठमाडौंका सीडीओ सुवेदीले जिल्लामा राहतको नाममा अनियमितता गरेको भन्दै ७ वटा संस्थाविरुद्ध उजुरी आएपछि छानबिन अगाडि बढाएको जानकारी दिए । ‘अधिकांश उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै आएका छन्,’ उनले भने, ‘उजुरीको प्रकृतिअनुसार छानबिन समिति गठन गरेका छौं ।’

    ekantipur

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.