×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गाडी कन्डिसन र चालकको लापरवाहीले दुर्घटना

  •  
  • सोमबार, भदौ १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रेमनारायण आचार्य
    गाडी कन्डिसन र चालकको लापरवाहीले दुर्घटना
    घाइते उपचार हुदैै

    अर्घाखाँचीः गाडी मा ५/६ जना जति मान्छे बढी नै थिए । बीच बिचमा गाडीले समस्या देखाइरहेको थियो । हिड्दाहिड्दै रोकिन्थ्यो । दुर्घटना हुने स्थानमा बाटो अलिअलि उकालो छ ,गाडी अगाडी बढ्न गाह्रो जस्तो भयो । चालकले गाडी सन्तुलन राख्न हयाण्डल घुमाइरहेका थिए । ह्यान्डल घुमेन जब गाडी पछाडी धकेलियो त्यसपछि चालकले जोडसँग हयाण्डल घुमाए ।
    ‘सायद यहि संकेत थियो होला गाडि अब दुर्घटना हुदैछ भन्ने । त्यसपछि चालकले झ्याप्पै ढोका खोले र बाहिर हाम फाले । मलाइ नि लाग्यो अब गाडि दुर्घटना हुदैँछ भन्ने अनि हिम्मत गरेर चालक ढोकाबाटै हाम फाले’ १३ बर्षीय कबिता पौडेलले अस्पतालको बेडबाट भनिन । त्यतिखेर हामी सडकमा ३ जना थियौ एकछिनमा म बाटो मुनि हेरे गाडी थिएन ।
    कति छिट्टै तल पुगेछ केहि छिनमा बहिनी मुना र अरु २/३ जना तलबाट माथी बाटोमा आए । तर ममी बहिनीसंग आउनुभएन मैले सोचे पछाडी आउदै हुनुहुन्छ होला । तर मम्मी आउनु भएन । उनी हुन मृतक ३६ बर्षीय कमला पौडेलकी जेठी छोरी । आमालाई गुमाएर दुई बहिनी बाचेका छन् ।
    उनीहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि घरमा पठाइएको छ । जेठी कबितालाई आमा हुनु हुन्न भन्ने थाहा छ तर कान्छी ११ बषीय मुनालाई भने उपचारको लागि भैरहबा पठाइएको छ भनेका छौ उनका आफन्तले भने ।
    उनको भनाईबाट पनि प्रस्ट हुन्छ हंसपुरमा भएको दुर्घटनामा चालकको लापरबाही र गाडीको कन्डिसन ठिक नहुनु । यहि कारणले अर्घाखाँचीको सन्धिखर्कदेखि प्युठानको बादीकोट जादै गरेको जीप हसंपुरमा आइतबार दिउसो दुर्घटना हुदा १२ जनाको मृत्यु भएको हो । भने ५ जना घाइते भएका छन् ।
    देउराली यातायात ब्यबसायी समिति अर्घाखाँचीले सन्धिखर्कबाट जिल्लाका सबै गाविस, गुल्मी, प्यूठान, पाल्पा, कपिलबस्तु, बुटबल, दाङ र काठमाडौ‌ सार्बजनिक सवारीसाधन सञ्चालन गर्दै आएको छ । समितिका महिन्द्रा जीप १५ बर्ष पुराना भएको कारणले दुर्घटना भएको भन्दै मृतकका आफन्तले गाडीको कन्डिसन जाच गर्नु पर्ने र पुराना गाडी हटाउन पनि प्रहरी नायब उपरिक्षक नबरत्न पौडेलसँग माग गरेका छन् ।
    उकालोमा हिड्दा हिड्दै गाडीले तानेन । गाडी ब्याक हुन खोज्यो चालकले स्टेरिङ घुमाए । स्टेरिङ घुम्न सकेन । चालकले ब्रेक दाबे ब्रेक लागेन अनि गाडी सडकमै झण्डै ५० मिटर गाडी पछाडी ब्याक भएको छ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने घटना स्थलको प्रकृति हेर्दा पुरानो गाडी कन्डिसनमा नहुनु र चालकको लापरबाहीका कारणले जीप दुर्घटना भएको बताएका छन् ।
    उकालो बाटोमा जीपले नतान्नु, स्टेरिङ नघुम्नु र ब्रेक नलाग्ने एकै पटक हुँदा चालकको होस गुमेको हुन सक्ने प्रजिअ पौडेलले भने । चालकले थोरै बुद्धिमता पुर्बक काम गरेको भए यात्रुको ज्यान बचाउन सक्थे उनी आफै भागेका कारण र चालकको हतोत्साहीपनलेनै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक नबरत्न पौडेलले भने । गाडीको इन्जीनमा आएको गडबडी र चालकको होस गुम्नुनै दुर्घटनाको कारण हो । उनले भने ।
    १४ जनाको सिट पास भएको गाडीमा १२ जनाको मृत्यु भएको छ । ३ जनाको बुटबलमा उपचार भैरहेको छ । २ जना जिल्ला अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् । ३ जना छतका मानिस हाम फालेर बचेका थिए । सबै गरेर गाडीमा २० जना थिए ।
    प्रहरीले गाडि चालक गुल्मीका उत्तम श्रीस बिरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा आज सोमबार सवारी ज्यान सम्बन्धी मुद्धा दर्ता गराएको प्रहरी नायब उपरिक्षक पौडेलले बताए । चालक प्रहरीको नियन्त्रणमा छन ।
    सदमुकाम सन्धिखर्कदेखि प्यूठानको बादीकोटका लागि दिउसो १ बजे छुटेको ग १ ज ४८७८ नम्बरको जीप हंसपुर गाबिसको रतनमारे नजिक पोषपाटामा दुर्घटना हुदा ९ जनाको घटनास्थलमै र २ जनाको उपचारको लागि सन्धिखर्क ल्याउदै गर्दा र १ जनाको बुटबलमा उपचारको क्रममा मृत्यु भएको हो ।
    दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । पोष्टमार्टम पछि सबै शब आफन्तलाई अन्तिम सस्कारको लागि बुझाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक सुजनराज भण्डारीले बताए । ३ घाइतेको बुटबलमा उपचार भैरहेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.