×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

शिक्षिकाको तलब मासिक ३ हजार

  •  
  • मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स‌ं‌खुवासभाकाे एक विद्यलयमा पढाउँदै मासिक तीन हजार रुपैयाँ तलब पाउने शिक्षिका ।
    छेटु शेर्पा
    खाँदबारीः २० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनैमा व्यस्त हुन्छिन् धनमाया बानियाँ । रुनेलाई फकाउने, सिँगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेमात्र नभएर कखरा पढाउनेसम्मको अभिभारा उनको छ । संखुवासभाको आँखीभुईं आछाम्बुस्थित धर्मदेवी आधारभूत विद्यालयमा तीन वर्षयता उनी यस्तै काममा कम्मर कसेर लागेकी छन् ।
    धनमायाजस्तै जिल्लामा दुई सय ६८ महिला शिक्षक दैनिक एक सय रुपैयाँमा दिनभर काम गर्दै आएका छन् । यस्तो महँगीको समयमा पनि दैनिक एक सय रुपैयाँमा दिनभर बालबालिकालाई पढाउनुपर्ने बाध्यता धनमायाजस्ता महिलाको पनि छ । जिल्ला शिक्षा कार्यालयले सूचना नै जारी गरी आह्वान गरेपछि निवेदन दिएर छनोट भएका हुन् उनीहरू । तीन हजार रुपैयाँ मासिक तलब पाउने गरी आह्वान गरिएको जागिरमा पुरुषको आवेदन परेन ।
    सँगै विद्यालयमा काम गर्ने शिक्षकले चौमासिक रूपमा एक लाखभन्दा बढी रकम लिने गरेको तर बालशिक्षिकाले भने चौमासिक १२ हजार रुपैयाँ लिनुपर्दा मन खल्लो हुने श्री आधारभूत विद्यालय पिङडाँडा चैनपुर ५ मा अध्यापनरत बालशिक्षिका रोजिना भण्डारी बताउँछिन् ।
    राज्यले एउटा कामदारको पारि श्रमिक कति भनेर तोकिसकेको छ । मासिक तीन हजार रुपैयाँजस्तो कम पारिश्रमिकको जागिरमा पुरुषको आवेदन नै नपर्ने गरेको महिला अगुवा मनमाया तामाङले बताइन् । राज्यले महिलालाई उपेक्षा गरेको उदाहरणका रूपमा उनी यसलाई लिन्छिन् ।
    श्रम ऐन २०४८ ले ज्याला निर्धारण गर्दा जीवन निर्वाहसम्मको अवस्था हुनुपर्ने उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले पारित गरेकोलगायत थुप्रै सन्धिहरूमा नेपालले न्यूनतम पारि श्रामिकको पक्ष राष्ट्रका रूपमा हस्ताक्षर गरेको छ ।
    जिल्ला विकास कार्यालयले समेत जिल्लाको दररेट निर्धारण गरेको छ । यी सबै प्रावधानविपरीत जिल्ला शिक्षा कार्यालयले तीन हजार रुपैयाँ मासिक पारि श्रमिकमा सयौं महिलालाई नियुक्ति दिएको हो । शिक्षा विभागको निर्र्देशनमा तीन हजार पारि श्रामिक दिएर महिलालाई काम लगाएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताए । संखुवासभाका दुई सय ६८ बालशिक्षिका कम पारि श्रामिकमा काम गर्दै आएका छन् ।
    शिक्षा विभागले हिमाली क्षेत्रमा मासिक तीन हजार दुई सय र अन्य क्षेत्रमा तीन हजार रुपैयाँ प्रदान गर्ने गरी बालशिक्षिका नियुक्त गराई काम लगाएको हो । चाडपर्वसहित यस्ता शिक्षिकाले वार्षिक १३ महिनाको ३९ हजार रुपैयाँ पारि श्रमिक लिन्छन् । शिक्षिका रेजिना भण्डारी भन्छिन्, ‘बिहान १० बजेदेखि विद्यालय गई दिनभर पढाउनुपर्छ । विद्यालय प्रशासनले तलबको अवस्था हेर्दैन, उल्टै पेल्छ ।’
    महिला अधिकारकर्मी केशकुमारी कार्की राज्यले महिलाप्रति हेर्ने दृष्टिकोण तत्काल सच्याउन र यस्ता शिक्षिकाको तलब कम्तीमा मासिक १५ हजार पुर्‍याउन शिक्षा विभागसँग माग गर्छिन् । कतिपय विद्यालयले १० बजेदेखि ४ बजेसम्म काम लगाएर एक हजार रुपैयाँ थप गरेको पाइयो भने केही तीन हजार रुपैयाँमै मासिक काम गर्न बाध्य छन् ।
    संखुवासभामा एक दिनको मजदुरीबापत ५ सय ६० रुपैयाँ ज्याला तोकिएको अवस्थामा दैनिक सय रुपैयाँमा राज्यले नै काम लगाउनु महिलामाथि हिंसा भएको अधिकारकर्मीहरू बताउँछन् ।
    बालविकासअन्तर्गतका कार्यक्रममा बालशिक्षिकाको व्यवस्था गरेकाले राज्यको नीतिअनुसार नै महिलालाई काम लगाउँदै आएको जिल्ला शिक्षा अधिकारी गौतम बताउँछन् । राज्यले उनीहरूको तलब वृद्धि गर्नुपर्ने उनी पनि स्वीकार्छन् । संखुवासभामा एक दिनको मजदुरीबापत पाँच सय ६० रुपैयाँ ज्याला तोकिएको अवस्थामा दैनिक सय रुपैयाँमा राज्यले नै काम लगाउनु महिलामाथिको हिंसा भएको महिला अधिकारकर्मीहरू बताउँछन् ।
    महिला तथा बालबालिका कार्यालयका प्रमुख महिला विकास अधिकृत सुनिता सुवेदीले यो शिक्षा विभागको ५० वर्ष अघिको निर्णय भएको उल्लेख गर्दै यसरी काम लगाउन नमिल्ने बताइन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.