कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १५ गते । चितवनमा गएको एक सातामा स्क्रब टाइफसका १७ जना नयाँ बिरामी भेटिएका छन् । ७० जना बिरामीको रगत परीक्षण गर्दा १७ जनामा स्क्रव टाइफसको संक्रमण फेला परेको हो ।
यसअघि बैशाख महिना यता भदौ पहिलो सातासम्ममा चितवनमा मात्र १४५ जनामा सङ्क्रमण भएको पाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले भने भदौको दोस्रो साताबाट सङ्क्रमण घटेको सङ्केत मिलेको दाबी गरे ।
चितवनका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा स्क्रब टाइफसका संभावित विरामीको परीक्षण थालिएको छ । नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण पाँचजनाको ज्यान गइसकेको छ । नेपालमै सबैभन्दा बढी चितवनमा रोग फैलिएकाले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली नै पठाएर अध्ययन गरेको छ । 
मुसामा हुने एक प्रकारको किर्ना ‘माइट’ले टोकेमा यो रोग सर्ने चिकित्सकले बताएका छन् ।
चितवन स्क्रब टाइफसको बिरामी बढदै
चितवन स्क्रब टाइफसको बिरामी बढदै
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















