×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

भूकम्पमा गोडा गए, त्यसपछि श्रीमती

  •  
  • मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     नवीन विभास

     १८ लागेका रमेश खत्री कक्षा आठमा भर्ना भएर दोस्रोपालि स्कुले जीवनमा फर्केका छन्। चाहेर पनि उनकै दैलेखको बासी गाउँको स्कुलमा पढ्ने र पहिलेजस्तै उकालीओराली गर्ने दिन उनीबाट नफर्कनेगरी अस्ताइसकेका छन्।

    नक्कली गोडाले सही, तर उनी हिँड्न चाहन्छन्। देखेका ससाना सपनाका पछि लाग्दै उनी अरुसरह जिन्दगी जिउन चाहन्छन्।

    गाउँमा हुँदा त उनी मेलापात जान्थे। गाईभैसी चराउँथे। बाआमालाई सघाउँथे। खोलाका रहमा अघाउञ्जेल पौडन्थे। र, स्कुलमा मोजाभित्र थाङ्ना कोचेर बनाएको भकुण्डो वा भलिबल खेल्थे।

    जोरपाटीस्थित खगेन्द्र नवजीवनमा पढ्न थालेका उनको आफ्नै गोडाको साथ छैन, जस्तो अरु साथी छैनन्। कक्षाका र अन्य विद्यार्थी साथी उनका लागि नौला छन्। पढाउने शिक्षक नौला छन्। र, यतिबेला उनीसित सँगसँगै हिँडिरहेको एक जोडा गोडासमेत नौलो छ।

    आर्थिक अभावले उनी गाउँको स्कुलमा आठ पढ्दापढ्दै भारतमा कुल्ली काम गर्न गएका थिए। समयले उनलाई डोर्‍याउँदै भुइँचालो जानुभन्दा एक महिनाअघि काठमाडौं ल्यायो। र,काम मिल्यो नयाँ बसपार्क बालाजुस्थित एउटा गेष्ट हाउसमा ग्राहक बोलाउने। होटल रहेको आठ तले घर पोहोर बैशाख १२ गतेको भुइँचालोले भत्कियो। उनका दुबै गोडा बिमले च्याप्यो। त्यसपछि दुवै गोडा गुमे।

    गोडा गुमेको केही समयमै दुई बर्षअघि जीवनभर साथ दिने वाचा बाँधेकी पत्नीले पनि रमेशलाई छाडेर हिँडिन्।

    फेरि स्कुल जाने सपनामै नसोचेका रमेशलाई भुइँचालोले फेरि स्कुलमा फर्कायो तर फरक अवस्थामा। गाउँको स्कुल र घरमा फर्केर पुरानो जिन्दगी जिउन नबन्ने गराएर।

    स्कुले साथीसँगै स्कुलमा हुन्छन्। तर, ऊबेलाको स्कुले चन्चलता छैन। उनले हिजो गर्ने कल्पना र आज गर्ने कल्पनामै फरक पर्न गएपछि अरुका के कुरा।

    गोडाले समेत माया मारेपछि उनलाई त असर पर्ने नै भयो, तर त्यसको असर परिवारमा देखिएको छ। भर्खरै चालीसको घरमा पुगेका उनका आमाबा, एक भाइ र एक बहिनीको लालनपालन उनकै भरमा अडेको थियो।

    उनी कमाउन थालेदेखि उनका भाइबहिनी बोर्डिङमा पढ्थे। कमाउन भारत गइरहने बाबाको आवतजावतमा अलिकति कमी आएको थियो। गृहिनी आमाको आङको रङ फेरिएको थियो।

    उनले गोडा गुमाएपछि उनका भाइबहिनी बोर्डिङबाट सरकारी स्कुलमा सरेका छन्। उनका भाइ गाउँकै स्कुलमा ६ कक्षामा पढ्छन् भने बहिनी चारमा।

    छाक टार्नलाई उनका बाले कहिले भारत त कहिले नेपाल गर्ने दौडधुप अहिले दोब्बरिएको छ। जवान छोराले गोडा गुमाएको चिन्ताले गृहिणी आमाको अनुहारमा बूढ्यौलीका रेखा बढेका छन् भने उनका दुःख थपिएका छन्। ‘सबै फेरिए,’ नक्कली गोडा लगाएर हिँड्नलाई उभिन पटकपटक कोसिस गरिरहेका रमेशले भने, ‘घर अनि मेरो जीवन पहिलेजस्तो नभए पनि हरेस खाएर त भएन नि।’

    तीन चार महिना अभ्यास गरेपछि बल्ल उनी जीवनमा दोस्रोपालि हिँड्न सिके। तर, आफ्नो गोडाले हिँडेजस्तो छैन। बेलाबेलामा समस्या आइरहन्छ। कहिले घाउ हुन्छ कहिले के। रमेशका दिन अचेल १० देखि चार बजेसम्म स्कुलमै बित्छ।

    उनकै कक्षामा पढ्ने साथी उनका उमेरका छैनन्। त्यसैले उनलाई कताकता असजिलो पनि लाग्छ। तर, स्कुलमा त साथी र सरका कुरा सुनेरै बिताउँछन्। स्कुलबाट फर्केपछि भने आफ्नो भविष्य सम्झेर रात नै अत्यासमा बित्छ।
    जिन्दगीमा उनले दोस्रोपालि हिँड्न सिके। त्यो सिकाइ अनौठो थियो। दुईवटा नक्कली गोडाको सहारामा हिँड्न सिक्नु साँच्ची जटिल थियो।

    दैलेखको गाउँमा उनलाई तातेताते गराउँदै उनका बाआमाले हिँडाएका थिए। र, आफैँ हिँडेको देख्दा उनका बाआमाले संसारको सिंगो खुसी नै छेउमा आएको अनुभूत गरेका थिए। तर, यसपालिको हिँडाइ त उनलाई फिजियोथेरापिस्टले सिकाइरहेका थिए। र, पाइला फाल्दा थेरापिस्ट खुसीले फुलेका थिए।

    त्यो बालापनमा हिँड्न गरेको सङ्घर्ष त भुलिसके तर अहिले भने अनौठो अनुभूत गरे।

    उनलाई असली गोडाले छाडे पनि तिनका सम्झनाले भने छाडेका छैनन्। तिनका अभाव उनलाई पलपल खड्किरहन्छ। सक्कली गोडाले जसरी उनले उकालीओराली गर्न सक्तैनन्। दैलेखका गाउँघरमा फेरि फर्केर जिन्दगीका बाँकी याम मेलापात गरेर गुजार्ने अवसर अब उनीसित छैन।

    यही नक्कली गोडा पनि यसपालि त एउटा संस्थाले बनाइदियो तर यो नै बिग्रेपछि कसले बनाइदेला? उनलाई चिन्ता छ।

    अहिले पनि उनी महिना वा पन्ध्र दिनको अवधिमा भृकुटी मण्डपस्थित अपाङ्ग कोषमा जान्छन्। कहिले घाउ पाक्छ त कहिले के हुन्छ। समस्या आइरहन्छ। उनलाई थाहा छैन कि नक्कली गोडाको आयु कति हो? जो होस् अहिले त उनी तेर्सोमा दुईचार मिटरको दुरी हिँड्न सक्छन्। तर, अर्काको गोडाले कहिलेसम्म उनलाई साथ दिन्छ? थाहा छैन।

    ‘बिग्रेपछि बनाउने या नयाँ किन्ने पैसा मसित छैन। कसले बनाइदिने हो? यो चिन्ताले मलाई सधैँ पिरोल्छ,’ उनले भने।

    अहिले उनलाई खानबस्न एउटा संस्थाले व्यवस्था गरेको छ। तर, लुगा किन्न र वरपर गर्ने पैसा आफैले खोज्नुपर्छ। अहिलेसम्म त घरबाट बाले बेलाबेलामा पठाइदिन्छन्। त्यसैले गुजारा चलाएका छन्।

    उनी भर्खर १८ पुगे। जिन्दगी नै भर्खर सुरु भएको छ। सानै उमेरमा धेरै उतारचढाव सँगालेका रमेशलाई अझै धेरै हिँड्नु छ। तर, त्यसको लागि गोडा कसले देला बाँकी यात्राका लागि? उनलाई यसैमा चिन्ता छ। नक्कली गोडाले सही, तर उनी हिँड्न चाहन्छन्। देखेका ससाना सपनाका पछि लाग्दै उनी अरुसरह जिन्दगी जिउन चाहन्छन्। उनी अरुभन्दा केमा कम छन् र? नभएको उनीसित उही सक्कली खुट्टा न हो। ‘कसैले हात दिए पढाइलाई निरन्तरता दिने थिएँ। स्कुलमा त अहिले पैसा तिर्न पर्दैन। तर, पछि के होला? चिन्ता लाग्छ,’ उनले भने, ‘गोडा नै मेरो छैन, अरु त अरुजस्तै त छु नि। के कमि छ र ममा?’

    भुइँचालोले भौतिक संरचना मात्र भत्केनन्, रमेशजस्तै २२,३०४ अङ्गभङ्ग भए। ८,८५७ ले ज्यान गुमाए। चार लाख ५० हजारभन्दा बढी विस्थापित छन्।

    मर्ने त मरिहाले तर शरीरका अङ्ग तथा परिवारका सदस्य गुमाएका रमेशहरुका देख्ने सपनामै बदलाव आएको छ।

    nepalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.