×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४० मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

साँधुरा मोड, बड्दो चाप र लापरबाहीले नै शृङ्खलावद्ध दुर्घटना

  •  
  • सोमबार, भदौ १३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बसन्त पराजुली । भरतपुर भदौ १३ गते । पूर्ननिर्माणका क्रममा रहेको नारायणगढ मुग्लिन सडक खण्डमा पछिल्लो समय शुड्खलावद्ध दुर्घटना भइरहेका छन् । शुक्रवार त्रिशुलीमा बस खस्दा २२ जनाको ज्यान गायो भने शनिवार माल बहाक ट्रक त्रिशुलीमै खस्न पुग्यो । एक दिन विराएर भएका दुई दुर्घटनास्थलको दूरी जम्मा ६ किलो मिटरको फरक पर्छ । यति मात्रै होइन इलाका प्रहरी कार्यालय मुग्लिनमा रहेको तथ्याङ्क अनुसार पनि यो सडकमा पछिल्ला वर्ष दुर्घटना बढेका छन् ।

    कार्यालयका अनुसार २०७१ । ०७२ मा १४२ दुर्घटना भएकोमा ०७२ । ७३ मा बढेर २४० पुगेको छ । यो सख्या २०७३ । ७४ मा अझै बढ्ने प्रष्ट देखिएको छ । यो आर्थिक वर्षको डेढ महिना नपुग्दै ४९ दूर्घटना भएका छन् । यो सडकमा विगत दुई वर्ष यता दुर्घटना कै कारण ७७ जनाको मृत्यु भै सकेको छ भने ६१९ जना घाइते भएका छन् ।
    तथ्यहरू र पछिल्ला घटनाक्रमले नारायणगढ मुग्लिन सडकको यात्रा केही वर्ष यता जोखिम बढ्दै गएको प्रष्ट देखायो । यसमा कसको दोष कति भनेर समीक्षा भने कतै भएको पाइँदैन । सरोकारवाला निकायहरू दुर्घटनामा आफ्नो भन्दा पनि अरुको दोष बढी देख्छन् ।
    “अहिले जति दुर्घटना भई रहेका छन् अधिकाँश चालककै लार्पवाहीले भएका छन्”,
    चितवनका ट्राफिक प्रहरी निरिक्षक राजन भेटवालले भन्नुभयो, “साँघुरो, उकालो ओराले र घुम्ति धेरै भएको नारायणगढ मुग्लिन सडकको जीर्ण अबस्था पनि दुर्घटना बढ्नुको कारण हो ।”
    अहिले सडकको माथिल्लो भाग साढे पाँच देखि ६ मिटर सम्म मात्रै छ । बढ्दो सवारी चापलाई विचार गर्दा यो कम हो । अब सडक विस्तार गर्दा कम्तिमा नौ मिटर बनाउने योजना छ ।
    नारायणगढ मुग्लिन सडकमा अहिले ३० मिटर गोलाइ भन्दा कम गोलाइ भएका घुम्ति घुमाउने, सेति दोभान, दासढुङ्गा , जलविरे लगायतका सात स्थान भन्दा बढी छन् । जुन सडक सुरक्षाका हिसावले बढी जोखिम हुने प्राविधिकहरू वताउँछन् । एशियाली सडकको मापदण्डले पनि कम्तिमा ४० मिटर भन्दा बढी गोलाइ भएका घुम्ति रहनुपर्ने उल्लेख गरेको छ ।
    “सडक साँघुरा छन् । घुमाउरो धेरै छ अगाडिबाट आएका सवारी साधनलाई बीचमा रहेको पहाडले छेक्दा देखिदैन अनि दूर्घटना हुन पुगेको छ”, नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनाल भन्नुहुन्छ, “अव सडक विस्तार सगै पुग्ने सडक निर्माणको अन्तराष्ट्रिय मापदण्डले पनि दूर्घटना न्यूनीकरणमा सहयोग पुग्ने छ ।”
    “ चालिस किलो मिटरको प्रतिघण्टाको गतिमा गाडी गुड्दा घुम्तिमा अगाडिबाट आउने साधनलाई गाडी ठोक्निवाट बच्नका लागि बीचको फरक ८५ मिटरको दुरी हुनुपर्छ तर त्यो पनि छैन”, इन्जिनियर खनालले भन्नुभयो । उहाँले यथास्थितिमै सडक राखि रहने हो भने दूर्घटना अझै बढ्दै जाने निश्चित रहेको उहाँको विचार छ ।
    उहाँका अनुसार अहिले राजमार्गका सवै स्थानमा कम्तिमा ४० मिटर गोलाइ भन्दा वढीका घुम्ति बनाइने छन् । सडक विस्तारका लागि आयोजनाले दुई अर्व ९० करोड वजेट खर्च गर्दै छ । सन् २०१५ अप्रिलवाट शुरु भएकोसडक निर्माणको काम २०१७ को अगष्टमा सकिने योजना छ ।
    “सडक आफैमा समस्या होला तर सडकलाइ मात्रै दोष लगाएर उम्कन मिल्दैन”, ईन्जिनयर खनालले भन्नुभयो, “ चालकको लार्पवाही दुर्घटनाका प्रमुख कारण हुन् भने ट्राफिकले गर्नुपर्ने नियमित कार्य पनि प्रभावकारी गर्न नसक्नु दोश्रो समस्या हो ।”
    सडकमा गुड्ने थोत्रा सवारी साधनको अबस्था, सडकमा अत्यावश्यक सडक संकेतको अभाव पनि दुर्घटना बढ्नुको कारण हो । मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाका प्रहरी नायव महानिरिक्षक (डिआइजी) पशुपति उपाध्याय भन्नुहुन्छ, “सडकमा ट्राफिक संकेत छैन । जीर्ण भएका सवारी साधन मर्मत सुधारमा सम्वन्धित निकायको ध्यान पुग्न सकेको छैन । जसका कारण अहिले दुर्घटना भइरहेका छन् ।”
    “अदक्ष चालकले सहजै चालक अनुमतिपत्र पाइरहने अबस्था नरोकिएसम्म दुर्घटना रोकिदैन”, उहाँले भन्नुभयो , “रोड प्रमिट दिदा नै सवारी साधन सञ्चालनका लागि प्राविधिक रुपमा परिक्षण गरि चुस्त दुरुस्त भएको प्रमाणित गर्नुपर्छ ।”
    नेपाल यातायात ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदी पछिल्लो समय चालक र सवारी साधनको अवस्थालाई कारण देखाएर सरकारी निकाय पन्छिने गरेको गुनासो गर्नुहुन्छ ।
    “लाखौ लगाएर किनेको सवारी साधन घरखेत नै हुने गरि त्यसै फाल्न कसलाइ मन लाग्छ र ?”, सुवेदीले भन्नुभयो, “चालकको पनि परिवार हुन्छन् । आफै मर्छु भन्ने जान्दा जान्दै किन दुर्घटना गराउछन् ।”
    एकले अर्कालाइ दोष देखाएर भन्दा पनि नारायणगढ मुग्लिन सडक खण्डमा बढ्दै गएको दूर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षा गर्नुपर्नेमा सरोकार वालाहरुको ध्यान पुग्न जरुरी छ । जसका लागि दूर्घटनाका कारण पहिचान गर्न विशेष टोली नै बनाएर अध्ययन गर्नुपर्ने र समस्या पहिचान गरि त्यसको समाभानमा लाग्नुपर्ने माग सर्वसाधरणको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.