×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

धरहरा कागजमै अल्झियो, रानीपोखरी निर्माणमा रोक

  •  
  • मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, भदौ १४ गते ।  भूकम्पको कारण भत्किएको धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि त्यसमा थप काम भने अगाडि बढेको छैन ।   सरोकारवाला निकायका फरक–फरक तर्क र जवाफ सुन्दा प्रक्रिया अगाडि बढिहाल्ने अवस्था समेत देखिँदैन ।  धरहराको अवधारणागत नक्सा तयार गर्ने आर्टिकेक्ट इन्जिनियर मनोहर राजभण्डारीले आफूहरूले तयार पारेको नक्सा पुरातत्व विभागलाई बुझाइसकिए पनि त्यसमा विभागबाट थप कुनै प्रतिक्रिया वा सुझाव नआएको बताउनुभयो ।

    पुरातत्व विभागका अधिकारीको भनाइ भने उहाँको भनाइसँग मेल खाँदैन ।  विभागका प्रवक्ता घनश्याम उपाध्याय भन्नुहुन्छ, सोही कम्पनीलाई धरहराको टोपोग्राफिक डिजाइन  फाइनल गर्नका लागि एक महिनाको अवधि दिइएको छ ।
    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राई भने धरहरा नवनिर्माणका लागि तयार भएको डिजाइन मन्त्रिपरिषद्मा प्रस्तुत नै हुन नपाएको जानकारी दिनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, अवधारणागत डिजाइन प्राप्त भएको छ तर मन्त्रिपरिषद्मा प्रस्तुत हुन नपाएका कारण प्रक्रिया अगाडि बढेको छैन ।  नयाँ मन्त्री भर्खरै आउनु भएकाले केही समयमै मन्त्रिपरिषद्मा धरहराको अवधारण प्रस्तुत गरिने उहाँले बताउनुभयो ।
    यसका साथै अब बन्ने धरहराले ओगट्ने गोश्वारा हुलाक कार्यालयलाई चारखाल अड्डामा सार्न पनि जग्गाको कित्ता नम्बर सच्याउनुपर्ने अवस्था आएको छ ।  मन्त्रालयले त्यसको प्रक्रिया सुरु भएको जानकारी दिएको छ ।  त्यस्तै टक्सार विभाग भने सार्ने प्रक्रिया सुरु भइसकेको सचिव राईले जानकारी दिनुभयो ।
    अब बन्ने आधुनिक धरहराको लागि गोश्वारा हुलाक कार्यालय, टक्सार विभाग र ऐतिहासिक सुन्धारालाई समेत समेटेर करिब ४२ रोपनी जग्गा ओगट्ने गरी डिजाइन तयार भएको छ ।  अनुमानित तीन अर्ब रुपियाँको लागतमा धरहराको नवनिर्माण गरिने र त्यसका लागि मै बनाउँछु मेरो धरहरा नारा दिएर नेपाली जनतासँग सहयोग आह्वान समेत भएको छ ।
    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकमहिनाको तलब धरहरा निर्माण कोषमा जम्मा गराई सुरु भएको धरहरा निर्माणमा जनसहभागिता अभियान समेत अहिले सुुुसुप्त अवस्थामा छ ।  नेपाली नागरिकबाट उठ्ने रकम धरहरा निर्माणका लागि नपुग भएमा बाँकी रकम सरकार र नेपाल टेलिकमले ब्यहोर्ने सहमति भएको छ ।

    रानीपोखरी निर्माणमा रोक
    रानीपोखरी पुनःनिर्माणको काम मापदण्डविपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिकालाई काम रोक्न निर्देशन दिएको छ । हालसम्मको निर्माण कार्य मापदण्डविपरीत देखिएकाले उक्त संरचना तत्काल भत्काउन पनि निर्देशन दिइएको पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।
    ऐतिहासिक महत्वको बालगोपालेश्वर मन्दिर भत्कनुपूर्व जस्तो अवस्थामा थियो सोही अवस्थामा हुनुपर्ने विभागको दाबी छ । हाल निर्माण गरिएको जति पनि भाग छ ती सबैमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतका वस्तु प्रयोग भएकाले विभागले सोमबारदेखि निर्माण कार्यमा रोक लगाएको हो ।
    पुनःनिर्माणको जिम्मा लिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले भत्किएको मन्दिरमा कङ्क्रिट प्रयोग भएकाले आफूहरूले अहिले पनि सोहीअनुरूपको सामान प्रयोग गरेको भन्दै नियमविपरीत कुनै काम नभएको दाबी गर्नुहुन्छ ।
    कँडेल भन्नुहुन्छ, “पुरानो मन्दिरको बाहिरी भागमा पिल्लर राखेकाले अहिले पनि सोहीअनुरूप काम गरेका हौँ, भत्केको र अहिलेको निर्माण भएसम्मको सबै तस्बिर हामीसँग छ, के–कस्ता सामान प्रयोग भएका छन् हेर्न सकिन्छ ।” गत वैशाख दोस्रोसाता सुरु गरिएको पुनःनिर्माणअन्तर्गत मन्दिरमा पिल्लर राख्ने क्रमसँगै पोखरीको बाहिर भागमा पर्खाल लगाउने काम पनि भइरहेको छ ।
    रानीपोखरी निर्माणका लागि छ करोड २९ लाख रुपियाँमा ठेक्का पाएकामा हालसम्म एक करोड ५० लाख रुपियाँ खर्च भइसकेको सो कम्पनीले जनाएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो भने मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई बनाउने जिम्मा दिएको थियो ।
    यो मन्दिर भाइटीकाको दिनमात्र खुल्छ ।  यस वर्ष पनि सर्वसाधारणले मन्दिरमा बसेर टीका लगाउन पाउँछन्, जहाँ दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् ।  आउँदो तिहारलाई लक्षित गरेर निर्माणको काम भइरहेको कँडेलले भनाइ छ ।
    पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न रानीपोखरीको पुनःनिर्माणअन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने, पोखरीे संरक्षणका लागि चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहोरा राखिने महानगरपालिकाको योजना छ ।
    त्यसैगरी, पोखरीको वरिपरि घुम्न दुईवटा बाटोसँगै छेउछेउमा कफी पसल राखिने, चारसय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी प्रताप मल्लले कान्छा छोरा चक्रवर्तिन्द्र मल्लको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराएको इतिहासमा उल्लेख छ । दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.