×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

उपचारको लागि पूर्व राष्ट्रपति यादव हेनरी फोर्ड अस्पताल जाने

  •  
  • सोमबार, भदौ १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    उपचारमा ८३ लाख रुपैयाँ लाग्ने अनुमान

    – अतुल मिश्र, काठमाडौं

    भाद्र १३, २०७३- पूर्व राष्ट्रपति डा.रामबरण यादव प्रोष्टेट ग्रन्थीको क्यान्सर उपचारको लागि अमेरिकास्थित भर्टिकुटी युरोलजी इन्स्टिच्युट, हेनरी फोर्ड अस्पताल जाने भएका छन् ।

    ७५ वर्षीय यादवलाइ केहीअघि त्रिवि शिक्षण अस्पतालमा परीक्षण गर्दा प्रोष्टेट ग्रन्थीको क्यान्सरको शंका गरिएको थियो । यसपछि भारतको चन्दीगढ स्थित स्नातकोक्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थानमा वायोप्सी गराउदा क्यान्सर किटान गरिएको हो ।

    ‘हाल प्रोष्टेट गन्थ्रीको भित्र नै क्यान्सर छ, बाहिर फैलिएको छैन’, उनका छोरा एवं सांसद डा.चन्द्रमोहन यादवले कान्तिपुरसँग भने । पूर्व राष्ट्रपति उपचारको लागि असोज १ गते अमेरिका जाने कार्यक्रम छ ।

    यादवको प्रोष्टेट ग्रन्थीमा देखिएको क्यान्सरयुक्त गाँठाे विस्तारै फैलिने खालको छ । यसको शल्यक्रिया लगायतका विभिन्न प्रकृयाबाट उपचारपछि उनी पूर्ण निको हुने र सामान्य अवस्थामा फर्किने डा. यादव बताउँछन् ।

    अस्पतालले शल्यक्रिया बुक गर्न ३५ हजार अमेरिकी डलरको शुल्क पहिले नै पठाउनु पर्ने जनाएको छ । यस्तै सम्पूर्ण उपचार प्रकृयामा करिव ६३ हजार अमेरिकन डलर खर्च हुने आँकलन गरिएको छ ।

    डा.यादवका अनुसार उपचारमा अधिकतम करिव ८३ लाख रुपैयाँ जति खर्च हुनसक्ने आँकलन गरिएको छ ।

    के हो प्रोष्टेट र यसको क्यान्सर ?

    प्रोष्टेट पिसावको नलीको माथिल्लो भागको चारै तर्फ हुने एउटा ग्रन्थी हो । यो ग्रन्थी ओखर आकारको  हुन्छ । यसको काम वीर्यमा रहेको एउटा तरल पदार्थ निर्माण गर्नु हो । प्रोष्टेट क्यान्सर सामान्यतया ५० नाघेका पुरुषहरुमा हुने सम्भावना हुन्छ । प्रोष्टेट क्यान्सरको जानकारी सुरुको अवस्थामा पाए उपचार सजिलै हुन्छ ।

    प्रोष्टेट क्यान्सर प्रभावितलाई पिसाब रोक्न नसक्ने, पिसाव फेर्दा रोकी रोकी हुने, पिसाब फेर्दा पोल्ने र दुख्ने जस्ता लक्षण देखिन्छ । पिसावमा रगत वा वीर्य आउनु पनि यसको लक्षण हो । कमरको तलको भागमा धेरै दुख्ने जस्ता लक्षण देखिन सक्छ ।

    तर, प्रभावितमा सुरुमा कुनै पनि लक्षण नदेखिन पनि सक्ने औंल्याउँदै क्यान्सर विशेषज्ञ सुदीप श्रेष्ठ भन्छन, ‘५० वर्ष नाघेपछि सबै पुरुषले प्रोष्टेट क्यान्सरको सुरुको अवस्था पत्ता लगाउन डिजिटल रेक्टल परीक्षण (मलद्वार भित्र औला राखेर गरिने जाँच) र रगतमा पीएसएको स्तर जाँच वर्षेनी एक पटक गराउनु धेरै राम्रो हो ।’

    यो क्यान्सर पत्ता लगाउन वायोप्सी परीक्षण आवश्यक मानिन्छ । वायोप्सीको माध्यमले यो क्यान्सर शरीरमा कुन गतिले फैलिरहेको थाहा हुन्छ । यस्तै, क्यान्सर शरीरको अन्य भागलाइ प्रभावित गरे नगरेको जान्न वोन स्क्यान र सिटी स्क्यान लगायतका अन्य परीक्षण गराउन सकिन्छ ।

    यसको उपचारअन्तर्गत शल्यक्रिया, हार्मोन थेरापी र किमोथेरापी समेत गरिन्छ । यति मात्र नभएर शल्यक्रिया गरेपछि समेत कहिलेकाही औषधि र विकिरण उपचार गरिन्छ । यो क्यान्सर प्रारम्भिक अवस्थामा थाहा पाइए उपचार पूर्ण सम्भव रहेको डा.श्रेष्ठ बताउँछन् ।

    परिवारमा कसैलाइ प्रोष्टेट क्यान्सर हुनेहरु यो रोगको जोखिममा हुन्छन् । सामान्यतया यो ५० माथिको पुरुषमा देखिन्छ । कम उमेरको पुरुषमा यो क्यान्सर हुने जोखिम धेरै कम हुन्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.